सरकारले आगामी आर्थिक वर्षमा गाँजाखेतीलाई वैधानिकता दिने लक्ष्य लिएको छ।
मंगलबार संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्षको बजेटमार्फत पनि चालु आर्थिक वर्षको बजेटको आकार घटाइएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ।
अर्थमन्त्री वर्षमान पुनले संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुति शुरू गरेका छन्।
मन्त्रिपरिषद्को बैठकले बजेट पारितको निर्णय गरेको छ।
काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूस्थित भगवानपाउमा बा५ख १४७१ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले मंगलबार ४ बुँदे कार्यादेशमा सहमति गरेको हो।
बानेश्वरस्थित संसद् भवन परिसरमा बसेको कांग्रेस संसदीय दलको बैठकले सोमबार प्रमुख दलहरूबीच भएको सहमतिलाई अनुमोदन गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसद्मा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यकालीन खर्च संरचना पारित गरेको हो।
बजेट पारितका लागि बिहान ११ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक सर्दा बजेट भाषण पनि सरेको संसद् सचिवालयले जनाएको छ।
सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जंगलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ।
देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ। तीनै तहका सरकारले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै छन्।
अल्जेरियन मुक्तिवादी लडाकु लार्बे बेन म्हिदीलाई फ्रान्सेली ‘सेटलर’ले आतंकवादीको आरोपमा यातना दिँदा उनले भनेका थिए, ‘तिम्रा ट्यांक र विमान हामीलाई देऊ, हाम्रा बम र झोला तिमीलाई दिनेछौँ।’
अमेरिकाको ग्रान्ड प्रेरी स्टेडियम डलासमा सोमबार राति भएको पहिलो वार्मअप खेलमा नेपाल ६३ रनले पराजित भएको हो।
कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
अत्यधिक गर्मी र ‘लू’का कारण बालबालिकाको सिकाइ क्रियाकलाप तथा स्वास्थ्यमा असर परेको भन्दै चितवन, पर्सा र बर्दियाका स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गराएका छन्।
धनुषा जिल्ला अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
सर्वोच्च अदालतले गण्डकीमा ४८ घण्टाभित्र संविधानको धारा १६८ को उपधारा (३) बमोजिमको प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति गर्न आदेश दिएको छ।
झूटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।