AnonymousUser

Logout

बालकुमारी घटनाबारे राज्य व्यवस्था समितिले गृहमन्त्रीसँग जानकारी लिने

राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाबारे जानकारी लिन गृहमन्त्रीलाई बोलाइएको बताए।

इजरायली सेनाको आक्रमणबाट गाजाका ७० प्रतिशत घर ध्वस्त

आवासीय भवन, अस्पताल धार्मिक स्थल, सपिङ मल आदिलाई लक्षित गरी इजरायली सेनाले गाजा क्षेत्रमा २९ हजार बम खसाएका छन्।

प्रधानमन्त्री कप: दोस्रो क्वालिफायरमा कोशी र सुदूरपश्चिम भिड्ने

एपीएफसँग पराजित कोशीले फाइनलको यात्राका लागि दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ।

कुलमानको महत्त्वाकांक्षासामु सरकार निरीह बनेको उद्योगी–व्यवसायीको टिप्पणी

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल एउटा व्यक्तिको महत्त्वकांक्षा पूरा गर्नका लागि प्रमाणबिना उद्योगी–व्यवसायीले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम बुझाउन नसक्ने बताउँछन्।

बालकुमारी घटना : सरकारले उच्चस्तरीय जाँचबुझ आयोग बनाउने, प्रस्ताव ल्याउन गृहलाई निर्देशन

सरकारले ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ। आयोग गठनको प्रस्ताव ल्याउन प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिएका छन्।

जाडोले जुम्लाका सामुदायिक विद्यालय बन्द

जाडो बढेसँगै जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय बन्द भएका छन्।

बालकुमारी घटना छानबिनका लागि उच्चस्तरीय न्यायिक समिति गठन गर्न कांग्रेसको माग

घटनाको सत्यतथ्य पत्ता लगाइ दोषीलाई कारबाही गर्न न्यायिक समिति आवश्यक भएकाले त्यसलाई तत्काल गठन गर्न केन्द्रीय कार्यसमिति बैठकले सरकारसँग माग गरेको कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।

रुकुम पश्चिमका २० हजार लाभग्राहीलाई अस्थायी आवास बनाउन पहिलो किस्ता

जिल्लाका छवटै स्थायीय तहका पीडितलाई पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्रदान गरिएको छ।

भारतको महाराष्ट्रमा आगलागी हुँदा ६ जनाको मृत्यु, ९ घाइते

छत्रपति सम्भाजीनगर जिल्लामा रहेको ह्यान्ड ग्लोब्स उत्पादन गर्ने एक उद्योगमा आगलागी भएको हो। आगलागीको कारण खुल्न सकेको छैन। 

उत्तर कोरियाले ३ वटा नयाँ जासुसी उपग्रह प्रक्षेपण गर्ने

कोरियाको सत्तारुढ वर्कर्स पार्टीको वर्षअन्तको बैठकमा त्यहाँका सर्वोच्च नेता किम जोङ उनले सन् २०२४ को लक्ष्य तय गरेका छन्।

प्रधानमन्त्री कप महिला क्रिकेट: कोशीलाई हराउँदै एपीएफ फाइनलमा

कोशीले अब फाइनल प्रवेशका लागि एलिमिनेटरको विजेतासँग खेल्नेछ। एलिमिनेटर खेलमा आइतबार दिउँसो बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रतितोला २०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आइतबार छापावाल सुन एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

रुसमा युक्रेनको हमला: २० जनाको मृत्यु, १०० भन्दा बढी घाइते

युक्रेनले ड्रोन आक्रमण गरेपछि बेल्गोरोडमा ठूलो आवाजका साथ विस्फोट भएको थियो। साथै गाडीका हर्न अस्वाभाविक ढंगले बजेको पनि सुनिएको थियो।

इलाम गोल्डकप: लाखौँ खर्चेर अस्थायी प्यारापेट बनाउनुपर्ने बाध्यता

माघ ६ देखि १३ सम्म हुने इलाम गोल्डकपका लागि १० लाख रुपैयाँ खर्च गरेर मैदान स्तरोन्नती र बाँसको अस्थायी प्यारापेट निर्माण गरिएको छ। 

फेब्रुअरीमा हुने निर्वाचनका लागि इमरान खानको उम्मेदवारी अस्वीकृत

खानले सन् २०२४ फेब्रुअरी ८ मा हुने चुनावका लागि दुई स्थानबाट उम्मेदवारी दर्ता गराएका थिए। तर, त्यहाँको निर्वाचन आयोगले खानसहित उनका केही सहकर्मीको उम्मेदवारी अस्वीकृत गरेको छ।

गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, देशभर सार्वजनिक बिदा

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले तमु ल्होसारका रूपमा मनाउने गरेका छन्।

पश्चिमी वायुको प्रभाव, गण्डकी र कोशीमा हिमपातको सम्भावना

हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिक बदली रहेको छ। साथै तराईका विभिन्न स्थानमा हुस्सु र कुहिरो लागेको छ।

खेल

फेवातालमा डुंगा प्रतियोगिता

पोखरामा जारी २५औँ पोखरा सडक महोत्सवमा तेस्रो दिन डुंगा खियाउने प्रतियोगिता सम्पन्न भएको छ। रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवानको आयोजनामा भएको प्रतियोगिताको खुल्लातर्फको प्रतिस्पर्धामा स्विमङपुल घाट ‘ए’ विजयी भयो भने गौरीघाट तथा बाराही घाट क्रमशः दोस्रो र तेस्रो भए। विजयी टोलीले २० हजार नगद पुरस्कार जित्यो भने दोस्रो १० हजार र तेस्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गरे। यसैगरी संस्थागत तर्फका प्रतिस्पर्धामा टान गण्डकी प्रथम भयो भने रेवान पोखरा दोस्रो हुँदा नेपाल टुरिजम भ्यान एसोसिएसनले तेस्रो स्थान हासिल गर्‍यो।सडकमै खाऔँ सडकमै रमाऔँ भन्ने नारासहितको आयोजित महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको सहभागिता छ। मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी

कांग्रेसले तोक्यो राष्ट्रियसभा सदस्य उम्मेदवारका लागि मापदण्ड

कांग्रेसले राष्ट्रियसभा सदस्य उम्मेदवारमा अहिलेसम्म अवसर नपाएका, पार्टीमा लामो समयसम्म काम गरेका तर पटक–पटक छुटेका व्यक्तिहरू र समुदाय तथा भूगोललाई समेट्ने गरी प्राथमिकता दिने निर्णय गरेको छ।

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

प्रधानमन्त्री दाहालले बालकुमारी घटनालाई सरकारले गम्भीर रूपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएको उनको सचिवालयले जनाएको छ।