AnonymousUser

Logout

उकालोकर्मी दाहाल सम्मानित 

काठमाडौँ लेडी जेसिजले उकालोकर्मी दिपा दाहाललाई सम्मान गरेको छ।  

गठबन्धन फेरबदल नेपालको आन्तरिक मामिला, हामीलाई फरक पर्दैनः भारत

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सत्ता समीकरण फेरबदल नेपालको आन्तरिक मामिला भएको र यसबाट भारतीय धारणा परिवर्तन नहुने बताएका छन्।

क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा

पुलमा बाढीले क्षति पुर्‍याएपछि जोखिमपूर्ण अवस्थामा आवतजावत गर्नु परिरहेको स्थानीय भरत बुढाथोकीले बताए।

रुसी सेनामा लागेका भारतीय नागरिक पनि मारिए, शव ल्याउन पहल गर्दै त्यहाँको सरकार

नेपाली युवाहरू पनि रुसी सेनामा भर्ती भएका छन्। हालसम्म १९ जना नेपालीको मृत्यु भइसकेको छ भने सयाैँको संख्यामा घाइते भएका छन्।

निर्वाचन आयोगले दिएन रेशमलाई नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता

निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रूपमा मान्यता दिन अस्वीकार गरेको छ।

दोहोरो अंकले बढेको शेयर बजारमा ३ अर्बको कारोबार

बिहीबार नेप्से परिसूचक १३.५१ अंकले उकालो लागेर २०३०.५५ को विन्दुमा पुगेको छ।

उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने

जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ।

५२ वर्षदेखि बर्गरको लत, बनाए विश्व कीर्तिमान

उनले अहिलेसम्म ३४ हजार १२८ बर्गर खाइसकेका छन्। धेरै जंकफुड खाँदा स्वास्थ्यमा असर नपरोस् भनेर उनी दैनिक ६ माइल हिँड्छन्।

सहकारीमा देखिएका समस्या समाधानको काम भइरहेको छ: प्रधानमन्त्री

बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको पनि दाहालले बताए।

प्रतितोला एक लाख २५ हजार पुग्यो सुनको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ। 

एकपक्षीय ढंगले गठबन्धन तोडेर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे: कांग्रेस

कांग्रेस संसदीय दलको बैठकले संसद्‌मा रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ। साथै, आफ्ना सांसदलाई सदनमा जनजीविकाका सवालमा प्रभावकारी रूपमा प्रस्तुत हुन निर्देशन दिएको छ। 

वाम एकता गर्ने कुरामा एमाले हतारिने पक्षमा छैन: प्रदीप ज्ञवाली

एमालेले वामपन्थी र लोकतान्त्रिक दुई राजनीतिक शक्ति मात्रै मुलुकमा रहनुपर्छ भन्ने मान्यता बोकेको उपमहासचिव ज्ञवालीको भनाइ छ।

म्यानचेस्टर सिटी र रियल मड्रिड च्याम्पियन्स लिगको अन्तिम ८ मा 

रियल मड्रिडले बुधबार राति जर्मन क्लब आरबी लाइप्जिगसँग १–१ गोलको बराबरी खेले पनि समग्रमा समग्रमा २–१ को नतिजाका साथ क्वार्टरफाइनलमा स्थान बनायो।

राष्ट्रसंघले भन्यो– सन् २०२३ आप्रवासीका लागि सबैभन्दा घातक वर्ष

भूमध्यसागर पार गर्नु आप्रवासीका लागि सबैभन्दा घातक भएको छ। कुल आप्रवासीको मृत्युमा आधाभन्दा धेरै मृत्यु डुबेर भएको छ। नौ प्रतिशत वाहन दुर्घटना र सात प्रतिशत हिंसाका कारण भएको छ। 

कोशी, गण्डकी र कर्णालीको उच्च पहाडमा हिमपातको सम्भावना

देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

अर्थतन्त्र शिथिल छ, नयाँ आशा जगाउनका लागि पहल गर्छु: अर्थमन्त्री पुन

अर्थ मन्त्रालयको कार्यभार सम्हाल्दै अर्थमन्त्री पुनले अर्थतन्त्रका समस्याबारे आफू जानकार रहेको र त्यसको समाधानका लागि आफू लागिपर्ने बताएका छन्।

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएका ८ जना हिउँमा फसेका थिए।

राष्ट्रपतिसमक्ष नवनियुक्त उपप्रधानमन्त्रीसहित मन्त्रीहरूले लिए शपथ

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। यसअघि पहिलो चरणमा विनाविभागीय मन्त्रीका रूपमा सोमबार ३ जनाको शपथ भइसकेको थियो।

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् विस्तार, यस्तो छ मन्त्रीहरूको कार्यविभाजन

प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार एमालेका ८, माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीका ४ र एकीकृत समाजवादीका २ गरी मन्त्रिपरिषद् २० सदस्यीय भएको छ।

बागमती प्रदेश: कांग्रेसका ६ जना मन्त्रीले दिए राजीनामा

नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा दिएका हुन्।