काँकडभिट्टा–सितापुरीसम्मको ४५ किलोमिटर सडकका चार हजार ७२३ रुख काट्न थालिएको छ।
सहायता लिन सडकमा पर्खिरहेका प्यालेस्टिनीहरूको भिडमा इजरायली सेनाले बम आक्रमण गरेको हो।
राज्य व्यवस्था समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार–हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई आग्रह गरेको छ।
विश्वमा ४० लाखभन्दा धेरै मानिस ‘लिप डे बेबी’ छन्। यस दिन जन्मेका व्यक्तिहरूलाई लिपर्स वा लिपलिंग्स भनिन्छ। लिप डे बच्चा जन्मिने सम्भावना १ हजार ४६१ मा १ जना हुन आउँछ।
बिहीबार कुल ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५९ करोड ८७ लाख ३७ हजार २२८ रुपैयाँको कारोबार भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले आगामी आर्थिक वर्ष २०८१/८२ मा बजेटको सिलिङ नबढाए विकास निर्माणका नयाँ योजना ल्याउन नसकिने बताएका छन्।
नेपालले छिमेकमा भइरहेको आर्थिक समृद्धि र रूपान्तरणको द्रुत गतिबाट फाइदा उठाउन सक्नुपर्ने परराष्ट्रमन्त्री साउदको भनाइ छ।
वैदेशिक रोजगारीको लागि कुवेत भनेर श्रीलंकाको कोलम्बो पुर्याई मानव बेचबिखनमा संलग्न एक जनालाई मानव बेचबिखन अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
सबैभन्दा ठूलो चुनौतीका रूपमा समयमै निर्णय नगर्ने, निर्णय पन्छाउने र अन्तरनिकाय समन्वयमा आवश्यक पहल नलिने प्रवृत्ति देखिएको प्रधानमन्त्री दाहालले बताएका छन्।
राष्ट्रियसभा सदस्य विमला घिमिरेले विरोध प्रदर्शनका क्रममा पक्राउ परेका मिटरब्याज पीडितलाई निःशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।
राष्ट्रियसभा बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले चुरे दोहन रोक्न, जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेशमा सिँचाइको व्यवस्था मिलाउन आग्रह गरिन्।
नयाँ पुस्तालाई सिकाउने लक्ष्य राखेर ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थीलाई चित्रकला र कविता लेखन प्रशिक्षण सञ्चालन गरिएको थियो। कार्यक्रममा पुस्तक मेला र पुस्तक डोनेसन स्टलसमेत राखिएको थियो।
वैद्यखानामा पछिल्ला पाँच वर्षमा ११ जना कार्यकारी निर्देशन फेरिएका छन्। स्वास्थ्य मन्त्रालयले आफ्नो अनुकूल कार्यकारी निर्देशक फेरबदल गर्ने गर्दा संस्था नै संकटतर्फ धकेलिएको छ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले क्रमशः ७० र ३० को साझेदारीमा निर्माण गर्ने सहमति भएसँगै अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण गर्ने निश्चित भएको थियो।
दर्ता प्रक्रियामा आएका तर नियमित कर नबुझाउने करदाताबाट दुई अर्ब बक्यौता असुल गर्न बाँकी छ। उक्त रकम १२ वर्षदेखिको रहेको महानगरले जनाएको छ।
दिउँसो, कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
पक्राउ परेका चिनियाँ नागरिक जियायुबाट १२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न भएको भन्दै मुस्लिम संगठनमाथि प्रतिबन्ध लगाइएको हो।
साना तथा घरेलु उद्योग महासंघअन्तर्गत मोरङ जिल्लामा सञ्चालित ३० हजारभन्दा बढी उद्योगमा तीन लाखले रोजगारी पाएका छन्।