AnonymousUser

Logout

बक्सिङमा ऐतिहासिक रजत दिलाएकी सुष्मालाई ६ लाख रुपैयाँ प्रदान

थाइल्यान्डको बैंककमा आयोजित एएसबीसी एशियन यू२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी सुष्मा तामाङले सरकारबाट नगद पुरस्कार प्राप्त गरेकी छन्।

म्यानमारः विद्रोही समूहसँग थाक्यो जुन्ता सेना, २ वर्ष अनिवार्य सैन्य सेवाको नियम लागू

विभिन्न जातीय सशस्त्र समूह तथा प्रजातन्त्र समर्थक लडाकुहरूले जुन्ता विरुद्ध लड्दै आएका छन्। जसको सामना गर्न म्यानमारको जुन्ता सेनालाई कठिन भइरहेको छ।

सरकारलाई विश्वप्रकाशको प्रश्न– नेपाली फर्काउन रुससँग वार्ता गर्न सक्ने क्षमता छ कि छैन?

कांग्रेस सांसद विश्वप्रकाश शर्माले रुस–युक्रेन युद्धमा फसेका नेपालीलाई फर्काउने मामिलामा सरकारले कूटनीतिक क्षमता देखाउन नसकेको टिप्पणी गरेका छन्।

सरकारले घोषणा गरेको वर्ष दिनमा यू१९ टोलीले पायो नगद पुरस्कार

यूएईमा भएको आईसीसी यू१९ विश्वकप एशिया छनोटको निर्णायक खेलमा घरेलु टोलीमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाल ८ वर्षपछि विश्वकपमा पुगेपछि सरकारले खेलाडीलाई नगर पुरस्कार दिने घोषणा गरेको थियो।

बागमतीका स्वास्थ्यमन्त्री भन्छन्– विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन्।

कर्मचारी जति सहकर्मीको अन्त्येष्टिमा सहभागी हुन जाँदा बन्द भयो रेल सेवा

कतिले यसलाई आफ्ना सहकर्मीप्रतिको माया भएको बताएका छन् भने कसैले कर्मचारीहरूको सांकेतिक विरोध भएको टिप्पणी गरेका छन्।

६ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा

कारबाहीमा परेका सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल चार लाख ३२ हजार ९८ वटा रहेका छन्। 

‘संघीयतापछि गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी बढे’

सार्वजनिक निकायमा निश्चित व्यक्तिलाई नियुक्ति दिनकै लागि मापदण्ड र कार्यविधि संशोधन गर्ने प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको प्रमुख आयुक्त राईले बताएका छन्।

भ्रष्टाचार गर्ने जोकोहीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने र सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको उनको दाबी छ।

एएफसी महिला प्रिमियर कप: भुटानमाथि नेपालको ८ विकेटको जित

भुटानले दिएको ६६ रनको लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको छ।

ठेकेदारको लापरबाहीले बराहपोखरीको प्रशासनिक भवन अलपत्र 

ठेकेदार कम्पनीले थपिएको नौ महिनाको म्याद गुजारिसकेको छ। आगामी वैशाख ५ गतेसम्मका लागि पुनः तीन महिनाको दोस्रो म्याद थपिए पनि निर्माणले गति लिएको छैन।

भुटानले नेपाललाई दियो ६६ रनको लक्ष्य

नेपालका कविता कुँवर, सीता रानामगर, ईन्दु बर्मा र कविता जोशीले समान १–१ विकेट लिए।

ललितपुरमा २ बालबालिका र आमाको मृत्यु

घरको चौथो तलाबाट हाम फालेकी रविना महर्जन र अचेत अवस्थामा भेटिएका उनकी छोरी २ वर्षीया रिवा र ६ वर्षीय छोरा अश्वेतको उपचारका क्रममा मृत्यु भएको छ।

कोशी, बागमती र गण्डकीको उच्च पहाडमा हिमपातको सम्भावना

पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कतार लगातार दोस्रो पटक एशियन कप च्याम्पियन

घरेलु टोली कतारले जोर्डनलाई ३–१ ले पराजित गर्दै एशियन कपको उपाधि जितेको छ। कतारले सबै गोल पेनाल्टीमार्फत गरेको थियो।

पर्व

टुँडिखेलमा सोनाम ल्होसारको रमझम

काठमाडौँ– तामाङ समुदायले नयाँ वर्षको रूपमा लिउने सोनाम ल्होसार आज शनिबार धूमधामसँग मनाइँदै छ। नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदायसँगै उत्तरको छिमेकी मुलुक चीनसहितका बौद्धमार्गीले यसलाई दिन नयाँ वर्षका रूपमा मनाउने गर्दछन्। तामाङ समुदायले आज मुसा वर्गलाई बिदाइ गरी गाई वर्गलाई स्वागत गरेका छन्।\r\n\r\nहरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी सोनाम ल्होसार पर्व मनाउने चलन छ। समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रूपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन्।\r\n\r\nतामाङ समुदायमा छोरीचेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ। ल्होसार मनाउने समुदायमा ल्हो अर्थात् वर्षहरू १२ वटा हुन्छन्। ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ। मुसाबाट शुरू हुने यी वर्षहरू जंगली बँदेल वर्षमा पुगेर सकिन्छ। तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रूपमा मनाइन्छ। सोनाम ल्होसारको अवसरमा काठमाडौँको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो। सोनाम ल्होसार मनाउन टुडिखेलमा परम्परागत भेषभूषामा उपस्थित भएर उनीहरूले बाजागाजा बजाउँदै नाचगान गरेर नयाँ वर्षको खुशियाली साटासाट गरेका थिए। कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गरेका थिए। तस्वीर : फोटो लाइब्रेरी

आगामी बजेट पूर्वाधार निर्माण र रोजगारी सिर्जनामा केन्द्रित हुन्छ : अर्थमन्त्री

अर्थमन्त्री महतले जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए। 

विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई दिने माओवादी केन्द्रको निर्णय

बैठकमा नेताहरूबीच पार्टीको केन्द्रीय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमति भएको पनि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

चिनियाँ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा नेपालको सहज जित

समीर तामाङको दुई गोलप्रेरित नेपालको यु२३ टोली चिनियाँ टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ गोल अन्तरले विजयी भएको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई दंगासँग सम्बन्धित १२ मुद्दामा जमानत

अदालतले पीटीआईका संस्थापक खानलाई हिरासतमा राख्नुको औचित्य नभएको र मे ९ को घटनामा संलग्न सबै आरोपीलाई जमानत दिइएको फैसला सुनाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।