शुरूआती अग्रता बनाएका नेकपा एमालेका दमन भण्डारीलाई नेपाली कांग्रेसका अभिषेक सिंहले उछिनेका छन्।
लुम्बिनी , मधेश र कोशी प्रदेशमा हावाहुरीको सम्भावनासमेत रहेकाले सतर्कता अपनाउन माैसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
साहित्य सङ्गम मकवानपुरले कृति सम्मानका लागि उत्कृष्ट तीन कृतिको सूची सार्वजनिक भएको छ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका जुगल गाउँपालिका-७ का वडा अध्यक्ष रवि तामाङ पक्राउ परेका छन्।
इलाम–२ को उपनिर्वाचनअन्तर्गत फाकफोकथुम गाउँपालिकाका ६ वटा वडाको मत गनीसक्दा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ एक हजार मतले अगाडि
छन्।
विशेष अदालतले चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय र २५ करोड जरिबाना गरेको छ।
मतगणनाको ताजा नतिजाअनुसार एमालेका सुहाङ नेम्वाङले कांग्रेसका उम्मेदवारसँगको मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
यूएईका प्रधानमन्त्री शेख मोहम्मदका अनुसार विमानस्थल ‘विश्वको सबैभन्दा बढी क्षमता’को र हालको दुबई अन्तर्राष्ट्रिय विमानस्थलको आकारभन्दा ‘पाँच गुणा’ ठूलो हुने छ।
बझाङ–१ (क) मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले दुई हजार ८७ प्राप्त गर्दै शुरूआती अग्रता कायमै राखेका छन्।
इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन्।
प्रहरीले सुनमाया किसान (सार्की) हत्याका अभियुक्तलाई ९ वर्षपछि पक्राउ गरेको छ।
दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन्।
धितोपत्र बजारमा आइतबार ६८ लाख ७८ हजार १६९ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बझाङ–१ (क) मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत हाल दुई वडाको मतगणना सम्पन्न भएको छ।
श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकहरूको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्याएर समाधान गर्ने सुविधा हो।
पाँच खेलको टी२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपाल वेस्टइन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ।
काठमाडौँ महानगरपालिका–३१ शंखमूल दोभानपुलमा आइतबार भएको आगलागी नियन्त्रणमा आएको छ।
बझाङमा जारी मतगणनामा एमालेका दमनबहादुर भण्डारीले शुरूआती अग्रता लिएका छन्।
इलाम–२ को मतगणनाको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको अग्रता देखिएको छ। उनलाई एमालेका सुहाङ नेम्बाङले पछ्याइरहेका छन्।
काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलनमा दुई वटा लगानी सम्झौतामा हस्ताक्षर भएको छ।