AnonymousUser

Logout

राष्ट्र बैंकका उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार : आरोपी आचार्यले बुझाए स्पष्टीकरण

राष्ट्र बैंकका एक उच्चपदस्थ महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोप लागेका निर्देशक थानेश्वर आचार्यले बैंक प्रशासनलाई स्पष्टीकरण पत्र बुझाएका छन्। 

बागलुङका गाउँमा म्याद गुज्रेका पेयपदार्थ

व्यवसायीले म्याद गुज्रेका र उपभोग्य सामग्री एकैठाउँमा राखेर बिक्री गरेको फेला परेपछि सबै सामग्री जफत गरेर नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताए।

आयोजनाको गलत मूल्यांकन गरी बढी भुक्तानी दिएको अभियोगमा ३ कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा

अख्तियारले सघन शहरी तथा भवन निर्माण कार्यालय राजविराजका तत्कालीन आयोजना प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

मंगलबार उच्च अंकले घट्यो नेप्से

सोमबार सकारात्मक सर्किट लागेर कारोबार समयअगावै बन्द भएको नेप्से परिसूचकमा मंगलबार उच्च अंकको गिरावट देखिएको छ।

नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी२० शृंखला

नेपाललाई ४ विकेटले पराजित गर्दै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी२० शृंखला जितेको छ।

माओवादीबाट गण्डकी सरकारमा सहभागी मन्त्रीलाई मुख्यमन्त्रीले हटाए

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्रीलाई पदमुक्त गर्दै उनीहरूले सम्हाल्दै आएका मन्त्रालय आफैँ मातहत राखेका छन्।

उपाधि जित्न नेदरल्यान्ड्सलाई १८५ रनको लक्ष्य

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन जोड्यो। 

सैन्य अभ्यास तत्काल बन्द गर्न अमेरिका र दक्षिण कोरियालाई उत्तरको चेतावनी

उत्तर कोरियाले लामो समयदेखि अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गर्दै आएको छ। उसले उक्त सैन्य अभ्यासलाई आक्रमणका लागि पूर्वाभ्यास भनेको छ। 

सुनको मूल्य हालसम्मकै उच्च

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार रुपैयाँ निर्धारण गरिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २१ हजारमा कारोबार भएको सुन दुई हजारले बढेर नयाँ बिन्दुमा पुगेको हो।  

नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहितकुमार पौडेलले जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्। 

बजेट अभावले रोकियो हेटौँडा बजारमा सडक विस्तार 

सडक डिभिजन कार्यालय हेटौँडाले अर्थ मन्त्रालयसँग हेटौँडा बजारको सडक बिस्तार, खानेपानी पाइप, विद्युत् पोल र ढल व्यवस्थापन तथा ग्राभेलका लागि १२ करोड बजेट माग गरेको छ।

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु, १ जना घाइते

भरतपुर–७ स्थित माछापुच्छ्रे चोक नजिकै जेब्रा क्रसिङमा हिँडिरहेका नौ वर्षीय आरुष पौडेललाई बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ। 

सेफिल्ड युनाइटेडमाथि आर्सनलको फराकिलो जित

आर्सनल २७ खेलबाट ६१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। समान खेलमा ६२ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो तथा ६३ अंक रहेको लिभरपुल शीर्षस्थानमा छ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको उच्च पहाडमा हिमपातको सम्भावना

दिउँसो, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

चार दलीय गठबन्धनमा राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति

नेकपा एमालेसहित चार दल सम्मिलित गठबन्धनका बीचमा रिक्त रहेको राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डासहित आठबुँदे सहमति भएको छ। 

नारायणगढ–बुटवल सडक खण्डको अवरोध अझै हटेन

नवलपरासी–बर्दघाट सुस्तापूर्वको दाउन्ने क्षेत्रमा अवरुद्ध भएको सडक अझै पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।

साफ यू१६ : भुटानविरुद्ध नेपाल विजयी

साफ यू१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको छ।

एमाले, माओवादी र रास्वपाका एक–एक मन्त्रीले लिए शपथ

नवनियुक्त मन्त्रीहरू अर्याल, तामाङ र गिरीलाई राष्ट्रपति पौडेलले शीतलनिवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएका छन्।

कुपोषणको जोखिममा भूकम्प प्रभावित क्षेत्रका महिला तथा बालबालिका

परिवार नियोजन संघले सञ्चालन गरेको ‘आधारभूत स्वास्थ्य सेवा कार्यक्रम’ शिविरमा सेवा लिन आएका अधिकांश महिला तथा बालबालिकामा कुपोषणको जोखिम देखिएको कार्यक्रमका संयोजक वसन्त खनालले बताए।

लगानी र उत्पादन सुरक्षित नभएको किसानको गुनासो

किसानले राज्यले कृषिलाई पर्यटन क्षेत्रसँग जोड्न नसक्दा र लगानी सुरक्षित नहुँदा धेरै युवाशक्ति विदेश पलायन हुने गरेको बताए।