कोशी र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ।
उम्मेदवारको कार्यालय नजिक भएका दुई वटा बम विस्फोटमा २८ दजनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सब–स्टेसन हब बनेको छ।
उनीहरूले जग्गा हाल साविक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने भनेर सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएका थिए।
नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबारदेखि क्यानडासँग तीन एक दिवसीय शृंखला खेल्दै छ।
विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै मच्छिन्द्रले उपाधि उचालेको हो।
'प्रधानमन्त्री वा मन्त्री सबैको बारेमा हामीले बाटाघाटामा छलफल गर्नुहुँदैन। मन्त्री नै फेर्नु छ भने पनि जुन दिन फेर्नु छ, ठयाक्कै फेरिहाल्ने हो।'
संघीय संसदको तेस्रो अधिवेशनको शुरूमै प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार बदर गरेको हो।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।
बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।
प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने थापाले जिकिर गरे।
स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।
राष्ट्रियसभाको बुधबारको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ।
सांसद डा. अमरेशकुमार सिंहले विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताए। निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको विषय पनि उनले उठाए।
तीनै जनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौँले अनुमति दिएको थियो। तर दुई दिनभित्र अनुसन्धान नसके हाजिरी जमानीमा छोड्न आदेश गरेको थियो।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका छन्।
अचार उत्पादनका लागि गाउँपालिकाले २४ जना महिलालाई तालिम प्रदान गरेको छ। पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घरसमेत सञ्चालनमा ल्याउने तयारी छ।
झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन। पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।