आइभोरी कोस्ट तथा इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका पूर्वस्ट्राइकर डिडियर ड्रोग्बा नेपाल नआउने भएका छन्।
अदालतले सजाय भने तोकिसकेको छैन। कैद, जरिबाना र क्षतिपूर्ति निर्धारण सोही इजलासमा हुने अर्को सुनुवाइबाट हुनेछ।
भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतले दुई/दुई वर्षमा यो पुरस्कार तथा सम्मान प्रदान गर्दै आइरहेको छ।
माओवादी नेतृत्वको गठबन्धन सरकारले गरेको फागुन १ गतेलाई 'जनयुद्ध दिवस' मान्ने र सार्वजनिक बिदा दिने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ।
सरकारका प्रवक्ताको जिम्मेवारी सम्हालेकी मन्त्री शर्माले कसैले पनि अराजकतालाई प्रश्रय दिन नहुनेमा जोड दिइन्।
शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा वान्डर्स क्लब नोएडालाई ४ रनले पराजित गर्दै पुलिसले पर्सासँगको भेट पक्का गरेको हो।
समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको छ ।
शुक्रबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकले कृषि क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सचेत गराएको छ।
उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो।
पाटन अस्पतालमा उपचाररत वीरेन्द्र शाहको मृत्यु भएको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।
मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका ६ का २३ वर्षीय सुजन राउत रहेको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए।
ट्रम्पको अभियानले अदालतको निर्णयलाई चुनाव चोर्ने र अमेरिकी मतदातालाई बहिष्कार गर्ने प्रयासको रूपमा वर्णन गरेको छ।
पर्साले आर्मीलाई ३१ रनले पराजित गरेको छ। पर्साले दिएको १०० रनको लक्ष्य पछ्याएको आर्मीले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रन मात्रै बनाउन सक्यो।
सामाजिक विसंगतिमाथि कटाक्ष गर्दै अगाडि बढेको गीतले अन्तिममा भने ‘अझै पनि इमान जमान भएका मानिस भेटिन सक्छन्’ भनेर आशा पनि देखाएको छ।
प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले प्रयोग गरेको गाडीमा आगजनी गरेको ललितपुर प्रहरीले जानकारी दिएको छ।
बिहीबार प्रतितोला एक लाख २२ हजार पुगेको सुन आज एक हजार ३०० रुपैयाँले घटेको छ।
जहाजमा ३० यात्रु र चालकदलका ४ सदस्य थिए। तर कसैलाई पनि चोटपटक भने लागेन।
प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिन्छ। एकेडेमीमा आठ जिल्लाका १४ जना बालक आश्रित छन्।
रामेछापको लिखु तामाकोशी–२ मैदानेबाट सबैभन्दा नजिकको विद्यालय वडा कार्यालयसँगै रहेको चण्डेश्वरी मावि हो। गाउँबाट विद्यालय पुग्न साढे दुईदेखि तीन घण्टासम्म लाग्छ।
हात्तीको आक्रमणबाट शिवसताक्षी–११ दुधेका ४५ वर्षीय मेघराज राईको मृत्यु भएको छ। हात्तीले मध्यरातमा घर भत्काउन थालेपछि धपाउने क्रममा उनलाई आक्रमण गरेको थियो ।