AnonymousUser

Logout

आईपीएल: वर्षाले खेल रद्द हुँदा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले अंक बाँडे 

क्वालिफायर १ खेल्नका लागि कोलकाताले राजस्थानलाई जित्नै पर्ने दबाब रहेको खेल वर्षाका कारण प्रभावित भएपछि अब एलिमिनेटर खेल्नु पर्ने भएको छ।

म्यानचेस्टर सिटीलाई लगातार चौथोपटक प्रिमियर लिगको उपाधि

इंग्लिस फुटबलको १३६ वर्षको इतिहासमा लगातार चार पटक शीर्ष डिभिजनको उपाधि जित्दै सिटीले कीर्तिमानी कायम गरेको छ।

कोशी, मधेश र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिममा ७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइप लाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताए।

‘यसपालि पतिंगर समेट्न सकिइएन, बर्खामा कसरी खाना पाक्ला?’

यसपालि वनमा पतझर झर्नेबित्तिकै डढेलो लागेकाले महोत्तरीको झुपर बस्तीका स्थानीयले पतिंगर सोहोर्न पाएनन्। बर्खामा खानेकुरा केले पकाउने भन्ने चिन्तामा उनीहरू पिरोलिएका छन्।

इरानका राष्ट्रपति चढेको हेलिकप्टरको ‘हार्ड ल्यान्डिङ’

इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टरको आइतबार दिउँसो ‘हार्ड ल्यान्डिङ’ भएको इरानी सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिनिधिसभामा गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसको विरोध, बैठक सोमबारसम्म स्थगित

गृहमन्त्रीको सम्बोधनलगत्तै कांग्रेसका सांसदले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि सभामुखले प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन्।

जसपा नेपालबाट अलग्गिएका सांसदलाई मतदानमा भाग लिन नदिन उपेन्द्रको रिट

जसपा, नेपालबाट अलग्गिएर छुट्टै पार्टी गठन गरेका सात सांसदलाई प्रधानमन्त्रीको विश्वास मतदान प्रक्रियामा सहभागी नगराउन माग गर्दै उपेन्द्र यादवले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्।

उदयपुरमा चट्याङबाट १ जनाको मृत्यु, हावाहुरीले करोडौँको क्षति

हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ।

नेप्से परिसूचक ४५.६९ अंकले बढ्दा पाँच अर्ब २५ करोडको बारोबार

आइतबार ३२३ कम्पनीको एक करोड २२ लाख ४० हजार ८०२ कित्ता शेयर ७४ हजार ९९१ पटक खरिदबिक्री हुँदा पाँच अर्ब २५ करोड १० लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित

दोस्रो पटक पनि तोकिएको समयमा बैठक बस्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

जंगलको जग्गा व्यक्तिका नाममा दर्ता, टीकापुर मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले जंगलको जग्गा व्यक्तिका नाममा पुर्‍याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख, जग्गाधनीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।

खडेरीले पानीका स्रोत सक्दा समस्यामा वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जले बजेट अभावका कारण ताल तलैयाको माटो, गेग्र्यानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ।

गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको छ।

ट्राफिक प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

गत शुक्रबार तारकेश्वर नगरपालिका–९ मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँमा घिमिरे मृत फेला परेका थिए । उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा १ हजार ६०० बढ्यो

शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

बिस्केकको परराष्ट्र मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।

बुटवलमा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा आइतबार बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको छ।

आईपीएल: चेन्नाईलाई हराउँदै बेंगलुरु प्लेअफमा

पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेंगलुरुले त्यसपछिका लगातार ६ खेल जित्दै प्लेअफमा स्थान बनाउन सफल भयो।