उनको परिवारका सदस्यहरू पनि मृत्यु भोजमा सहभागी थिए।
कोशीले दिएको १६७ रनको लक्ष्य पछ्याएको पुलिसले २३.१ ओभरमा ३ विकेट गुमाउँदै १६९ रन बनायो।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा नेताहरूले सवारी दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न ध्यानाकर्षण गराएका छन्।
जहाज ग्राउन्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन्। रोकिएका यात्रुलाई मंगलबार साँझ वैकल्पिक उडानमार्फत गन्तव्यमा पठाइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।
सहमतिअनुसार व्यवस्थापनले बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रिनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा. प्रदीप आचार्यले बताए।
लोहरपट्टी नगरपालिका–४ पिपराढीका ५० वर्षीय रामएकवाल पण्डितको रेलको बोगीभित्रै लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
माइबेनीलाई तराईका जिल्लाबाट भोजपुर प्रवेश मार्गका रूपमा विकास गर्ने हतुवागढी गाउँपालिकाको योजना छ।
अध्ययनले काठमाडौँ उपत्यकाका ५३ वटा भवन र चार पुल भूकम्पीय उच्च जोखिममा रहेको देखाए पनि सरकारले ती संरचना पुनर्निर्माण प्रक्रिया अघि बढाएको छैन।
रिभोलुसनरी गार्डले इराकको एर्बिल विमानस्थल नजिकै तीन अमेरिकी ड्रोनलाई खसालेको छ। विस्फोटपछि विमानस्थल बन्द गरिएको छ।
सुरक्षित आवास निर्माण र सम्भावित भूकम्पीय जोखिम न्यूनीकरणबारे सामाजिक सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउने गरिन्छ।
बोनमाटीले स्पेनलाई महिला विश्वकप र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्।
कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाएको छ।
घाइतेहरूलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीको भनाइ छ।
प्रधानमन्त्री दाहालले प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति बनाउने विषयमा आफू सोचेजस्तो सफल हुननसकेको बताए। पूर्वी नेपाललाई किरात प्रदेश बनाउने प्रयास पनि पूरा नभएको उनको भनाइ छ।
माघी मनाउने क्रममा टुँडिखेलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा आठ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रधानमन्त्री कपमा आर्मीले मधेश प्रदेशलाई १२६ रनले पराजित गर्दै विजयी शुरूआत गरेको छ। आर्मीका विनोद भण्डारीले शतकीय इनिङ्स खेलेका छन्।
भारतबाट रेल, बस र निजी सवारीसाधनमा आउने यात्रुलाई स्वास्थ्य सहायता कक्षमा एन्टिजेन विधिबाट परीक्षण गरी भित्रिन दिने गरिएको वीरगन्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।
लुम्बिनीले दिएको १५९ रनको लक्ष्य सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो।
दुई वटा कार्यक्रम एकै स्थानमा हुँदा ट्राफिक प्रहरीलाई सवारीसाधन व्यवस्थापनमा समस्या भएको छ भने सुन्धारा क्षेत्र हुँदै यात्रा गर्नेहरू लामो जाममा फसेका छन्।