AnonymousUser

Logout

सीआईबीको जिम्मेवारी एआईजी श्याम ज्ञवालीलाई दिने सरकारको निर्णय

सरकारका प्रवक्ता रेखा शर्माले सीआईबीको नेतृत्वमा रहेकी किरण ब्रजाचार्यलाई कार्यविभागको जिम्मेवारी दिएर सीआईबीको जिम्मेवारी ज्ञवालीलाई दिने निर्णय भएको जानकारी दिइन्।

सरकार र लघुवित्तविरुद्ध आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रमहरू स्थगन हुने भएका छन्।

नेपाल आइपुगेकी युक्रेनी महिला भन्छिन्– ‘ठूलो आवाज सुन्दा पनि बम खसेजस्तो लाग्छ’

‘कति परिवार आफ्ना सन्तान जिउँदै छन् कि छैनन् भन्नेबारे पनि बेखबर छन्। उनीहरू आउने हुन् कि होइनन्, टुंगो छैन। धेरै श्रीमतीहरूलाई आफ्ना श्रीमान‍् सकुशल छन् कि छैनन् भन्ने पनि थाहा छैन।’

कांग्रेसको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको शुक्रबारको दोस्रो बैठक स्थगित भएको हो।

नोबेल शिक्षण अस्पतालमा कार्यरत नर्स मृत फेला

विराटनगरमा एक स्टाफ नर्स मृत अवस्थामा फेला परेकी छन्। उनको शरीरमा धारिलो हतियार प्रहारका चोट देखिएको प्रहरीले जनाएको छ।

हिमोफिलियाका बिरामी उपचारको पहुँचबाहिर 

नेपालमा हिमोफिलियाका परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज र निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरमा मात्र गर्ने गरिएको छ।

रौतहटमा मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार, ३ भारतीय नागरिक पक्राउ

साहमाथि गोली प्रहार गरेको आरोपमा तीन भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य, पर्दैन राज्यको प्राथमिकतामा

विज्ञहरूले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि सरकारहरूले अहिल्यैदेखि स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

सुन तस्करीसम्बन्धी प्रतिवेदनबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री दाहालले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न शुक्रबार अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन्। 

सगरमाथा क्षेत्रको भ्रमणमा आएका कोरियन नागरिकको मृत्यु

डीएसपी दीपक श्रेष्ठका अनुसार २७ वर्षिय ह्युनचल स्वाङको ओलम्पिक हिमाल आरोहण गरेर फर्किँदै गर्दा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ मा लडेर ज्यान गएको हो।

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेर एक लाख २५ हजार ४०० कायम भएको छ।

गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर गृहमन्त्री लामिछानेले आयोगको प्रतिवेदन बुझाएका छन्। 

प्यालेस्टाइनको प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा नियुक्त

मुस्तफाले सन् २०१४ मा इजरायलले गाजामा आक्रमण गरेपछि त्यहाँको पुनर्निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका थिए।

भर्ना अभियान अघि नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याउने तयारी

चैत १५ भित्र पाठ्यपुस्तक छपाइ सम्पन्न गरेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका नौवटा वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू गर्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए। 

लिभरपुल युरोपा लिगको क्वार्टरफाइनलमा 

बिहीबार दोस्रो लेगमा स्पार्टा प्रागलाई ६–१ ले हराउँदै लिभरपुल समग्रमा ११–२ को अग्रतासहित अन्तिम ८ मा पुगेको हो।

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार पुन: बस्ने

पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

कर्मचारीमाथि हातपातको आरोपमा परशुरामका उपप्रमुखसहित ३ जना पक्राउ

परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ हुने भएको छ।

मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ

प्रहरीका अनुसार उनीहरू एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने या आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।