नेपालको जितमा साबित्रा भण्डारी र प्रीति राईले गोल गरे। प्रीतिले इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै नेपाललाई फाइनल पुर्याइन्।
विरोध
मिटरब्याजीविरुद्ध आन्दोलनमा उत्रिएकाहरूले मंगलबार खाली खुट्टा पैदल मार्च गरेका छन्। उनीहरूले मंगलबार काठमाडौँमा खाली खुट्टा विरोध प्रदर्शन गरेका हुन्। भृकुटीमण्डपमा बसिरहेका उनीहरू भृकुटीमण्डपबाट खाली खुट्टा पैदल यात्रा शुरू गरेर भद्रकाली- शहीद गेट, सुन्धारा हुँदै शान्तिवाटीका पुगेर कोणसभा गरे।
परराष्ट्रमन्त्री एनपी साउदले रसियन सेनामा भर्ती भई ज्यान गुमाएका नेपालीको शव ल्याउनेदेखि परिवारलाई उचित क्षतिपूर्ति दिलाउने विषयमा सरकार गम्भीर रहको बताएका छन्।
वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
टोनी हेगनले खिचेका पश्चिम नेपालको सन् १९५० को दशकका तस्वीरहरू प्रदर्शनीमा राखिएका छन्। हेगनकी छोरी क्याथ्रिन पिताको संकलनमा रहेका फोटोहरू दुई वर्षको समयावधिमा खोजेर प्रदर्शनीमा ल्याएको बताउँछिन्।
स्थानीय माग बढ्दै गएपछि रुसले अर्को सातादेखि ६ महिनासम्म पेट्रोल निर्यातमा रोक लगाउने भएको छ।
संसदीय समितिले गैरआर्थिक भ्रष्टाचारजन्य क्रियाकलापको प्रभावकारी अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
श्रद्धाञ्जली
भजन शिरोमणि भक्तराज आचार्यको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ। नेपाल संगीत तथा नाट्य प्रतिष्ठानमा कलाकार, राजनीतिज्ञ, समाजसेवी र सर्वसाधारणले अन्तिम श्रद्धाञ्जली दिएका हुन्। लामो समयदेखि अस्वस्थ आचार्यको सोमबार ८१ वर्षको उमेरमा निधन भएको थियो।
शिक्षा समितिको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले टेरामक्स खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुगेकाले केही समयभित्रै नतिजा आउने बताएका छन्।
मंगलबार बोटलर्स नेपाल बालाजु र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
वैज्ञानिकहरूका अनुसार ह्वेलहरू एकअर्कासँग सञ्चार गर्न र समुद्रको गहिराइ र अन्धकारमा एकअर्कालाई भेट्टाउन आफूले निकाल्ने आवाजमा निर्भर हुन्छन्।
दिवंगत भक्तराज आचार्यले गीत, संगीतका क्षेत्रमा पुर्याएको योगदान अजर अमर रहिरहने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाइ छ।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक–विद्यार्थीसमेत समस्यामा परेका छन्। पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ।
नामिबियाले दिएको २०७ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।
स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ।
नामिबियाका लागि जान निकोल लोफ्टी इटनले उत्कृष्ट ब्याटिङ गर्दै ३३ बलमा शतक प्रहार गरे। इटनले नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान पनि तोडेका छन्।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रूपमा कर्जा प्रवाह भएको भेटिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियमले सुन्नी इत्तेहाद काउन्सिलका उम्मेदवार अफताब अहमद खानलाई पराजित गर्दै मुख्यमन्त्रीमा निर्वाचित भएकी हुन्।