अमेरिकामा गत वर्ष ४३ हजारभन्दा बढी महिलाको स्तन क्यान्सरका कारण मृत्यु भएको थियो।
सामुदायिक वनको आगो बस्तीमा पस्दा १५ घर, १० गोठ र आठवटा शौचालय जलेको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए।
आदिम साम्यवादी युगमा प्रकृति नै प्रमुख उत्पादक शक्ति थियो भने पुँजीवादी युगमा पुँजी नै प्रमुख उत्पादक शक्ति थियो। भूमण्डलीकृत पुँजीवादी उपयुगमा 'विज्ञान-प्रविधि' प्रमुख उत्पादक शक्ति भएर उभिएको छ।
बार्यनको घरेलु मैदान आलियान्ज एरिनामा भएको खेलमा दुवै टोलीले २–२ को बराबरी खेलेका छन्।
पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ
पशुपतिको मन्दिरमा जलहरी राख्दा सुन हिनामिना प्रकरणमा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीनै जनाले विशेष अदालतबाट सफाइ पाएका छन्।
सरकारले तेस्रो लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लैजाने भएको छ।
कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन कुनै पनि विधेयक पारित गर्न नसकी अन्त्य भएको छ।
कतारबाट पठाएको सुन नदिएको भन्दै अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
तथ्यांक कार्यालयले चालु आर्थिक वर्षमा सरकारले लिएको लक्ष्यको आधा हाराहारी मात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।
मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकार विस्तार गरेका छन्। नवनियुक्त मन्त्री विनोदकुमार शाहबाहेक अन्य मन्त्रीहरूले मंगलबार शपथ लिएका छन्।
गोदावरीस्थित सामुदायिक वनमा लागेको डढेलो निभाउँदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।
गुल्मीको रेसुङ्गा नगरपालिका–७ सिस्न्यारा पातल सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ परेका हुन्।
नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्से परिसूचक २५.९३ अंकले बढेर २००६.२८ को विन्दुमा पुगेको छ।
‘ब्रेकफेल’ भएपछि बीच सडकमा नै बस पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
आगामी अधिवेशनअघि नै राजनीतिक दलका शीर्ष नेताहरूसँग संसद्लाई प्रभावकारी बनाउने विषयमा परामर्श गर्ने सभामुख घिमिरेको भनाइ छ।
वैदेशिक रोजगारका लागि स्लोभाकिया र अमेरिका पठाइदिन्छु भनी ८० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्वास्थ्य मन्त्रालयले काठमाडौँको वायु विश्वकै अस्वस्थकरको सूचीमा अग्रस्थानमा रहेको उल्लेख गर्दै वायु प्रदूषणबाट जोगिन अनिवार्य मास्क लगाउन आग्रह गरेको छ।
उत्तरी कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौ जना सैनिकको मृत्यु भएको छ।