AnonymousUser

Logout

लघुवित्त पीडितसँगको वार्ता सहमति नजिक, शुक्रबार पुन: बस्ने

पीडितका माग सम्बोधनका लागि नेपाल राष्ट्र बैंकलगायत निकायबाट हालसम्म भएका पहल र सम्बोधन गर्न सकिने जायज मागबारे छलफलपछि दुवैपक्ष सहमति नजिक पुगेका छन्।

यस्तो रहनेछ शुक्रबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

कर्मचारीमाथि हातपातको आरोपमा परशुरामका उपप्रमुखसहित ३ जना पक्राउ

परशुराम नगरपालिकाको कार्यपालिका बैठकमा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा तीन जना जनप्रतिनिधिलाई प्रहरीले पक्राउ गरेको छ।

‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट

‘लिभिङ टुगेदर’लाई कानूनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आगामी आइतबार सुनुवाइ हुने भएको छ।

मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ

प्रहरीका अनुसार उनीहरू एक्लै देखेका व्यक्तिको नजिक गएर एक्कासि मोबाइल खोसेर भाग्ने या आवश्यक परेको बताउँदै मोबाइल लिएर फरार हुने गरेका थिए।

मानव विकास सूचकांकमा नेपाल ३ स्थान माथि उक्लियो

यूएनडीपीद्वारा सार्वजनिक गरिएको नयाँ मानव विकास प्रतिवेदनअनुसार १९३ वटा देश तथा भूभागमध्ये नेपाल १४६औँ स्थानमा छ।

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भएका थप सात जना नेपाली नागरिकको मृत्यु भएको पुष्टि गरेको छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ३ अर्ब ९४ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ को विन्दुमा कायम भएको छ।

वालिङले दूधमा प्रतिलिटर १० रुपैयाँ अनुदान दिने

स्याङ्जाको वालिङ नगरपालिकाले विदेश पलायन रोक्न तथा विदेशबाट फर्केका युवालाई पशुपालनमा आकर्षित गर्ने उद्देश्यले दूधमा अनुदान दिन लागेको जनाएको छ।

चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले भ्रष्टाचारको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा आरोप–पत्र दायर गरेको छ।

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

मन्त्री जोशीले प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता औँल्याए।

इलाम र बझाङमा उपनिर्वाचन गर्न ८ करोड खर्च लाग्ने

निर्वाचन गर्न सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले थप खर्च आवश्यक नभएको तर मतदानदेखि मतगणनासम्म कार्य सम्पन्न गर्न अत्यावश्यक बजेट मात्र सरकारसँग माग गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

बद्री पहाडी समाजसेवा पुरस्कार विष्णुमाया परियारलाई

फागुन ३० गते सम्पन्न छनोट समितिको बैठकले एक लाख १० हजार रुपैयाँको उक्त पुरस्कार डा.परियारलाई प्रदान गर्ने निर्णय गरेको छ। 

सडक पार गर्ने क्रममा कारले ठक्कर दिँदा कुवेतमा ३ नेपालीको मृत्यु

शवहरूको पोस्टमार्टम भइसकेको र नेपाल फर्काउन उनीहरूका परिवारसँग सम्पर्क भइरहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ।

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन

आयोगले बिहीबार बिहान गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको हो। आयोगले नौ भन्सार नाकाको स्थलगत अनुगमन, ६८ व्यक्तिसँगको बयान र ६१ विज्ञसँगको परामर्शका आधारमा प्रतिवेदन तयार पारेको जनाएको छ।

प्रतितोला १ लाख २५ हजार ८०० पुग्यो सुनको मूल्य 

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ।

श्रम क्षेत्रका समस्या सम्बोधन गर्न मन्त्रालयले बनायो कार्यदल

समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन्।

६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौँ महानगर

फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।

च्याम्पियन्स लिगको अन्तिम ८ मा पुग्ने सबै टिमको टुंगो

एट्लेटिको मड्रिड, बोरुसिया डर्टमन्ड, बार्सिलोना, रियल मड्रिड, आर्सनल, म्यानचेस्टर सिटी, बायर्न म्युनिख र पीएसजी च्याम्पियन्स लिगको अन्तिम ८ मा पुगेका छन्।

गण्डकी, कर्णाली र सुदूरपश्चिमको पहाडी भूभागमा वर्षाको सम्भावना

कर्णाली र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।