संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा खटिएको नेपाली सेनाको डफ्फा अदलाबदली भएको छ।
सोमबार नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा कायम भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सोमबार छिचोलिएको सुरुङको निर्माण कार्य जारी नै छ। सुरुङबाट सवारीसाधन सञ्चालन गर्न थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ।
समूह 'ए' अन्तर्गतको तेस्रो खेलमा सोमबार नेपालले हङकङलाई ८ विकेटले हराएको हो। ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो।
'नेपालको सन्दर्भमा तीन हजार मिटरमाथि हावापानी र जलमापन गर्ने स्टेसन एकदमै कम छन्। जलवायु परिवर्तनका कारण हिमालय क्षेत्र बढी प्रभावित छ। तर हामी त्यसलाई प्रमाणित गर्न सक्दैनौँ।'
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा खतराको अवस्थामा पेरिस ओलम्पिकको उद्घाटन समारोह पूर्वनिर्धारित सिन नदीबाट राष्ट्रिय रंगशालामा सार्न सकिने बताएका छन्।
गाई फार्म सञ्चालक तथा सहकारीले व्यावसायिकरूपमा साइलेस (पौष्टिक तत्व पर्याप्त हुने घाँस)का लागि ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका मकै बोटसँगै खरिद गरेका छन्।
पीडितको सहमतिबिना राजनीतिक दल र सरकारले मात्र शान्ति प्रक्रियाको काम अगाडि बढाए मान्य नहुने चेतावनीसमेत उनीहरूले दिएका छन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार बिहान कच्ची घरको खरले छाएको छानामा अचानक आगो सल्केपछि दुवै नाबालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार राति करिब १ बजे हातहतियारसहित आएका झण्डै २० जनाको समूहले डरत्रास देखाउँदै बोधिचित्तको रुख काटेको प्रहरीले जनाएको छ।
सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा विदेशी सहयोगको प्रवाह अत्यन्त कम भएको छ। यसबाट प्राकृतिक प्रकोपमा राहत प्रतिक्रियामा अवरोध भइरहेको छ।
शीर्षस्थानको सिटीको ३२ खेलबाट ७३ अंक छ। समान खेलमा ७१ अंक रहेका आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा छन्।
दिउँसो लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका विभिन्नस्थानमा हावाहुरीसमेत चल्ने सम्भावना छ। कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
डिभिजन वन कार्यालय, झापाका प्रमुख मेघराज राई भन्छन्, ‘मकै हात्तीको मनपर्ने खाना हो। जति यसको खेती बढ्यो उति हात्तीको संख्या र क्षति बढिरहेको हाम्रो अनुसन्धानले देखाएको छ।’
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पहिलो बैठक आगामी शनिबार र आइतबार ललितपुरको गोदावरीमा सञ्चालन हुने भएको छ।
बबई नदीको किनारमा खेल्न गएका बेलामा उनीहरू माटोको ढिस्कोमा पुरिएको प्रहरीको भनाइ छ।
अनुसन्धानका क्रममा उनीहरूले विभिन्न मोबाइल नम्बरबाट २१ वटा कनेक्ट आईपीएस खाता खोलेर ९८ वटा बैंक लिंक गरी ५७ करोड ४१ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
अख्तियारले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजीव रिमालसहित पाँच जनाविरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको छ।
सिन्दूर जात्रा
मध्यपुरथिमीमा आइतबार हर्षोल्लासका साथ सिन्दूर जात्रा मनाइएको छ। प्रत्येक वर्ष वैशाख दुई गते मनाइने ३२ खटसहितको जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ। मूल देवता खटमा राखेर धिमेबाजा र नाचगानसहित चिराग बाली एकअर्कामा सिन्दूर दलेर खुशी साटासाट गर्दै मनाइने गरिन्छ। यो जात्रामा थिमी बासीले घरका झ्याल, कौसी र छतबाट सिन्दूर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्छन्।