AnonymousUser

Logout

बनेका धारा भत्किन थाले तर आएन पानी

दश वर्षअघि कुश्मीसेरामा ‘एक घर एक धारा’ अभियान सञ्चालन भएको थियो। पाइप गाडिसकेपछि जग्गा विवादले योजना अलपत्र बनेको बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष विष्णुप्रसाद आचार्य बताउँछन्।

रफाहमा जीवनरक्षाको ‘स्पष्ट योजना’बिनाको आक्रमणलाई समर्थन गर्दैनौँ : डेभिड क्यामरुन

बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले जनताको जीवनरक्षाका लागि ‘स्पष्ट योजना’बिना इजरायलले गाजाको रफाह शहरमा आक्रमण गर्न नहुने बताएका छन्।

अखिल नेपाल लेखक संघको अध्यक्षमा स्वप्निल स्मृति

अखिल नेपाल लेखक संघमा कवि स्वप्निल स्मृति (सनमान चेम्जोङ)को अध्यक्षतामा ७१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ।

सरकारलाई वर्ल्ड लिंकसँग २ अर्ब कर उठाउने बाटो खुल्यो

सर्वोच्च अदालतले वर्ल्ड लिंकले करका सम्बन्धमा सरकारविरुद्ध दायर गरेको रिट निवेदन खारेज गरिदिएको छ।

कैलालीमा नदीमा डुबेर २ बालबालिकाको मृत्यु

कैलालीको कैलारी गाउँपालिका–८ लोहरपुर तेडी बाध नदीमा नुहाउने क्रममा शनिबार दुई बालबालिकाको मृत्यु भएको छ।

यथार्थमा गिरीबन्धु ‘हात्ती’ हो, ललितानिवास ‘छावा’ : पूर्वन्यायाधीश ईश्वरप्रसाद खतिवडा

‘हदबन्दी छुट पाएका सयभन्दा बढी कम्पनीहरूले जग्गाको सट्टापट्टा र स्थानान्तरणका लागि भूमि व्यवस्था मन्त्रालयमा निवेदन दिएका छन् भन्ने सुनिएको छ। यसका परकम्पहरू आउनै बाँकी छन्।’

मधेश प्रदेश सरकारबाट बाहिरिए एमाले र माओवादी, अल्पमतमा मुख्यमन्त्री यादव

मधेश प्रदेश सरकारबाट नेकपा एमाले र माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन्।

जिल्ला अस्पताल बैतडीका चिकित्सक आन्दोलित, आकस्मिक बाहेकका सेवा बन्द

नौ महिनादेखि अतिरिक्त सेवा र बिदाको दिन सेवा गरेबापतको रकम भुक्तानी नपाएको भन्दै जिल्ला अस्पताल बैतडीका चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित भएका छन्।

वर्षा भएसँगै घट्दै काठमाडौँको वायु प्रदूषण

वर्षासँगै वन डढेलो तथा वायुमण्डलमा रहेको धुलोको कण नियन्त्रण आएकाले वायु प्रदूषण न्यूनीकरण भएको डढेलोविद् सुन्दर शर्माको भनाइ छ।

नेप्से परिसूचक ८.२६ अंकले बढ्यो, ३ अर्बको कारोबार

नेप्सेका अनुसार आइतबार  ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा तीन अर्ब १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

'जातको कुरा कहिलेसम्म? जात व्यवस्था रहेसम्म' (मंगलवार) पब्लिस नगर्ने

भर्खरै ताते ताते गर्न सुरु गरेको बच्चा र २५ वर्षको वयस्कलाई सँगै दौड प्रतियोगितामा दौडाउनु जायज र न्यायोचित हुन्छ?

त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाइँदै

शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी छन्।

सुरक्षण मुद्रणको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा

अख्तियारले सफ्टवेयरसहितका उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै काठमाडौँ महानगर

अनुगमनका क्रममा विवरण नबुझाउने सहकारीलाई नियमित कामकारबाहीमा रोक लगाउने तथा अनुमति खारेज गर्नेसम्मको तयारी काठमाडौँ महानगरको छ।

उँट सवारीले बाटो जाम हुन थालेपछि मरुभूमिमा ट्राफिक लाइट जडान

चीनमा उँटको लस्करले पैदल यात्रा गर्नेलाई बाटो काट्न अप्ठेरो पर्न थालेपछि स्थानीय अधिकारीहरूले ट्राफिक लाइटको व्यवस्था गरेका हुन्।

९ महिनामा भित्रियो १० खर्ब ८२ अर्ब रेमिट्यान्स

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोड र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ।

यातायात सञ्जालले जोडियो म्यादीको निस्कोट

मालिका–१ र मंगला गाउँपालिका–५ लाई दरबाङसँग जोड्न छ्यारछ्यारेस्थित म्याग्दी नदीमाथि पुल निर्माण भएसँगै निस्कोट यातायात सञ्जालसँग जोडिएको हो।

अफगानिस्तानमा बाढी: ३०० भन्दा बढीको मृत्यु 

अफगानिस्तानमा केही सातादेखि असामान्य रूपमा भारी वर्षा हुँदै आएको छ। बदख्सान, बागलान, घोर र हेरात प्रान्त वर्षा र बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन्।

कामिरिता शेर्पाले गरे २९औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाले आइतबार बिहान ७:२५ मा २९औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

काठमाडौँको बत्तीसपुतलीमा २ समूहबीच झडप हुँदा १ जनाको मृत्यु, ४ पक्राउ

झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।