AnonymousUser

Logout

देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।

दलहरूबीच सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति

सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।  

९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।

अध्यागमन प्रशासनलाई व्यवस्थित बनाउन अधिकार प्रत्यायोजन

अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो।

बागमती प्रदेशमा संसदीय विशेषाधिकार समिति गठन

बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा, गुरुङ वा मगर किन छानिएनन्?’

‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। 

मकवानपुरमा कार दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको कार बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।

मुगुका किसान स्याउको बिरुवा उत्पादनमा आत्मनिर्भर, जिल्लाबाहिर बिक्री 

कोदो, कागुनो चिनो, जै, गहुँलगायत खेती गर्दा खानसमेत नपुग्ने भएपछि मुगुका स्थानीय स्याउ, ओखर जस्ता फलफूल खेतीमा लागेका छन्।

सर्पको उद्धारमा रमेका सुबोध, यसरी समात्छन् सर्प (तस्वीरहरू)

सुबोधले काठमाडौँमा पाइने प्राय सबै प्रजातिका सर्प उद्धार गरेका छन्। उद्धार गरिएका सर्प जिल्ला वन कार्यालय, निकुञ्जसँग समन्वय गर्दै सुरक्षित वासस्थानमा छाडिने गरेको छ।

चीनसँगको सीमा टिपतालामा नेपालतर्फबाट पहिलो पटक पुगे गाडी

पाँच हजार १०० मिटर उचाइमा रहेको चीनको सिमानामा शुक्रबार दिउँसो दुई एक्स्काभेटर र एक जना ट्याक्टर चालक पुगेका हुन्। ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिपताला भन्ज्याङको दूरी ८५ किमी छ।

गोरखामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

गोरखाको सिरानचोक गाउँपालिका–१ बिरौटास्थित चेपेखोला र गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदी नदीमा पौडी खेल्ने क्रममा शुक्रबार दुई जनाको मृत्यु भएको छ।

यस्तो रहनेछ शनिबारको मौसम

कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना छ। 

कोशी मन्त्रिपरिषद् १० सदस्यीय बन्यो, थपिए ५ मन्त्री र २ राज्यमन्त्री

एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री र एक राज्यमन्त्री थपिएसँग कोशी मन्त्रिपरिषद् १० सदस्यीय बनेको छ।

रफाहमा संयम हुन इजरायललाई १३ देशको आग्रह

अस्ट्रेलिया, यूके, क्यानडा, जापानसहित १३ देशले इजरायललाई रफाहमा ठूलो स्तरको आक्रमण नगर्न अपिल गरे‍का छन्।

मुग्लिन–पोखरा सडक: पूर्वी खण्डको थपियो १५५ दिन म्याद

निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद १५५ दिन थप भएको छ।