AnonymousUser

Logout

न्यु योर्क टाइम्सद्वारा ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू अनुमतिबिना प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

सुदूरपश्चिमलाई हराउँदै कोशी प्लेअफमा, गण्डकीको सम्भावना न्यून

एक खेल खेल्न बाँकी कोशीको ६ खेलबाट १० अंक छ। कोशी एपीएफसँग मात्रै पराजित भएको थियो। उसले अन्तिम खेल शनिबार लुम्बिनीसँग खेल्ने छ।

लाइबेरियामा ट्यांकर दुर्घटना, ४० भन्दा बढीको मृत्यु

पेट्रोल बोकेको ट्यांकर दुर्घटनाग्रस्त भएर सडक नजिकैको खाडलमा खसेको थियो। त्यसपछि चुहिएको ग्यास भर्न स्थानीय घटनास्थलमा जम्मा भएका थिए।

स्रोत नखुलेको १९ लाख ९० हजारसहित विराटनगरबाट १ जना पक्राउ

सुनसरीको देवानगन्ज गाउँपालिका–५ का ४९ वर्षीय सुरेन्द्रप्रसाद साहलाई विराटनगर–६ केशलिया मार्गबाट प्रहरीले पक्राउ गरेको छ।

जाजरकोटमा उपचार नपाएर सुत्केरीको मृत्यु

कात्तिक १७ को भूकम्पपछि उनको परिवार त्रिपालमा बस्दै आएको थियो।  मंसिर १७ मा सुत्केरी भएकी उनलाई कमजोर आर्थिक अवस्थाका कारण परिवारले त्रिपालबाट सुरक्षित स्थानमा सार्न सकेको थिएन।

एभर्टनलाई हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा

घरेलु मैदान गुडिसन पार्कमा २९औँ मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा एभर्टन पराजित भएको हो। सिटीको जितमा फिल फोडेन, जुलियन अल्भारेज र बर्नार्डो सिल्भाले गोल गरे। 

‘एउटा पार्टी अति प्रभावशाली हुँदा लोकतन्त्रमा संकट देखापर्छ’

पपुलिस्ट मुभमेन्टहरू पहिला पनि भएका हुन्, हराएर गएका पनि हुन्। मैले रवि लामिछानेलाई पपुलिस्ट भनिदिएँ भने उहाँले ‘म पपुलिस्ट होइन’ भन्न पनि सक्नुहुन्छ नि!

सहकारी अपचलन मुद्दामा १९ जना दोषी ठहर

नेपालगन्जस्थित ‘सहकारी वित्तीय विकास संस्था लिमिटेड’ को ४३ करोड रुपैयाँ हिनामिना, ठगी र संगठित अपराध गरेको अभियोगमा ४१ जनाविरुद्ध मुद्दा दायर भएको थियो।

बिहीबारको मौसम: कोशी, बागमती र गण्डकीमा आंशिक बदली हुने

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

धरौटी बुझाएपछि शरणार्थी नेता रिजाल रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्।

नाबालिग बलात्कार घटना: न्यायाधीश ढकालको आदेशविरूद्ध उच्च अदालतमा निवेदन दर्ता हुँदै

न्यायाधीश शिशिर ढकालले नाबालिग बलात्कार मुद्दामा हिमाल शाहीलाई ३ लाख रुपैयाँ धरौटीमा छोड्न दिएको आदेशविरूद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा ‘७३ नम्बर निवेदन’ बिहीबार दर्ता गर्ने भएको छ।

पूर्वडीआईजी शाहसहित २ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

प्रहरी जवानको तलब भत्ता हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध २०७६ फागुनमा मुद्दा दायर गरेको थियो।

अमेरिका पठाइदिने भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ

उनले मासिक तीन लाख रुपैयाँ तलब हुन्छ भन्दै वैदेशिक रोजगारीको प्रलोभन देखाएका थिए।

प्रधानमन्त्री कप: सुदूरपश्चिम र बागमती प्लेअफ नजिक

जारी प्रतियोगितामा सबै टोलीले ५/५ खेल खेलिसक्दा एपीएफले शीर्ष स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

टेरामक्स खरिद प्रक्रियाको अनुसन्धान चाँडै सक्न अख्तियारलाई संसदीय समितिको निर्देशन

टेरामक्स खरिद प्रक्रियामा गडबडी भएको १५ बुँदे निष्कर्ष निकाल्दै यसको अनुसन्धान प्रक्रिया चाँडै टुंग्याउन आयोगलाई निर्देशन दिएको हो।

विदेश तथा शान्ति सेनामा जानेले अब ३ दिनमै 'ड्राइभिङ लाइसेन्स' पाउने

अध्ययन तथा रोजगारीका लागि विदेश जाने नागरिक र शान्ति मिसनमा जाने नेपाली सेना एवम् नेपाल प्रहरीले तीन कार्यदिनभित्र लाइसेन्स पाउने विभागले जनाएको छ।

जाजरकोट भूकम्प प्रभावितलाई फेकनद्वारा ५ लाख सहयोग

स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले जाजरकोट भूकम्प प्रभावितको आवास पुनर्निर्माणका लागि ५ लाख रुपैयाँ सहयोग गरेको छ।

१७ अंकले घट्यो नेप्से, ५ अर्ब २४ करोडको कारोबार

बुधबार म्युचुअल फन्ड समूह ०.५३ र निर्जीवन बीमा समूह १.१६ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।

देशीविदेशी प्रतिक्रियावादी शक्तिहरूले षड्यन्त्रका तानाबाना बुनिरहेका छन्ः माधव नेपाल

प्रतिगामी शक्तिहरूले संविधानमाथि आक्रमण गर्ने काम फेरि शुरू गरेकाले राजनीतिक दलहरूले फेरि गम्भीर भएर अघि बढ्नुपर्ने आवश्यकता पनि नेपालले औँल्याए।

ओस्कार विजेता चलचित्र 'प्यारासाइट'का अभिनेता लि सन आफ्नै कारभित्र मृत भेटिए

उनले आत्महत्या गरेका हुन् या मृत्युको अरु नै कारण हो भन्नेबारे अझै पुष्टि नभएको प्रहरीले जनाएको छ।