AnonymousUser

Logout

कला प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा \'सवारी कथाहरू’ प्रदर्शनी

सिद्धार्थ आर्ट ग्यालरीमा सवारी साहित्यसम्बन्धी कलाको प्रदर्शनी भइरहेको छ। मे १३ मा शुरू भएको प्रदर्शनीलाई ‘सवारी कथाहरू’ शीर्षक दिइएको छ। पाँच जना कलाकारका ८५ वटा क्युरेसन प्रदर्शनीमा राखिएको छ। उक्त प्रदर्शनी मे २७ सम्म चल्नेछ। तस्वीर: नेपाल फोटो लाइब्रेरी\r\n\r\n

मधेश प्रदेशका ४ जिल्लाको सीमा नाका ३ दिन बन्द रहने

भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लामा हुन लागेको निर्वाचनका लागि सिरहा, धनुषा, सप्तरी तथा महोत्तरीका सीमा नाका बन्द हुने भएका छन्।

सडक व्यवसायीको व्यवस्थापन कार्ययोजना १५ दिनभित्र पेस गर्नू : सर्वोच्च

सर्वोच्च अदालतले तीनै तहका सरकारलाई सडक व्यवसायको व्यवस्थापन र रोजगारीका वैकल्पिक उपायसहितको समन्वयात्मक कार्ययोजना १५ दिनभित्र पेस गर्न आदेश दिएको छ।

जलवायु अनुकूलन कार्यक्रम कार्यान्वयन गर्न १३ मिलियन युरो अनुदान स्वीकार

सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने भएको छ।

माइनस २४ डिग्री सेल्सियस तापक्रममा ककटेल पार्टी

अन्वेषकहरूको एक समूहले सुमेरु महासागरमा जमेको बरफमाथि ककटेल पार्टीको आयोजना गरेको हो।

कर्जा बढाउन सहयोग पुग्ने गरी राष्ट्र बैंकले गर्‍यो नीतिगत व्यवस्था

अब उपभोक्ताले बैंक तथा वित्तीय संस्थाबाट आफ्नो आम्दानीको ७० प्रतिशत रकमले किस्ता तिर्न पुग्ने गरी ऋण लिन पाउँछन्। यसअघि यस्तो अनुपात ५० प्रतिशत थियो।

‘नेपालले अब गाडी बनाउनुभन्दा एआईमा लगानी बढाउनु उत्तम’

‘हाउभाउ हेरेर अपराधी थाहा पाउने एल्गोरिदम पनि छ। अल्पसंख्यक मानिसको डेटा कम भएका कारण एआर्ईले उनीहरूलाई अपराधी ठहर्‍याउने सम्भावना हुन्छ। अमेरिका वा युरोपमा पनि एल्गोरिदमले अल्पसंख्यकलाई भेदभाव गर्छ।’

विद्यार्थी मृत भेटिएपछि पटनाको एक विद्यालयमा आगजनी

बिहारको एक विद्यालय परिसरको ट्यांकीभित्र विद्यार्थीको शव भेटिएपछि आक्रोशित आफन्तले विद्यालयमा आगजनी गरेका छन्।

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगन भएको छ।

खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा १० जना पक्राउ

दुई समूहबीच झडपका क्रममा कीर्तिपुरका साजिस श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार रहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक आइतबारसम्म स्थगन

राष्ट्रियसभाको शुक्रबारको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि स्थगित भएको छ।

महिला क्रिकेट: बागमतीलाई हराउँदै सुदूरपश्चिम फाइनलमा 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा बागमतीलाई १०९ रनको फराकिलो अन्तरले पराजित गर्दै सुदूरपश्चिम उपाधिनजिक पुगेको हो। 

मौद्रिक नीति समीक्षा: सवारी कर्जाको जोखिमभार घट्यो

ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकन गरिने राष्ट्र बैंकले जनाएको छ।

तोलामा ७०० रुपैयाँ घट्यो सुनको मूल्य

चाँदीको मूल्य पनि घटेको छ। बिहीबार तोलामा एक हजार ८०५ रुपैयाँमा कारोबार भएको चाँदीको भने एक हजार ८०० रुपैयाँ निर्धारण भएको छ।

हतियार ओसारपसारमा सघाएको भन्दै ५ रुसी नागरिक र संस्थामाथि अमेरिकाको प्रतिबन्ध

युक्रेनमा प्रयोग गर्नका लागि ब्यालेस्टिक मिसाइलसहितका हतियार रसिया र उत्तर कोरियाबीच हस्तान्तरण गर्न सहजीकरण गरेकोमा प्रतिबन्धको घोषणा गरेको अमेरिकाले जनाएको छ।

भारतको लोकसभा निर्वाचन: जनकपुर–जयनगर रेल ७२ घण्टा बन्द हुने 

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले शनिबारदेखि जेठ ७ गतेसम्म रेलसेवा पूर्ण रूपमा बन्द रहने जानकारी दिएका हुन्। 

बागमतीमा साउनयता सवारी दुर्घटनामा २६१ जनाको मृत्यु, १ लाख ८४ हजार चालकमाथि कारबाही

बागमतीका १० वटा जिल्लामा भएका एक हजार १७६ सवारी दुर्घटनामा २६१ जनाको मृत्यु भएको तथा दुई हजार ५८६ जना घाइते भएका ट्राफिक प्रहरीले जनाएको छ।

जेठ ७ मा विश्वासको मत लिने प्रधानमन्त्री दाहालको तयारी

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन्।

प्रज्ञा कुञ्जको नाट्य उत्सव शिल्पीमा, ४०० विद्यार्थी सहभागी हुँदै 

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा वैशाख ३१ देखि जारी नाट्य उत्सवमा एक दर्जनभन्दा बढी नाटक मञ्चन भइसकेका छन्। शुक्रबार अन्तिम दिन शिशिर वसन्त, हिराको भोटो, ब्युटी इज अ बिस्ट नाटक मञ्चन हुँदैछन्।

आगामी २ दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

आइतबारसम्म अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले सावधानी अपनाउन अनुरोध गरेको छ।