AnonymousUser

Logout

विरोध

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ

काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।

अवहेलना मुद्दामा बुढानीलकण्ठका मेयरसहित ४ जनालाई १ महिना कैदको आदेश

काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित चार जनालाई एक महिना कैदको आदेश दिएको छ। 

बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनीपछि लाखौँ मानिसलाई सारियो सुरक्षित स्थानमा

बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भेरीगंगामा ढुंगा–बालुवाको ठेक्का लगाउँदा भ्रष्टाचार, १० कर्मचारीसहित १३ जनाविरुद्ध मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का लगाउँदा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

देशको बेरुजु ११ खर्ब ८३ अर्ब पुग्यो

प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।

तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, ३ वटाको कारोबार शून्य

उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत, प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

सीमा नाकाको ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

कांग्रेसको विरोधबीच प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा बैठक प्रारम्भ हुने बित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए। 

तनहुँमा ४ वर्षपछि शुरू भयो रचना वाचन शृंखला

जिल्लाका फरक–फरक ठाउँमा पुगेर साहित्यकारले मुक्तक, कविता, गीत, हाइकु, गजललगायत रचना प्रस्तुत गर्ने गरेका छन्।

नारायणगढ–मुग्लिन सडकखण्डमा सुक्खा पहिरो खस्दा स्काभेटर चालकको मृत्यु

ढुंगासहित खसेको पहिरोले पुर्दा स्काभेटर चालक बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको छ। 

भारतको राजकोटमा आगलागी हुँदा २७ जनाको मृत्यु

आगो नियन्त्रणमा आएको र राहत तथा उद्धारको काम जारी रहेको प्रहरीले जनाएको छ। गेम जोनमा वेल्डिङको काम भइरहेका बेला आगलागी भएको जनाइएको छ।

एफए कपको उपाधि म्यानचेस्टर युनाइटेडलाई 

शनिबार राति भएको फाइनलमा युनाइटेडले चिरपरिचित प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई‌ २-१ ले हराउँदै उपाधि जितेको हो। 

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कार्यादेश टुंग्याउन शीर्ष नेताबीच आइतबार पुनः बैठक बस्ने

कार्यादेश टुंग्याउने विषयमा सहमति जुट्न नसकेपछि बैठक पुनः आइतबार बस्ने भएको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिए।

पौडी खेल्ने क्रममा तादीखोलामा डुबे‍र २ जनाको मृत्यु

नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ।

सामुदायिक भवनसहितको जग्गा व्यक्तिलाई बेचेको भन्दै स्थानीय आन्दोलित

सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा व्यक्तिलाई बिक्री गरिइएको पाइएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।