संस्थानले केही रुपैयाँ सहुलियत दरमा दिने गर्दा स्थानीयले खाद्यान्नकै चामल रोज्ने गरेका छन्। बजारमा मोटा चामल ६२ देखि ६४ रुपैयाँ प्रतिकिलोमा बिक्री हुँदा खाद्य संस्थानमा ५९ रुपैयाँ छ।
उपप्रमुखहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयक सबै पालिकामा नपुगेको जनाउँदै तत्काल पुर्याउनसमेत मन्त्रालयसँग माग गरेका छन्।
आक्रमणमा पाँच जना घाइते भएका छन्। विद्रोहीहरूले सत्तारुढ पार्टीको कार्यालयलाई पनि निशाना बनाएका थिए।
दिउँसो, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले दुग्ध विकास संस्थानले दूध खरिद गरेबापत किसानलाई दिनुपर्ने भुक्तानी तुरुन्त दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलसँग अमेरिकी सेनाअन्तर्गत यूएस इन्डो–प्यासिफिक कमान्डका कमान्डर एडमिरल जोन सी अक्यैलिनोले शिष्टाचार भेट गरेका छन्।
पूर्वाधार निर्माण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेसँगै चालु आवको नीति तथा कार्यक्रममा समावेश गरेर काम अघि बढाइएको हो।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरू निषेधित क्षेत्र तोड्दै सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेको घटना छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको शव मंगलबार बिहान नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा राखिने भएको छ।
सरकारले बालकुमारी घटनाका सम्बन्धमा फागुन २० गतेभित्र सुझाव सिफारिस गर्नेगरी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसहितको समिति बनाएको छ
शहीद स्मारक ‘ए’ डिभिजन लिग यो वर्ष नहुने भएको छ।
गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएका नीति बैंकिङ क्षेत्रलाई बलियो बनाउने किसिमका रहेको भन्दै पारदर्शी रूपमा काम गरिरहेका बैंक तथा वित्तीय संस्थालाई डुब्न नदिने बताए।
निर्वाचन आयोगले आगामी वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम– २ र प्रदेशसभातर्फ बझाङ–१ मा हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारी दर्ताको मिति तय गरेको छ।
अर्थमन्त्री महतले प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ गतेदेखि छलफल हुने भएको छ।
कारोबार भएका कुल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्यमा भने उकालो लागेको छ।
लघुवित्त वित्तीय संस्थाका ऋणीहरूले संसद् भवनमा प्रवेश गरेर विरोध जनाएका छन्।
क्यानले पुरुषतर्फ ३० र महिलातर्फ १९ खेलाडीको श्रेणी विभाजन गर्दै मासिक तलब निर्धारण गरेको छ। ‘ए’ श्रेणीमा पर्ने पुरुष खेलाडीले एक लाख र महिला खेलाडीले ५० हजार रुपैयाँ पाउने क्यानले जनाएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पाले वर्तमान नेतृत्वले पेलेर जान खोजेको आरोप लगाएका छन्।
राष्ट्रियसभा सदस्यहरूले भूकम्पले पुर्याएको क्षतिपछिको पुनर्निर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गरेका छन्।
अमेरिकी वायुसेनाका एक सदस्यले वाशिंगटन डीसीस्थित इजराइल दूतावास बाहिर आत्मदाहको प्रयास गरेका छन्।