AnonymousUser

Logout

शेयर बजारमा सामान्य अंकको सुधार

मंगलबार ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

कांग्रेसले सर्वदलीय बैठकमा दोहोर्‍यायो संसदीय छानबिन समिति गठनको माग

कांग्रेसले सर्वदलीय बैठकमा सरकारीको बचत अपचलनमा संलग्नताबारे रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ र गैँडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा मंगलबार बाघ र गैँडा मृत फेला परेका छन्।

रुसी सेनामा आबद्ध नेपालीको जीवन रक्षार्थ अभियानको आन्दोलन स्थगित हुने

अभियानका सदस्यसँगको भेटमा प्रधानमन्त्री दाहालले रुसी सेनामा कार्यरत नेपालीको उद्धारका लागि उच्चस्तरको पहल गर्ने प्रतिबद्धता जनाएका थिए।

बिदा लिएर निजी स्वास्थ्य संस्थामा नजान चिकित्सकलाई निर्देशन

मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी एवं कर्मचारीलाई अध्ययन, असाधारण, घर बिदा, बिरामी बिदा जस्ता बिदा लिई निजी संस्था तथा गैरसरकारी संस्थामा गई काम गर्नेलाई कानूनअनुसार कारबाही हुने जनाएको छ।

रास्वपाले भन्यो– संसदीय छानबिन समिति गठन अनावश्यक

संसदीय दलको बैठकले सभापति रवि लामिछानेमाथि सहकारी हिनामिना प्रकरणमा मिथ्या आरोप लगाएको र उजुरी दिएकै भरमा छानबिन समिति बनाउनु उपयुक्त नभएको ठहर गरेको हो।

प्रधानमन्त्री दाहालसँग भेटेर उपेन्द्र यादवले भने– ‘सरकारलाई दिएको समर्थन यथावत् छ’

सोमबार राति अमेरिका भ्रमणबाट फर्किएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न मंगलबार बिहानै बालुवाटार पुगेका छन्।

तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

सोमबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ रहेको छापावाल सुन मंगलबार एक लाख ३६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। 

खोटाङमा शिक्षकले रकम उठाएर गरे अग्निपीडितलाई सहयोग

जंगलमा लागेको डढेलो गाउँमा फैलिँदा घर जलेर विस्थापित भएका सात परिवारलाई १५२ शिक्षकसहित १६७ जनाबाट चन्दा संकलन गरेर एक लाख ७६ हजार प्रदान गरिएको छ।

अछाममा चट्याङ लागेर बालकको मृत्यु, डडेलधुरामा ३ घाइते

सोमबार राति हुरीबताससँगै परेको चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटियाका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु मृत्यु भएको छ।

बजेट अधिवेशनको तयारी पूरा, ५ दलका नेतासँग परामर्श गर्दै सभामुख

निर्बाध सदन सञ्चालनका निम्ति परामर्श गर्न सभामुख देवराज घिमिरेले मंगलबार संसद्‌मा प्रतिनिधित्व गरेका पाँच राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै छन्।

मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्ड ‘सी’सँग नेपाल पराजित

बेलायतको अल्डरसटस्थित इबीबी रंगशालामा सोमबार राति भएको मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड ‘सी’ २–० ले विजयी भएको छ। 

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बागमती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति सभापति चयन हुन सकेको छैन।

सिधाकुरा डटकमसम्बन्धी मुद्दामा नाम आएका व्यक्तिसँग लिखत जवाफ माग

सर्वोच्च अदालतले सिधाकुरा डटकमबाट प्रसारित अडियोविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा प्रत्यर्थीले नाम लिएका व्यक्तिसँग लिखत जवाफ माग गरेको छ।

रफाहमा कारबाही थाल्ने इजरायली डिफेन्स फोर्सको तयारी

इजरायली सेनाले रफाहमा सैन्य कारबाही गर्ने तयारी थालेको छ। इजरायलले कारबाही शुरू गरेपछि गाजाका विभिन्न भागबाट शरण लिन पुगेका १४ लाख मानिसहरू रफाहमा रहेको बताइएको छ।

खर जोगाउन गोज्दा जलेर आमाछोराको मृत्यु

आगोले जलेर सिद्धिचरण नगरपालिका-१० बेतेनीमा आमाछोराको मृत्यु भएको छ।

अनशनरत व्यक्तिहरूको स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न मानव अधिकार आयोगको आग्रह

सम्झौताहरूको कार्यान्वयनमा जोड दिन एवं आमरण अनशनमा बसेका दीपक भण्डारीलगायतका व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील हुन सरकारलाई आयोगले आग्रह गरिएको छ।

प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद थप

सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समितिको म्याद एक वर्ष थपेको छ।

हिरासतमै छँदा अस्पताल भर्ना हुन सिफारिस अनिवार्य

पहुँचका आधारमा हिरासत छल्न स्वास्थ्यलाई बहाना बनाउने प्रवृत्ति रोक्ने सम्बन्धमा काउन्सिलले दिएको सुझावका आधारमा गृह मन्त्रालयले तीनबुँदे निर्णय गरेको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।