नेपालगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले जनकारी दिए।
काजल श्रेष्ठ अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन्।
डा. नीराजन श्रेष्ठ भन्छन्, ‘हरेक साता एक/दुई जना बिरामी देउता लागेको कुरा लिएर आउँछन्। कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्।’
पृथ्वी जयन्ती
सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा १०८ केजीको माला पहिराइएको छ। ३०२औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी र विभिन्न राजावादी समूहले सालिकमा माला पहिराएका हुन्। त्यसअघि राप्रपाले विभिन्न झाँकीसहित र्याली निकालेको थियो। तस्वीर: कृष्पा श्रेष्ठ
राप्रपा अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र फरक मत रहेको र यसबारेमा केन्द्रीय कार्यसमिति बैठकपछि उचित निर्णय लिने बताए।
राष्ट्रपति पौडेलले तीन दलका शीर्ष नेताहरूलाई संघीयता कार्यान्वयन, सुशासन र विश्वविद्यालयमा सुधार गर्न ध्यानाकर्षण गराएका छन्।
सञ्चारमन्त्री रेखा शर्माले संसद् अधिवेशन माघ तेस्रो साताबाट शुरू हुने जनाउँदै त्यहाँ पेस गर्ने गरी चलचित्रसम्बन्धी ऐन तयार पारिरहेको बताइन्।
बागलुङको सुन्तला चितवन, काठमाडौँ, पोखरा, धादिङलगायत ठाउँसम्म पुग्ने गरेको किसान शिवकुमार खड्का बताउँछन्। बागलुङको सिगानाका अगुवा किसानले सुन्तलाको मूल्य दोब्बर बनाउन भण्डारण गर्दै आएका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहसचिव, श्रमसचिव, अध्यागमन विभागका महानिर्देशकसहितको बैठकमा १७बुँदे निर्देशनलाई खारेज गर्न र नयाँ मापदण्डका आधार पेस गर्न निर्देशन दिएका छन्।
महिला चलचित्रकर्मीले भोग्नुपरेका समस्या पनि पृथक् भएकाले यसका लागि नीति तथा बजेट तर्जुमा गर्न आवश्यक सुझाव पेश गर्न मन्त्री शर्माको आग्रह छ।
शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएबापत महसुल बक्यौता नतिरेको भन्दै काटिएको उद्योगको लाइन जडान गर्ने निर्णय गरेको छ।
मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेसहित चार जनाले संविधानको धारा ४२ कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन्।
आधुनिक नेपालको एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै दिवस मनाउने गरिएको छ।
नेपालका दीपक डुम्रेले सर्वाधिक ३२ रनको योगदान दिए। उनी २२ बलमा नटआउट रहे। आकाश त्रिपाठीले ३३ बलमा २१ रन बनाए।
कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ।
के तपाईंले सुक्खा माटोमा परेको झरीपछि आउने गन्ध महसुस गर्नुभएको छ? यदि छ भने त्यो गन्धलाई तपाईंकोतिर के भन्छन्?
चालु आर्थिक वर्षमा अर्थतन्त्रका बाह्य सूचकहरूको अवस्था बलियो देखिएको छ।
नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल र पूर्वकप्तान ज्ञानेन्द्र मल्ल एपीएफ फर्किएका छन्।
बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।
कक्षा १० मा अनुत्तीर्ण हुने विद्यार्थी पुनः भर्ना भएर पढ्न सक्ने, तर कक्षा १२ मा अनुत्तीर्ण भए उमेरका कारण पुनः पढ्न मन नगर्ने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माको भनाइ छ।