AnonymousUser

Logout

एक खेलअगावै वेस्टइन्डिज ‘ए’ले जित्यो नेपालसँगको श्रृंखला

वेस्टइन्डिज ‘ए’ले एक खेलअगावै नेपालसँगको पाँच खेलको टी२० श्रृंखलाको उपाधि जितेको छ।

गल्याङ नगरपालिकाका सिनियर अहेवविरुद्ध नक्कली प्रमाणपत्रको मुद्दा

अख्तियारले गल्याङ नगरपालिकाका सिनियर अहेव दुर्गाप्रसाद भट्टराईविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सुविधा लिएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

सोलुखुम्बुमा वनको डढेलो गाउँमा सल्किँदा १० घर जले

थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको वेगका कारण घरमा सल्किँदा बस्ती नै सखाप भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए।

बालिकाको हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

बालिकाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको छ।

वेस्टइन्डिज ‘ए’ले नेपाललाई दियो २१० रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको क्यारेबियन टोलीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०९ रन बनायो। 

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित शहर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

द्वन्द्वपीडित महिलाका मुद्दामा संवेदनशील हुन र सुरक्षा सुनिश्चित गर्न जोड

विभेदकारी सामाजिक रीतिरिवाज कायमै रहेकाले द्वन्द्वपीडित महिलाका मुद्दा तथा द्वन्द्वसम्बन्धी यौन हिंसासँग गाँसिएका विषय सम्बोधन गर्दा सुरक्षा सुनिश्चित गर्न सरोकारवालाले जोड दिएका छन्।

कोरोना महामारीबारे सर्वप्रथम जानकारी दिने चिनियाँ डाक्टर किन बसे धर्नामा?

ती डाक्टरले कोरोना महामारीबारे आफ्नो अनुसन्धान सार्वजनिक गर्न सरकारको स्वीकृति लिएका थिएनन्। त्यसयता उनलाई पदबाट हटाउने तथा काम गर्दा दुर्व्यवहार गर्ने कार्य भइरहेको थियो।

धादिङको थाक्रेमा आगलागी: वृद्ध दम्पतीको मृत्यु

राति करिब ११ः३० बजेतिर घरमा आगो लाग्दा सुतिरहेका ७० वर्षीय तेजबहादुर लामा र उनकी श्रीमती ७० वर्षीया ठूली लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

अत्यधिक गर्मीका कारण बुटवलका विद्यालयमा २ दिन बिदा

गर्मी र तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने देखिएकाले बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको छ।

च्याम्पियन्स लिगको पहिलो लेगमा पीएसजीको हार

बुधबार राति भएको सेमिफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमन्डसँग पीएसजी १–० ले पराजित भएको छ। 

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

कोभिसिल्ड भ्याक्सिनले ‘साइड इफेक्ट’ गर्न सक्ने निर्माता कम्पनीको स्वीकारोक्ति

कोभिसिल्ड भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकाले आफूले बनाएको खोपले मानिसमा रगत जम्ने जस्ता केही जोखिम हुन सक्ने स्वीकार गरेको छ।

देशभर १६५ ठाउँमा डढेलो, छैन वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागअन्तर्गत जल तथा मौसम पूर्वानुमान महाशाखाले तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने जनाएको छ।

भक्तपुरमा इनार खन्ने क्रममा निसास्सिएर २ जनाको मृत्यु

इनार खन्ने क्रममा अन्दाजी ५५ फिट तल पुग्दा ग्यास निस्केर अचेत अवस्थामा रहेको जानकारी पाएलगत्तै उद्धारका लागि प्रहरी टोली पुगेको थियो।

विश्वकप खेल्ने नेपाली क्रिकेट टोली घोषणा

तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आईसीसी टी–२० विश्वकपका लागि टोलीको घोषणा गरेको छ। 

दक्षिणी चीनमा राजमार्ग भासिँदा २४ जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी चीनको ग्वाङडोङ प्रान्तमा बुधबार राजमार्गको एक भाग भासिँदा २४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

पशुपति आर्यघाटको विद्युत् शवदाह साउनदेखि निःशुल्क

कसैले आफन्त गुमाउँदा आर्थिक अभावका कारण दाहसंस्कार गर्न नसकेर पिरोलिनुपर्ने अवस्था नआओस् भनेर विद्युतीय शवदाह निःशुल्क गर्ने निर्णय गरिएको हो।

श्रमिक दिवस

श्रमिक दिवस: श्रमिकको दैनिकी

अन्तर्राष्ट्रिय श्रमिक दिवस बुधबार ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदै छ। विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरूक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन्।  तर श्रमको उचित मूल्य नपाएको श्रमिकको गुनासो छ। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारा आफूहरूमा लागू नभएको उनीहरूको भनाइ छ।

मजदुर दिवसको अवसरमा काठमाडाैँमा निकालिए र्‍याली (तस्वीरहरू)

नेपालमा श्रमिक एकजुट भएर अधिकारको लागि आवाज उठाएको पहिलो आन्दोलनका रूपमा २००७ सालको विराटनगर जुटमिलको मजदुर आन्दोलनलाई लिइन्छ।