AnonymousUser

Logout

संघीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि, तयारी पूरा

जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रूपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ।

पर्वतमा लाटोकोसेरो तथा हुचिल उत्सव

ठूला र बूढा रुख कटानी हुँदा लाटोकोसेरोलाई वासस्थानको अभाव भएको छ। ग्रामीण क्षेत्रमा लाटोकोसेरो तथा हुचिललगायत चरा, वन्यजन्तु संरक्षणको सन्देश दिने उद्देश्यले उत्सवको आयोजना गरिएको छ।

अस्ट्रेलियालाई हराउँदै दक्षिण कोरिया एशियन कपको सेमिफाइनलमा 

खेलमा निर्धारित समयसम्म पछि परेको अवस्था उल्टाउँदै दक्षिण कोरियाले अस्ट्रेलियामाथि २–१ को जित हासिल गरेको छ। कोरियाले अब फाइनल प्रवेशका लागि जोर्डनसँग खेल्नेछ।

रुसी सेनामा भर्ती भएका आफन्तलाई स्वदेश फर्काइदिन माग

काठमाडौँमा पत्रकार सम्मेलन गर्दै परिवारका सदस्यले परिबन्धले रुसी सेनामा भर्ती भएका उनीहरूको उद्धार गरी सकुशल स्वदेश फिर्ताको वातावरण बनाइदिन माग गरेका छन्। 

यस्तो रहनेछ शनिबारको मौसम

दिउँसो, पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यू१९ विश्वकप : नेपाल भारतसँग पराजित

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

आहा रारा गोल्डकप उपाधिमा आर्मी र थ्रीस्टारको आ–आफ्नै दाबी

आर्मीका प्रशिक्षक मेघराज केसी यसपटक इतिहास दोहोर्‍याउन नभएर बनाउन आएको बताउँछन्। थ्रीस्टार पनि उपाधि जित्ने लक्ष्यसाथ मैदान उत्रिने भएको छ।

लेबनानमा शान्ति सेनामा तैनाथ सिपाही थापाको मृत्यु

उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको नेपाली सेनाका सूचना अधिकारी सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

संसद् अधिवेशनभर काठमाडौँ नछोड्न सांसदलाई कांग्रेसको निर्देशन

संसद् अधिवेशन जारी रहँदासम्म सांसदहरूलाई काठमाडौँ नछोड्न र बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।

इजरायलको गाजा नीतिको विरोधमा उत्रिए पश्चिमी देशका सयौं कूटनीतिज्ञ

उनीहरूले आफ्नो देशको सरकारले विशेषज्ञ सल्लाहको बेवास्ता गरेको बताएका छन्।

रास्वपाले संविधानअनुसार कानून निर्माणका लागि सरकारलाई दबाब दिने

रास्वपाले संविधानमा व्यवस्था भएअनुसारका मुख्य–मुख्य कानून निर्माणमा सरकारले चासो नदिएको निष्कर्ष निकाल्दै त्यसलाई छिटो टुंगोमा पुर्‍याउने गरी सरकारलाई दबाब दिने निर्णय गरेको छ।

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन ५ महिनादेखि ठप्प

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य रहेको छ। सिमेन्ट उत्पादन नभएपछि प्राविधिक तथा प्रशासनिक कर्मचारी र श्रमिक कामविहीन भएका छन्।

अनलाइन सट्टेबाजी गराएको आरोपमा ३ भारतीय नागरिक दरबारमार्गबाट पक्राउ

प्रहरीले काठमाडौँको दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट एक करोड रुपैयाँ बढी रकम बराबरको विदेशी मुद्रासहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

कसैलाई पनि राज्य लुट्ने छुट दिन सकिन्न : गृहमन्त्री

अपराध तथा ठगीमा संलग्न राजनीति पृष्ठभूमि भएका मानिस पक्राउ पर्दा दलहरूले, कर्मचारी पक्राउ पर्दा कर्मचारी संगठनले र उद्योग–व्यवसायी पक्राउ पर्दा निजी क्षेत्रले दबाब दिने गरेको गृहमन्त्रीको भनाइ छ।

आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुनलाई आईसीसीको कारबाही

आईसीसी यू१९ विश्वकपअन्तर्गत बंगलादेशसँगको खेलका क्रममा आईसीसीको आचारसंहिता उल्लंघन गरेको भन्दै अर्जुन कुमाललाई आईसीसीले कारबाही गरेको छ।

 टीआरसीबारे एमालेको अडान यथावत् छ: ओली

टीआरसी विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने ओलीको भनाइ छ।

इजरायल हुँदै फ्रेन्च क्लबमा पुगिन् सावित्रा भण्डारी

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता रहेकी सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन्।

गाजामा सबैखाले हिंसा रोक्न साष्ट्र संघका महासचिवको आह्वान

महासचिव गुटेरेसले गाजा र वरपरका क्षेत्रमा तनाव कम गर्ने उपायको खोजी गर्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन्।

गेटाफेलाई हराउँदै रियल मड्रिड ला लिगाको शीर्ष स्थानमा

बिहीबार राति रियल मड्रिडले गेटाफेलाई २–० ले पराजित गरेको छ। रियलको जितमा दुवै गोल जोसेलुले गरे। 

सवारी दुर्घटना: ६ महिनामा १ हजार १३७ जनाको मृत्यु

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ।