AnonymousUser

Logout

वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

लामाविरुद्ध आङपासाङ शेर्पासमेत ८४५ जनाले तीन करोड ९३ लाख १४ हजार ३३३ र त्यसको ५० प्रतिशत हर्जनासमेत माग गरी उजुरी दिएका थिए।

उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

सहजताका लागि बाह्य  जिल्लाबाट मतदाता नामावली दर्ता गर्न सकिने सुविधासमेत उपलब्ध गराएको छ।

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा 'ब्याड लक' भयो: जगत टमटा

दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भई नेपाली यू–१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ।

आगो बालेर सुतेका सासू–बुहारीको निसास्सिएर मृत्यु

एउटै कोठामा सुतेका सासू र बुहारीले चिसो छल्न आगो बालेका थिए।

ग्रामी अवार्डको उत्कृष्ट एल्बम बन्यो टेलर स्विफ्टको ‘मिडनाइट्स’

टेलर स्विफ्ट, माइली साइरस, सेजा, बिली इलिसलगायत यस वर्षको ग्रामी अवार्डअन्तर्गत विभिन्न विधाका विजेता बनेका छन्।

मेस्सी र बार्सिलोनाबीचको पहिलो सम्झौता लेखिएको 'नेपकिन' करोडौँमा लिलाम हुँदै

बार्सिलोनासँग छोराको सम्झाैता हुन्न कि भनेर आत्तिएका मेस्सीका बुवालाई विश्वास दिलाउनका लागि वेटरसँग नेपकिन मागेर हस्ताक्षर गरिएको थियो।

संघीय संसद्को हिउँदे अधिवेशन शुरू हुँदै

बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

आर्थिक संकटबाट उकासिँदै श्रीलंका

विदेशी मुद्रा सञ्चितिको चरम अभाव अनि ऋण तिर्ने क्षमता खस्किएका कारण आर्थिक संकटमा परेको श्रीलंका बिस्तारै उकासिँदै गएको छ।

ईपीएल: आर्सनल र वोल्भ्स विजयी

आइतबार राति बेलायतको लन्डनस्थित इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलले लिभरपुललाई ३–१ गोल अन्तरले हराएको हो।

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

मौसम

आलोकनगरमा महानगरले चलायो डोजर

काठमाडौँ महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि डोजर चलाइएको छ। सार्वजनिक जग्गामा बनेका अस्थायी घरटहरा भत्काइएको महानगर प्रहरीले जनाएको हो। महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएका बताए। वडा कार्यालयले यहाँ खेलकुद पार्क बनाउने तयारी गरेको छ। 

बालकुमारी घटना जाँचबुझ आयोगको म्याद १५ दिन थपियो

बालकुमारीमा पुस १३ गते ईपीएस भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुई जनाको मृत्यु भएको थियो भने भौतिक पूर्वाधारमन्त्रीको गाडी जलाइएको थियो।

क्यानले गर्‍यो क्यानडा र लिग–२ खेल्ने नेपाली टोलीको घोषणा

क्यानले क्यानडा र लिग–२ मा नामिबिया र नेदरल्यान्ड्ससँग खेल्ने छुट्टाछुट्टै दुई टोलीको घोषणा गरेको छ।

इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिबाना

इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय र एक अर्ब ७२ करोड रुपैयाँ जरिबाना भएको छ भने उनकी श्रीमती सिर्जना शाक्यलाई एक अर्ब तीन करोड जरिबाना र एक वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ।

संसद्को रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग नगर्न पार्टीका सांसदलाई ओलीको निर्देशन

संसद्मा सम्बोधनका क्रममा गलत शब्द तथा अभिव्यक्ति दिनेहरूको विरोध गरे पुग्ने भएकाले रेकर्डबाट ‘शब्द हटाइयोस्’ भन्ने माग गर्न आवश्यक नभएको एमाले अध्यक्ष ओलीको भनाइ थियो।

कार्यान्वयन सुनिश्चिततासहित संसद्‍बाट विधेयक पारित गर्नुपर्छ : सभामुख

उनले प्रि–बजेट छलफलका लागि कानूनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए। उनले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने प्रतिबद्धता जनाएको पनि उल्लेख गरे।

फेसबुक स्थापनाको २० वर्ष: २० रोचक तथ्य

के तपाईंलाई थाहा छ फेसबुकको मूल कम्पनीको नाम अहिलेसम्म तीन पटक परिवर्तन भइसकेको छ।

सामान्य अंकले घट्यो नेप्से, ३ अर्बको कारोबार

युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ५.३७ प्रतिशतको गिरावट आएको छ।

देशभरको मौसममा बदली, सोमबारदेखि सुधार हुँदै जाने

आइतबार बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रधानमन्त्रीको गुनासो : पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा जनताबाटै साथ पाइएन

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानसहितको संघीयताको नारा लिएर चुनावमा जाँदा पनि जनताबाट साथ नपाएको गुनासो गरे‍का छन्।