दुर्घटना चालकको लापरबाहीका कारण भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
चीनको हेनान प्रान्तको एक कोइला खानीमा भएको विस्फोटमा १० कामदारको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्।
पुलिसले बागमतीलाई ६८ रनले पराजित गर्दा रासिदले १०६ रनसँगै बलिङमा पनि दुई विकेट लिए। मधेश प्रदेशले कोशीलाई हराउँदा लुम्बिनीले गण्डकी प्रदेशमाथि चार विकेटको जित हात पार्यो।
माओवादी केन्द्रको विधान सम्मेलन आगामी फागुन पहिलो हप्ता हुने भएको छ। स्थायी कमिटी बैठकले विधान सम्मेलनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड पनि तय गरेको पार्टीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी लगानी सम्मेलनअघि नै लगानी गर्नका लागि बाधा पर्ने नीति नियममा सुधार गर्न जरुरी रहेको बताएका छन्।
प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।
टोखा चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठ टोखामा बनेको चाकु अमेरिका युरोप, अस्ट्रेलिया र चीन लगायत नेपालीहरू बसोबास गर्ने देशमा जाने गरेको बताउँछन्।
राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको छ।
विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कुल ८६ लाख ९१ हजार ४४३ यात्रुले हवाई यात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ९.२ प्रतिशतले बढी हो।
बागलुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।
मञ्चको काठमाडौँमा सम्पन्न २१औँ साधारणसभाले अर्यालको अध्यक्षतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ।
राष्ट्रिय शहरी भवन संहिता ७५३ वटै पालिकामा पठाइसकेको तर, तल्लो तहमा प्राविधिक जनशक्ति अभाव हुँदा लागु गर्न नसकिएको मन्त्री गुरुङको भनाइ छ।
लिमिटेडको संस्थागत क्षमता अभिवृद्धि गरी दिगो रूपमा सञ्चालन सुनिश्चितताका लागि व्यावसायिक योजनासहित उद्योग मन्त्रालयसँग सम्झौतासमेत भएको छ।
हतुवागढी गाउँपालिका–१ मा रहेको यस गढीलाई आधार बनाएर तत्कालीन किरात राजाले शासन गरेको इतिहास छ।
शीतलहरका कारणले सानासाना विद्यार्थी प्रभावित हुन थालेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ। बजार तथा ग्रामीण भेगमा मानिसको चहलपहल घटेको छ।
साहित्यकार सुधा एम राई, उषा शर्मा, रत्ना लक्सम सुब्बा, छुदेन काबिमो, छेवाङ योञ्जन, कर्ण विरह, मिलन बान्तवा र पदम खालिङले संयुक्त रूपमा कृति सार्वजनिक गरे।
शुक्रबार राति भएको उद्घाटन खेलमा आयोजक राष्ट्र कतारले लेबनानलाई ३–० ले पराजित गरेको छ।
कमला कार्की स्मृति प्रतिष्ठानले विभिन्न क्षेत्रका व्यक्तित्व, संस्था र ज्येष्ठ नागरिकलाई जनही नगद १० हजार १ रुपैयाँ र सम्मान पत्रसहित सम्मान गरेको छ।
बस राति १०:३० बजेतिर राप्ती नदीमा खसेको थियो। घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।
छविसपाथिभेरा गाउँपालिकाको पतालचौर केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।