मर्मतसम्भारका लागि काल्चेदेखि बगुवा खण्डमा बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म बन्द हुनेछ।
वि.स. २००९ सालमा कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, नाटककार बालकृष्ण समलगायत साहित्यकारहरू मिलेर इलामको करफोकमा साहित्यिक कार्यक्रम आयोजना गरेका थिए।
संघीय संसद् सचिवालयले मंगलबार अध्यक्षको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरेको छ। जसअन्तर्गत सोमबार उम्मेदवारको मनोनयन दर्ता हुन लागेको हो।
भ्याटिकनका लागि युक्रेनका राजदूतले पोपको भनाइलाई दोस्रो विश्वयुद्धको समयमा हिटलरसँग वार्ताको वकालत गर्नेहरूसँग तुलना गरेका छन्।
फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्।
जनमत पार्टी, जनता प्रगतिशील पार्टी र तराई–मधेश लोकतान्त्रिक पार्टीबीच कार्यगत एकताको घोषणा गरिएको हो।
आइतबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलले सिटीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
सुदूरपश्चिम र कर्णाली प्रदेशसहित पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
विशेष अदालतले कटवाललाई ४ लाख ९८ हजार रुपैयाँ जरिबाना र ९ महिना कैदको सजाय सुनाएको छ।
प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि इलाम–२ बाट उम्मेदवार बन्न सत्तारुढ दल नेकपा एमालेका ६ जनाले दाबी पेश गरेका छन्।
राष्ट्रियसभा अध्यक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले युवराज शर्मालाई र माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्धबारे इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहुको दृष्टिकोणले इजरायललाई सहयोग गर्नुको सट्टा क्षति पुर्याइरहेको दाबी गरेका छन्।
विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
अख्तियारले सभाहल तथा शौचालय निर्माणका क्रममा अनियमितता गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।
राष्ट्र बैंकका अनुसार माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।
हङकङमा भएको त्रिकोणात्मक टी–२० शृंखलाअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ।
काठमाडौँको टेकु दोभानदेखि थापाथलीसम्मका क्षेत्रमा पुनर्निर्माणका क्रममा निकालिएका मन्दिर तथा सत्तलका पुरातात्त्विक महत्त्वका काठ जलाइएको छ।
यसअघि राष्ट्रियसभा अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अध्यक्षको निर्वाचन हुन लागेको हो।
आइतबार अर्थ मन्त्रालयमा बसेको कार्यदलको पहिलो बैठकले सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न संयन्त्र बनाएको हो। संयन्त्रमा सरकारमा सहभागी पाँच दलबाट २/२ जना छन्।
तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण भएका/हुने जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न वसन्तपुर–ढुंगेसाँघु २२० केभी डबल प्रसारण लाइन निर्माण गरिएको हो।