AnonymousUser

Logout

‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा ‘रेमल’ चक्रवातको प्रभावबाट कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।

आन्तरिक छलफलपछि कांग्रेस नेताहरू बालुवाटारमा

कांग्रेस नेताहरू बुढानीलकण्ठमा आन्तरिक छलफलपछि सरकारीसम्बन्धी संसदीय छानबिन समिति गठनका सम्बन्धमा थप कुराकानी गर्न बालुवाटार पुगेका छन्।

यार्सा सिजन शुरू भएसँगै सुनसान भयो तातोपानी नाका

सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगेपछि तातोपानी नाका सुनसान भएको छ।

बांग्लादेशमा आँधीले १० जनाको मृत्यु, ३० हजार आवास पूर्ण रूपमा क्षतिग्रस्त

‘रेमाल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छाल ल्याएको थियो। 

सामान्य अंकले बढ्यो नेप्से परिसूचक

मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको शेयर मूल्यमा आइतबार सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

गृहमन्त्रीलाई निलम्बनको माग गर्दै सर्वोच्चमा रिट, प्रारम्भिक सुनुवाइ बुधबार

गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्नुपर्ने, उनीविरुद्ध मुद्दा छैन भनी महान्यायाधिवक्ताको कार्यालयले दिएको पत्र खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नयाँ सडक खुम्च्याउने काठमाडौँ महानगरको निर्णयविरुद्ध प्रदर्शन

नयाँ सडकलाई खुम्च्याएर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।

जलविद्युत् आयोजनाबाट २८ करोडभन्दा बढी ‘रोयल्टी’ असुल  गर्न बाँकी

रोयल्टी बक्यौताको ब्याज तथा हर्जना सम्बन्धमा कानूनी व्यवस्था गरी रोयल्टी रकम असुल  गर्नुपर्ने महालेखापरीक्षणको सुझाव छ। 

हरेक साल ३० करोड बालबालिका अनलाइन यौन शोषणको सिकारः रिपोर्ट

मे २७ मा प्रकाशित उक्त अनुसन्धानका अनुसार प्रत्येक आठौँ बालबालिका इन्टरनेटमा यौन शोषणको सिकार भएका छन्।

चार सवारीसाधन दुर्घटनाः मृत्यु हुनेको संख्या दुई पुग्यो

नारायणग–ढमुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।

गिरीबन्धु टी–इस्टेटबारे तत्कालीन भूमिसुधारमन्त्री मैनाली– ‘निर्णय मैले गरेको हुँ, मनमोहनलाई किन गाली?’

गिरीबन्धु टी–इस्टेटको ५१ बिघा जग्गा साटफेर गर्न २०५२ सालमा आफूले मन्त्रीस्तरको निर्णय गरेको भन्दै तत्कालीन भूमिसुधारमन्त्री राधाकृष्ण मैनालीले त्यसको दोष मनमोहन अधिकारीलाई दिन नमिल्ने बताएका छन्।

रुपन्देहीमा १० महिनामा बन्द भए २०७ उद्योग

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका अनुसार चालु आवको वैशाखसम्ममा त्यहाँका २०७ उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्।

झन्डै २ लाखमा परीक्षण गर्दा १ हजार ५ सय भन्दा बढीमा एचआईभी संक्रमण

नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।

रफाहमा इजरायली आक्रमणः शिविरमा बसेका प्यालेस्टिनी ज्युँदै जले 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।

मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा लुटपाट

गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो। 

चार करोड बराबरको कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।

तेस्रो पटक आईपीएल च्याम्पियन बन्यो कोलकाता, हैदरावाद ८ विकेटले पराजित

प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।