AnonymousUser

Logout

बेसार प्रवर्द्धन गर्दै माङसेबुङ: उत्पादन र बजारीकरणका लागि १३ बुँदे सम्झौता 

सम्झौतामार्फत बेसारको उत्पादन र बजारीकरणको सुनिश्चित गरिएको छ। कृषि उद्यमशीलता तथा बेसारखेती अभिमुखीकरण तालिम दिएर किसानलाई बेसारको बीउसमेत प्रदान गिरएको छ।

म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा

इतिहाद स्टेडियममा न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै सिटी अन्तिम चारमा पुगेको हो। घरेलु टोलीका लागि दुवै गोल पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले गरे। 

यस्तो रहनेछ आइतबारको मौसम

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ। 

मोरङको चिउरा मिलमा आगलागी, १ करोड ५० लाखको क्षति

प्रहरीका अनुसार मिलमा आगो सल्किएको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन।

भोजपुरमा आगलागीमा परी ३ बालबालिकाको मृत्यु

भोजपुरको हतुवागडी गाउँपालिका–७ मा भएको आगलागीमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। 

मोरङ, तेह्रथुम र भोजपुरमा आगलागीबाट ३२ घर जलेर नष्ट

मोरङ, तेह्रथुम र भोजपुरमा शनिबार भएका आगलागीका घटनामा स्थानीयका ३२ वटा घर जलेर नष्ट भएका छन्।

एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो।

भोजपुरमा वनको डढेलो बस्ती पस्दा ६ घर जलेर नष्ट

जंगलबाट शुरू भएको आगलागी हावाहुरीका कारण बस्तीमा फैलिएको प्रहरीले जनाएको छ।

रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि, ७ चरणमा मतदान हुने

भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।

रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकमबाट हतियार किन्दै ईयू

ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

शिक्षा समितिमा सभापति नहुँदा शिक्षा विधेयक संशोधनमा विलम्ब

विद्यालय शिक्षासम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न तत्कालीन शिक्षामन्त्री अशोककुमार राईको कार्यकालमा गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा १७०० संशोधन परेका छन्।

‘फेस्टिभलमा प्रदर्शित फिल्म ओटीटीमा चलायमान बनाउनु दीर्घकालीन ग्लोबल होमवोर्क हो’

कर्मसियल रूपमा सफल फिल्म आर्टिस्टिक हुनसक्छ तर आर्टिस्टिक रूपमा सफल चलचित्र सधैँ कर्मसियल रूपमा सफल हुन्छन् भन्ने छैन। 

काठमाडौँमा ह्वीलचेयर म्याराथन, २०० जना सहभागी

भृकुटीमण्डपबाट शुरू भएको म्याराथन भद्रकाली, शहीद गेट, न्युरोड गेट, रानीपोखरी, जमल, दरबार मार्ग हुँदै पुनः भृकुटीमण्डपमा आएर समापन भएको थियो।

‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ लोकार्पण

लमजुङको सामान्य परिवारमा जन्मिएका सुवेदी बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली हुन्। उनले लिड्स, लन्डन र अक्सफोर्डलगायत विश्वविद्यालयमा प्राध्यापन गरेका छन्।

फुट्यो बाबुराम भट्टराईको नेसपा, महिन्द्र राय समूहले माओवादीसँग एकता गर्ने

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो।  एकीकृत पार्टीको नयाँ नाम आगामी महाधिवेशनले टुंगो लगाउने सहमति भएको छ। 

रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा निर्वाचन अस्वीकार्य: राष्ट्रसंघ 

युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।

महेन्द्रनगरका भित्तामा संस्कृति झल्किने ‘चित्रकला’

नेपाल कमर्सियल आर्टिस्ट संघले बजार क्षेत्रलाई चित्रकलासहित सौन्दर्यीकरण गरेको छ। ट्राफिक चोकदेखि दशरथ चोकसम्मका भित्तामा सुदूरपश्चिमका कला र संस्कृति झल्किने चित्रकला कोरिएको छ।

उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।

अभ्यास खेलमा नेपाल मलेसियासँग पराजित

नेपालले फिफा विश्वकप र एएफसी एशियन कपको संयुक्त छनोटअन्तर्गत बहराइनविरुद्धको खेलअघि मलेसियासँग अभ्यास खेल खेलेको हो।