AnonymousUser

Logout

म्याद गुज्रिएका खाद्य सामग्रीमा नयाँ मिति राखेर बिक्री गर्ने मिनाक्षी उद्योगमा सिल

आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्यमा संलग्न रहेको अभियोगमा उद्योगमा सिल गरिएको हो।

वाफ महिला च्याम्पियनसिप: नेपालको पहिलो खेल सिरियासँग

नेपाल रहेको समूहमा सिरियासँगै इराक र प्यालेस्टाइन छन्। नेपालले आफ्नो पहिलो खेल फागुन ७ गते सिरियासँग खेल्ने छ।

काठमाडाैँ महानगरले खाली गरायो शान्तिबाटिका (तस्वीरहरू)

माइतिघरको निषेधाज्ञापछि आन्दोलनकारीहरू विगत लामो समयदेखि शान्तिबाटिकामा बस्दै आएका थिए।

साउदी निकट मानिएका बिन मुबारक बने यमनको नयाँ प्रधानमन्त्री

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्ट्रपति परिषदले सोमबार प्रधानमन्त्री माइन अब्दुलमालिक सइदलाई बर्खास्त गरेसँगै विदेशमन्त्री अवाद बिनलाई नयाँ प्रधानमन्त्री बनाएको हो।

पूर्वमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य बुढाथोकीको निधन

लामो समयदेखि ‘प्रोस्टेट क्यान्सर’को उपचार गराइरहेका उनको गत राति साढे ११ बजे उपचारकै क्रममा विराटनगरको विराट मेडिकल कलेजमा निधन भएको हो।

गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम शुरूआत गरेको छ।

बेलायतका राजा चार्ल्स क्यान्सरबाट पीडित, उपचार हुँदै

बेलायती राजपरिवारका प्रवक्ताले क्यान्सरबाट पीडित राजा चार्ल्सको अहिले उपचार भइरहेकोबारे प्रष्ट पारेका छन्

६ महिनामा ३ हजार ४५ लागुऔषध कारोबारी पक्राउ

पक्राउ परेकाहरू गाँजा, चरेस, हेरोइन, अफिम, कोकिन आदि सेवन गर्ने तथा यसको अवैध ओसारपसारमा संलग्न रहेकाहरू हुन्।

ब्रेन्टफोर्डलाई हराउँदै म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो

गए राति सम्पन्न खेलमा फिल फोडेनको ह्याट्रिकले सिटीको  जित सुनिश्चित गर्‍यो। सिटी ३–१ गोलले विजयी भयो।

कतै हिमपात कतै छिटपुट वर्षाको सम्भावना

अहिले पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ। 

नेताहरूलाई गाडी सुविधा दिने गरी कोशीले ल्याएको अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

कोशीमा अध्यादेशमार्फत ऐन संशोधन गरी सत्तारुढ सबै दलका संसदीय दलका नेता र विपक्षमा रहेका दलको संसदीय दलका नेतालाई पनि प्रदेशसभाको पदाधिकारी किटान गरेर सुविधा दिन लागिएको थियो।

बाँसबारी प्रकरणमा पक्राउ परेकाको अनुसन्धान मंगलबारसम्म सक्न अदालतको आदेश- ‘नत्र हाजिरी जमानीमा छाड्नू’

बाँसबारीको जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीसहित तीनै जनाको अनुसन्धान मंगलबारसम्म सक्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

रविमाथि पनि छानबिन गर्न कास्की प्रहरीमा सहकारी पीडितको पूरक जाहेरी

लामिछानेसहितका व्यक्तिमाथि पनि छानबिन हुनुपर्ने माग गर्दै सहकारी पीडितले पूरक जाहेरी दिएको कास्की प्रहरीले जनाएको छ।

संयुक्त बैठकमा हुने सम्बोधन राष्ट्रियसभामा गर्ने प्रस्ताव, आकस्मिक र प्रादेशिक सरोकार समयको व्यवस्था

विधेयक दर्ता भएपछि नागरिकले सुझाव दिन सक्ने र त्यस्ता सुझावलाई दफावार छलफलका क्रममा विचार गर्न सक्ने व्यवस्थाका साथै समितिले विधेयकमाथि दफावार छलफल ६ महिनाभित्र गरी सक्नुपर्ने प्रस्ताव गरिएको छ।

प्रतिनिधिसभामा अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस

प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक अध्यादेश र बाधा अड्काउ फुकाऊ आदेश पेस भएको छ।

चालु अधिवेशनमा कानून निर्माणमा केन्द्रित हुन दलहरूलाई सभामुखको ध्यानाकर्षण

संसद्लाई प्रभावकारी, क्रियाशील र जीवन्त बनाउन चालू अधिवेशनदेखि केही नयाँ अभ्यास तथा संसदीय गतिविधि समयबद्ध सञ्चालनका लागि कार्यतालिका लागू गर्ने उनको भनाइ थियो।

एनआईसीयूका लागि छुट्याइएको बजेट आधाभन्दा बढी अपुग : अध्ययन

एनआईसीयूमा ६ दिन उपचार गर्दा औसतमा प्रतिबिरामी १८ हजार ४९० खर्च हुने र अपुग १० हजार ४९० रुपैयाँ अस्पतालले नै बेहोर्दै आएको अध्ययनले देखाएको छ। 

आरती साहका भाइ र आमालाई प्रहरीले सिंहदरबारबाट लियो नियन्त्रणमा (तस्वीरहरू)

सिंहदरबारभित्र छिर्न खोज्दा प्रहरीले आरती साहका भाइ र आमालाई नियन्त्रणमा लिएको छ।

नेप्से १४.५७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन्।

कानूनमन्त्रीले टीआरसी विधेयकबारे सांसदसँग गरे छलफल

छलफलका क्रममा मन्त्री गुरुङले विधेयकलाई टुंगोमा पुर्‍याउनका लागि सरकारका तर्फबाट भइरहेका प्रयासहरूका बारेमा सांसदहरूलाई जानकारी गराएका थिए।