‘मेरो अनुभव र ज्ञानले गर्दा उनीहरूले मलाई एनालग एस्ट्रोनटमा छनोट गरे होलान्। त्यहाँ कमाण्डरको भूमिका पनि दिए। मसँग चारजना ‘क्रु मेम्बर’ थिए। तालिमपछि अन्तरिक्षयात्रीबारे धेरै कुरा थाहा भयो।’
एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गरेका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई आफ्नो पार्टीको समर्थन नरहेको पत्र प्रदेश प्रमुखलाई बुझाएको छ।
मंगलबार दुई अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
जनमतका सांसदको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले सदनको कामकारबाही १० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
आगामी असारभित्रै निर्माण व्यवसायीलाई काममा ल्याउने गरी ठेक्का आह्वान गरिएको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ।
विश्वव्यापी आर्थिक चुनौतीका बीच विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले १५ हजार कर्मचारीलाई निकालेको छ।
ठूलीभेरी नगरपालिका–३ दुनै डोल्पामा खेलकुद मैदान निर्माणका लागि प्राप्त भएको रकम अनियमितता गरेको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
हिमालयको काश्मीर उपत्यकामा केही दिनको वर्षापछि नदीमा पानी बढेको थियो। प्रत्यक्षदर्शीका अनुसार डुंगा पार गर्न प्रयोग गरिने डोरी पानीको तीव्र बहावका कारण चुँडिएको थियो।
सोमबार प्रतितोला एक लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार एक लाख ३९ हजार २०० रुपैयाँ पुगेको छ।
चैतेदशैँका अवसरमा लाग्ने ३०० वर्ष पुरानो मेला चैत ३० देखि जारी छ। ‘गन्तव्य बागलुङ कालिकाः कला र संस्कृतिको प्रवर्द्धन– स्थानीय उत्पादन, व्यापार र पर्यटन प्रवर्द्धन’ नाराका साथ मेला आयोजना गरिएको हो।
इलाम–२ मा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र गरी १९ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
चेल्सीको जितमा कोल पाल्मरको ४ गोल गरे। उनले पहिलो हाफको २९ मिनेटभित्र ह्याट्रिक पूरा गरेका थिए।
चैतेदशैँका अवसरमा मंगलबार गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदासमेत दिएको छ।
२८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलुरुले उत्कृष्ट ब्याटिङ गरे पनि ७ विकेट गुमाएर २६२ रन मात्रै बनाउन सक्यो।
गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका केही स्थानमा हावाहुरीसमेत चल्नेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।
प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेले २०७८ पुस ७ मा उक्त रकम ऋण लिएको भेटिएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख छ।
नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ।
वाकेलीस्थित द गुड सेफर्ड चर्चमा भेला भएका एक पादरी र केही अन्य व्यक्तिमाथि आक्रमण भएको हो।
इटहरीको मुक्तिघाटमा दाउराको हार मिलाउने र शव जलाउने काम गर्दै आएका २७ वर्षीय विनोद तामाङको चिर्पट प्रहार तथा कुटपिटबाट मृत्यु भएको हो।
संशोधनकर्ता सांसदले नेपाल विश्वविद्यालयको आवश्यकता र भौतिक पूर्वाधार आदिबारे स्पष्ट हुनुपर्ने माग गरेका छन्।