किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गरिएको छ।
शहरी भेगमा ६ लेन र जंगल क्षेत्रमा चार लेनमा विस्तार कार्य दुई खण्डमा विभाजन गरेर अघि बढाइएको थियो। ठेक्का लागेको ६ वर्षमा पनि प्रगति भने निराशाजनक छ।
चालु आर्थिक वर्षमा १० किलोमिटर बाटो कालोपत्र गर्ने लक्ष्य छ। ताराखोला खण्डमा वर्षाको पानी व्यवस्थापन गर्न नाला बनाउने तथा सडक फराकिलो पार्ने काम भइरहेको छ।
सरकारसँग भएको सहमति कार्यान्वयन नभएकाले फेरि आन्दोलन गर्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ।
इलाम क्षेत्र–२ का १४९ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।
कोलकाताको घरेलु मैदानमा भएको खेलमा पन्जाबले २६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बल अगावै पूरा गर्यो।
'संघ' लामो समयदेखि भारतीय संविधानमा मनुस्मृतिको प्रधानता होस् भन्ने चाहन्छ। त्यसै कारण, भारतका ओबीसी, दलित र जनजातिहरूलाई बिजेपी सत्तामा आउँदा के होला भन्दै चिन्तित बनाएको हो।
दिउँसो, कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
रानीवन सामुदायिक वनमा लागेको आगो निभाउन वनमा पुगेका देवसिंह कामीको आगोको लप्कोले एक्कासि भेट्दा जलेर मृत्यु भएको प्रहरीको भनाइ छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको पुल जीर्ण भएपछि दुर्घटनाको जोखिम बढेको छ।
हवारीले पीडितलाई बिहे गर्नेसम्म प्रलोभन देखाई नेपालमै पटक–पटक यौन शोषण गरेको र विभिन्न समयमा ११ लाख २८ हजार रुपैयाँ रकमसमेत ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।
उनलाई शुक्रबार पक्राउपश्चात् नुवाकोट जिल्ला अदालतबाट फैसला कार्यान्वयनका लागि जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले निर्वाचन आयोग र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट निवेदनमा मिसिल कागज झिकाउने आदेश दिएको छ।
सडक निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोजकुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
१२ अन्तर्राष्ट्रिय संस्थाको अध्ययनअनुसार कोका–कोला कम्पनी ‘ब्रान्डेड प्लास्टिक प्रदूषण’को सबैभन्दा ठूलो उत्पादक रहेको पाइएको छ। यसले विश्वव्यापी कुल प्रदूषण उत्पादनमा ११ प्रतिशत योगदान गर्दछ।
अर्थसचिव मधुकुमार मरासिनी र स्वास्थ्यसचिव डा. रोशन पोखरेल तथा चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्थाका प्रमुख लियु झाओ हुईले सम्झौतामा हस्ताक्षर गरे।
बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ।
अकल्पनीय रूपमा अर्बपति भएको कुवेर नामक नेता पैसाले खुशी, इज्जत, भोक, निद्रा, भावना, मुस्कानजस्ता अभौतिक वस्तु किन्ने दौडमा आधारित उपन्यासमा उसको मानसिक विचलन उजागर गरिएको छ।
नेता तथा विभिन्न व्यक्तिका नाममा आयोजना हुने प्रतियोगितामा बर्सेनि डेढ करोडभन्दा बढी खर्च हुने गरेको थियो। यस वर्ष भने उक्त बजेट कटौती गर्न लागिएको खेलकुद मन्त्रालयले जनाएको छ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार ३०० प्रहरी परिचालन भएका छन्।