AnonymousUser

Logout

आईसीसी अध्यक्ष ग्रेग बार्कली नेपाल आउने

चार दिने भ्रमणमा आउन लागेका अध्यक्ष बार्कलीले राजनीतिक नेतृत्वहरूसँग पनि छलफल गर्ने कार्यतालिका रहेको क्यानले जनाएको छ।

अब दक्षिण कोरियामा झन् धेरै नेपाली श्रमिक जान पाउने, बन तथा सेवा क्षेत्रमा पनि अवसर

केही दिनयता सामाजिक सञ्जालमा कोरियाले नेपाली कामदार नलिने भन्ने हल्ला फैलिएको भन्दै ईपीएस शाखाले उक्त सूचना तथ्यहीन भएको र झन् धेरै कामदार लिन खोजेको जनाएको छ।

होस्टेलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी  सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ।

नवनियुक्त तीन प्रदेशप्रमुखले लिए शपथ

सरकारको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मधेशमा सुमित्रा सुवेदी भण्डारी, गण्डकीमा डिल्लीराज भट्ट र सुदूरपश्चिममा नजिर मियाँलाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन्।

अर्थ मन्त्रालयले लघुवित्त संघर्ष समितिलाई वार्तामा बोलायो 

अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि मन्त्रालयमा बोलाएको हो।

एन्फाका पदाधिकारीको विदेश भ्रमणबारे मन्त्रालयको आपत्ति, कारबाही गर्न निर्देशन

युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा) का १० जना पदाधिकारी वैदेशिक भ्रमण गएकामा आपत्ति जनाएको छ।

अर्थतन्त्रसँग सम्बन्धित विषयमा सहकार्य गर्न सेजन र त्रिवीको अर्थशास्त्र विभागबीच सम्झाैता

बौद्धिक, प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यमा सहकार्य सँगै तथ्यमा आधारित नीति निर्माणका लागि पहलकदमी गर्ने र सम्बन्धित पक्षलाई सुझाव दिने सम्झौतापत्रमा उल्लेख छ।

राष्ट्रपतिले गरे तीन प्रदेशप्रमुख पदमुक्त

फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रदेशप्रमुखलाई पदमुक्त गरिएको हो।

प्रधानमन्त्री दाहाललाई प्रतिनिधिसभाबाट तेस्रो पटक विश्वासको मत

प्रधानमन्त्री दाहाललाई माओवादी केन्द्रसहित एमाले, रास्वपा, जसपा नेपाल, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिए।

शेयर बजारमा २.४८ अंकको सामान्य गिरावट, चार अर्ब २४ करोडको कारोबार

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।

फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यकता हो: सीके राउत

जनताबाट म्यान्डेट लिएर आएका नेताहरूले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिनुपर्ने बताए। जनमतले विश्वासको मत नदिने उनको भनाइ थियो।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिन्नः राजेन्द्र लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आफ्नो पार्टीले वर्तमान सरकारलाई विश्वासको मत नदिने बताएका छन्।

पश्चिमालाई पुटिनको चेतावनीः आणविक युद्धको लागि रुस तयार छ

अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।

उपाधि जित्न नेपाललाई पीएनजीले दियो १७२ रनको लक्ष्य

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो।

जापानी अन्तरिक्ष रकेट प्रक्षेपणको केही सेकेन्डमै विस्फोट

टोकियोस्थित स्पेस वानको १८ मिटर अग्लो काइरोस रकेट पश्चिमी जापानको तटीय वाकायामा क्षेत्रमा प्रक्षेपण गरिएको करिब पाँच सेकेन्डपछि विस्फोट भएको छ। 

अघिल्लो गठबन्धनमा समस्या आएपछि नयाँ गठबन्धन बनेको हो: ओली

देशमा विभिन्न नाममा राष्ट्रिय एकतामा भाँजो हाल्ने र समाजमा विद्वेष फैलाउने तथा पश्चगमनमा लाने प्रवृत्ति देखा परेको ओलीको भनाइ छ।

प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन्। 

घट्यो सुनचाँदीको मूल्य

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको छ।

अमेरिकाको राष्ट्रपतिका लागि पुनः बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा पनि ट्रम्प र बाइडेनबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। त्यस निर्वाचनमा ट्रम्प पराजित भएका थिए।