AnonymousUser

Logout

रुसी सेनामा भर्ती भएका नेपालीमध्ये १०० जना सम्पर्कविहीन

परराष्ट्रमन्त्री साउदले युक्रेनी सेनाको नियन्त्रणमा रहेकारूलाई छुटाउन पनि युक्रेन सरकारसँग नियमित सम्पर्क भइरहेको बताएका छन्। 

मौलिक संस्कृतिको जगेर्ना साझा जिम्मेवारी: प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आवद्ध नागरिकबीच आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

विकास पुगेर पनि किन गाउँ रित्तिँदै छन् समाधान खोजौँ : राष्ट्रपति

राष्ट्रपति पौडेलले लोकतन्त्रपछि गाउँ–गाउँमा विकास पुगे पनि त्यसको उपभोग गर्ने मानिस गाउँमा नभएकोप्रति चिन्ता केन्द्रित गर्नुपर्ने बताएका छन्।

श्रीलंका टापु जोड्न सप्तकोशीमा ५ किलोमिटर लामो झोलुंगे पुल बनाइँदै

सुनसरीको बराहक्षेत्र–६ र ९ तथा उदयपुरको बेलका नगरपालिका–२ र ३ वडा श्रीलंका टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ।

जाजरकोट भूकम्प: ११ हजार घर पुन:निर्माण

जाजरकोटमा पाँच हजार २०२, रुकुम पश्चिममा पाँच हजार ७९८, सल्यानमा १९३, बझाङमा १३ र बाजुरामा १३० घर निर्माण सम्पन्न भइसकेका छन्।

विष्णु भण्डारीको कथासंग्रह ‘अरुन्धतीको मृत्यु’ बजारमा

भण्डारीले कथामार्फत् सशस्त्र द्वन्द्वकालीन नेपाली समाजको यथार्थलाई खोतल्ने प्रयास गरेका छन्।

नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ११३ जनाको मृत्यु

पठार नाइजेरियाको मध्य भागमा अवस्थित, धेरै जातीय र धार्मिक समुदाय रहेकोमध्ये एक राज्य हो। जहाँ हालैका वर्षमा अन्तर साम्प्रदायिक द्वन्द्वले सयौँको ज्यान लिइसकेको छ।

टीआरसी विधेयकमा किन जुट्न सकेको छैन सहमति?

सोमबार साँझको छलफलपछि सरकार र दलहरू संसद्को आगामी अधिवेशनबाट विधेयकलाई टुंगोमा पुर्‍याउने विषयमा एकमत बनेको नेताहरूले बताएका छन्। 

उँधौली पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

उँधौली पर्वले जाडो मौसममा मानिस, जीवजन्तु तथा चराचुरुंगी लेकबाट बेँसीतिर बसाइँ सर्ने समय भएको संकेत गर्छ।

तराईमा बिहानैदेखि हुस्सु, पहाडी भूभागमा आंशिक बदली

देशभरको तापक्रम घट्दो क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

२६४ स्थानमा बस बिसौनी बनाउँदै काठमाडौँ महानगर

कुन रुटको बस कहाँ आइपुग्यो र यात्रुले कति समय पर्खनुपर्छ बन्नेबारे समेत जानकारी लिन सकिने व्यवस्थासहित निर्माण गर्न लागिएको बस बिसौनीमा एक पटकमा तीन वटासम्म बस रोक्न मिल्ने काठमाडौँ महानगरको भनाइ छ।

नेपाल सुपर लिग : दुई पटकको अग्रता उल्टाउँदै फाइनलमा पुग्यो धनगढी

पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै धनगढी एफसी लगातार दोस्रो पटक नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ।

टीआरसी विधेयक सकारात्मक ढंगबाट अघि बढ्छ : महेश बर्तौला

तीन दलको बैठकपछि एमाले सचेतक महेश बर्तौलाले शीर्ष नेताहरूबीच पीडितलाई न्यायको अनुभूति हुने गरी कानून बनाउने सहमति जुटेको र हिउँदे अधिवेशनमा टीआरसी विधेयक संसद्मा प्रस्तुत हुने बताए।

प्रधानमन्त्री कप : एपीएफको अपराजित यात्रा कायमै, अंक जोड्न कर्णाली संघर्षरत

एपीएफले सोमबारको खेलमा कोशी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायमै राखेको छ।

‘प्रदेशको समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार छौँ’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको विकास र समृद्धिका लागि संघीय सरकारसँग जुध्न तयार रहेको बताएका छन्। 

डेडिकेटेड र ट्रंकलाइन विवाद टुंग्याउन अधिकारसम्पन्न आयोग गठन गर्न निजी क्षेत्रको माग

नेपाल उद्योग वाणिज्य महासंघले डेडिकेटेड र ट्रंकलाइनसम्बन्धी विवाद टुंगोमा पुर्‍याउन निजीक्षेत्रका प्रतिनिधिसमेत रहने गरी अधिकारसम्पन्न आयोग गठन गर्न माग गरेको छ।

गाजाको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण, ७० जनाको मृत्यु

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीका अनुसार इजरायली सैनिकद्वारा गरिएको तीव्र हवाई हमलाले अल–बुरेज, अल–मगाजी र अल–नुसेरातको शिविरको मुख्य सडकहरू बन्द भएका छन्।

दक्ष जनशक्ति बिदेसिँदा मुलुकलाई क्षति भइरहेको छः मन्त्री साउद

कामदारका रूपमा पनि बिदेसिने गरेका भन्दै क्षमतावान व्यक्तिहरूले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने उनको भनाइ छ।

चिसोबाट बच्न सतर्कता अपनाउन मौसमविद्को अनुरोध

महाशाखाका मौसमविद् सरोज पुडासैनीले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहे पनि चिसो बढिरहेकाले आवश्यक सतर्ककता अपनाउन सबैमा अनुरोध गरे।

एक प्यालेस्टिनी किशोर, जसले मृत्युपछि पाए युट्युबमा चर्चा

कम्प्युटरप्रति उनको लगावका कारण परिवारका सदस्यले उनलाई ‘इन्जिनियर अवनी’ भन्ने गर्थे। युट्युबर बन्ने सपना बुनेका अवनी इजरायल हमास युद्धको पहिलो दिनमै मारिए।