प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
उदयपुर– जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका– ५ सुनकोशी नदीको वंशिलाघाटमा पक्की पुल निर्माण थालिएको छ। निर्माण कम्पनी कालिका वेदान्सीसँग सम्झौता भएको तीन वर्षपछि काम प्रारम्भ भएको हो।
१५० मिटर लामो र ११ मिटर चौडा उक्त पुल निर्माण थालिएकामा खुशी व्यक्त गर्दै चौदण्डीगढी नगरपालिकाका प्रमुख कालु लामाले अब कुनै पनि बहानामा काम रोक्न नपाइने बताए। सरकारले विनियोजन गरेको १९ करोड १८ लाख ४१ हजार चार सय रुपैयाँको लागतमा पुल निर्माण थालिएको हो।
प्राविधिक समस्याका कारण निर्माणमा विलम्ब भएको जनाउँदै कम्पनीले अब तीव्र गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले तीन वर्षअघि पुलको शीलान्यास गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
