विद्यालय स्तरबाटै बालबालिकाहरूलाई नाट्य क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने उद्देश्यले बाल नाटक मेला हुन लागेको हो।
मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता बुधबार गृह मन्त्रालयमा भएको थियो।
अनुमति नलिई समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने) १८३ अनलाइन सञ्चार माध्यम तथा वेब-पोर्टललाई काउन्सिलले कारबाही गरेको छ।
घाटामा रहेका ५२ वटा राज्य स्वामित्वका उद्यम (एसओई) सन् २०२३ मा नाफा गर्न सक्षम भएका छन्।
प्रधानमन्त्री दाहालले मिटरब्याज पीडितहरूको समस्या समाधान अदालती प्रक्रियाबाट गर्नुपर्ने भएकाले सरकारले अदालतसँग समन्वय गरिरहेको बताएका छन्।
नेकपा एमालेको गण्डकी प्रदेश संसदीय दलले प्रदेशसभा सचिवालयमा एकसाथ तीन वटा संकल्प प्रस्ताव दर्ता गरेको छ।
माइतीघरको निषेधित क्षेत्र खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले गरेको विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ को विन्दुमा कायम भएको हो।
प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ।
त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपाल २ रनले पराजित भएको छ।
मकवानपुरको बकैया गाउँपालिका–७ मा एक बिजुलीको पोल ढलेर लाग्दा स्थानीय वडासदस्यको मृत्यु भएको छ।
पूर्वी नेपालका पहाडी जिल्लाहरूमा उत्पादन भएको गाँजा मोरङको सीमावर्ती क्षेत्रमा भण्डारण गरी भारतमा बिक्री गर्ने गिरोह सक्रिय रहेको पाइएको छ।
एन्फाले बुधबार विज्ञप्ति जारी गर्दै सावित्राले जोर्डनविरुद्ध फाइनल नखेल्ने जनाएको छ। प्रतियोगिताको फाइनल बिहीबार हुनेछ।
इतिहासकार प्राडा तीर्थप्रसाद मिश्रले यो पुस्तकमा लिच्छविकाल र मल्लकालदेखि राणा शासनसम्मका रोचक घटना उल्लेख गरेका छन्।
बुधबार बिहान पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेताहरूको कार्यविभाजन पनि टुंग्याएको छ। नेताहरूलाई प्रदेश इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी तोकिएको हो।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ओलीले एमाले सत्य निरूपण तथा मेलमिलाप विधेयक पारित गर्ने पक्षमा रहेकोसमेत बताएका छन्।
नेपाल पहिलो जितको खोजीमा छ। मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बुधबार प्रधानन्यायाधीश उपत्यका बाहिर भएका कारण इजलास गठन नभएको जानकारी दिए। सुनुवाइ सरेको यो रिट अब कहिले पेसी चढ्छ भन्ने टुंगो छैन।
लोप हुँदै गएको यो पर्व नेपाल माझी उत्थान संघले २०५५ सालमा सिन्धुलीको मरिन खोलामा पूजा गरेर मनाउन थालेको थियो।
दिउँसो, पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।