AnonymousUser

Logout

धनकुटामा भ्यान र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ गम्भीर

दुर्घटनामा मोटरसाइकल चालक स्थानीय २२ वर्षीय अभिषेक राई र भ्यान चालक २८ वर्षीय तुलबहादुर राई गम्भीर भएका छन्।

च्याम्पियन्स लिग: आर्सनल र बार्सिलोना अन्तिम ८ मा

आर्सनल १४ र बार्सिलोना ४ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेका छन्।  

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव: उच्च पहाडमा हिमपातको सम्भावना 

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

सरकार र आरती साहका माइती पक्षबीच सहमति, अनुसन्धान गर्न सीआईबीको टोली खटाइने

सरकार र आरती साहका माइती पक्षबीच थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली खटाउनेसहित पाँचबुँदे सहमति भएको छ।

तत्कालीन सेन्चुरी बैंकका पूर्वसीईओसहित १० जनालाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अदालतले तत्कालीन सेन्चुरी कमर्सियल बैंकका दुई पूर्वप्रमुख कार्यकारी अधिकृतसहित १० जनालाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।

सोनारी गाउँपालिकामा निर्माणाधीन रंगशाला बजेट अभावले अलपत्र

राप्ती सोनारी–५ बिनौनामा निर्माणाधीन राप्ती सोनारी रंगशालामा वाल लगाउने काम भए पनि अन्य मर्मतसम्भारको काम हुन नसक्दा खेल गतिविधि ठप्प भएका छन्।

पुस्तकालयको किताब हरायो वा च्यातियो भने बिरालोको फोटो देखाए पुग्ने अनौठो जरिबाना

किताब बिग्रिँदा वा हराउँदा त्यसको हर्जाना तिर्नुपर्ने डरले फेरि पुस्तकालयमा नआउनेहरूलाई यो नियमले फाइदा पुग्ने छ।

सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरूको जोड

जनताको स्वास्थ्यमा असर गर्ने कुरालाई राजस्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने, पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने सांसदहरूको धारणा रहेको छ।

हेटौँडाबाट ८४ किलो गाँजासहित १ जना पक्राउ

 प्रहरीले मकवानपुरको हेटौँडाबाट ८४ किलो लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ।

एकनारायण अर्यालको गृहमा सरुवा, यी हुन् मन्त्रिपरिषद्का निर्णय

हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको मन्त्री शर्माले बताइन्।

‘स्पन्ज आइरन’ र ‘बिलेट’को भन्सार महसुल अध्ययन गर्न उपसमिति गठन

सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ।

शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सयको विन्दु

पाँच वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

धुर्कोटको ‘विचित्र गुफा’मा विदेशी पर्यटक

लामो भूभागमा फैलिएको विचित्र गुफाको मुख्य द्वारबाट भित्र पसेपछि थप पाँच द्वारको प्राकृतिक आकार देख्न सकिन्छ। 

टी२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी र नेपाल भिड्ने

हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

राष्ट्रियसभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

 राष्ट्रियसभामा मंगलबार भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत परेको छ। मतदानमा ५६ जना सांसद उपस्थित थिए।

राष्ट्रियसभाको अध्यक्षमा युवराज शर्मालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत

कांग्रेसबाट उम्मेदवार रहेका युवराज शर्माको पक्षमा १७ र विपक्षमा ३९ जनाले मतदान गरेका थिए।

मिटरब्याज पीडितको गुनासो– न्यायको आश्वासन त पायौँ, घर फर्किने नै पैसा छैन

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा भएको आन्दोलनमा करिब चार हजार किसान सहभागी भए। ४२औँ दिनमा सरकारसँग चार बुँदे सहमति भए पनि कार्यान्वयनमा शंका रहेको पीडित बताउँछन्।

पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो। नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए।

हिंसा बढेपछि हाइटीबाट फिर्ता भए राष्ट्रसंघका कूटनीतिज्ञ

हिंसाका कारण हाइटीबाट तीन लाख ६२ हजार मानिस विस्थापित भएका छन्। हतियारधारी समूहले राजधानीका पसल र घरहरूमा तोडफोड गरेपछि ७२ घण्टाका लागि आपत्कालीन अवस्था लागू गरिएको छ।

कफीखेतीमा इलामका किसान: भन्छन्– बजार र मूल्यको समस्या छैन

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्।