आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा बुधबारदेखि शुरू भएको छ।
कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको बुधबार बसेको बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक, २०८१’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ र ‘भन्सार महसुल विधेयक, २०८१’ बैठकमा पेस गरेका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका–मेक्सिको सीमामा शरण खोज्ने आप्रवासीलाई प्रतिबन्ध लगाउन मंगलबार आदेश जारी गरेका छन्।
अनलाइन, रेडियो, टेलिभिजन र छापा माध्यम विधाबाट चार जनालाई ‘वातावरण प्रवर्द्धन पत्रकारिता पुरस्कार, २०८०’ प्रदान गरिएको हो।
समग्रमा बजार घटे पनि म्युचुअल फन्डसँगै लघुवित्त, उत्पादन तथा प्रशोधन र फाइनान्स उपसमूह बढेका छन्।
राष्ट्रपतिले प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई नयाँ सरकार गठन नभएसम्म कार्यभार सम्हाल्नसमेत आग्रह गरेकी छन्।
यही जेठ १९ देखि आगामी असोज १९ सम्मको अवधिलाई मनसुनजन्य जोखिम हुने समय तय गरी गृह मन्त्रालयले विभिन्न तयारी थालेको छ।
भारतको निर्वाचन आयोगका अनुसार सत्तारूढ भारतीय जनता पार्टीले सबैभन्दा बढी २४० सिट जितेको छ। कांग्रेस ९९ सिटमा जित्दै दोस्रो ठूलो दल बनेको छ।
चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले मंगलबार बेलुका श्रीमती र तीन छोरीहरूलाई मट्टितेल छर्केर आगो लगाएपछि आफैँलाई पनि आगो लगाएका छन्।
बुधबारको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले तराई–मधेशमा हत्या, हिंसा र अपहरणका घटना दिनदिनै बढिरहेको भन्दै ती घटनाको छानबिन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।
दुर्घटनामा घाइते भएका सात जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उक्त जिपमा चालकसहित नौजना सवार थिए।
भाजपाले मात्रै २४० सिटमा जित हासिल गरेको छ। तर एक्लैले बहुमत ल्याउन भने सकेन। निर्वाचन परिणामले भारतमा भाजपाको लोकप्रियता घटेको देखाएको छ ।
सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार ७१२ बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ। अभियान जेठ २६ गतेसम्म सञ्चालन हुनेछ।
कोशी, बागमती, गण्डकी, मधेश, लुम्बीनी र कर्णालीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९.२ ओभरमा १०६ रन बनाउँदै आलआउट भयो। उक्त लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
प्रतिवेदन बुझ्दै मन्त्री शर्माले समितिले दिएका सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताइन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकसभा सदस्यमा वाराणसीबाट तेस्रो पटक निर्वाचित भएका छन्।
उदयपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
मौसम
लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौँ उपत्यकामा मंगलबार हावाहुरीसहित वर्षा भएको छ। हावाहुरीसहित भएको वर्षाले भिजिबिलिटी कम हुँदा केहीबेर उडान समेत प्रभावित भएको थियो। वर्षाले राजधानीवासीलाई राहत मिलेको छ।