AnonymousUser

Logout

यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, मधेश र बागमतीमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

वर्षकै सबैभन्दा बढी गर्मी नेपालगन्जमा, तापक्रम ४४.२ डिग्री मापन

मौसमविद् गोविन्द झाले बिहीबार साँझ प्राप्त अभिलेखमा नेपालगन्जको तापक्रम ‘रेकर्ड’ यो वर्षकै सबैभन्दा बढी भएको बताए।

त्रिवि अस्पताल परिसरमा सञ्चालित २ फार्मेसीमा तालाबन्दी

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जको कम्पाउन्डभित्रै सञ्चालनमा रहेका दुई वटा निजी फार्मेसीमा ताला लगाएको छ।

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, दर्जनौँ घाइते

भारतको जम्मूमा तीर्थयात्री बोकेको बस बिहीबार दिउँसो दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन्।

तिलगंगा आँखा विश्वविद्यालयसम्बन्धी विधेयक संसद्‍मा पेस गर्न स्वीकृति

सरकारले तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ।

बाल कुपोषण र भोकमरी उन्मूलन गर्न ‘इनफ’ अभियान

इनफ अभियानले विद्यालय र समुदायका बालबालिकाका लागि पोषणयुक्त खाना र पूरक आहारमा पहुँचसहित केही प्रमुख क्षेत्रहरूलाई प्राथमिकता दिने बताइएको छ।

एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या कोषमार्फत समाधान गरिने

कानूनमन्त्री पदम गिरीले एसिड आक्रमण पीडितको क्षतिपूर्तिको समस्या क्षतिपूर्ति कोषबाट समाधान गर्ने बताएका छन्। 

लामिछानेको अमेरिकी भिसा आवेदन दोस्रो पटक अस्वीकृत

भिसाका लागि क्रिकेटर सन्दीप लामिछानेले दिएको आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ।

तारकेश्वरमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते घाइते

काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

चोरीको उद्देश्यले विष्णुमायाको हत्या, ५ आरोपित सार्वजनिक

बिर्तामोड नगरपालिका–४ कालिकानगरकी ६८ वर्षीया विष्णुमाया विष्टको हत्या आरोपमा पक्राउ परे‍का पाँच जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री पुग्यो

मनसुन नेपाल आइपुग्न अझै एक हप्ता लाग्ने भएकाले तापक्रम अझै बढ्ने मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ।

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, ४ अर्ब २१ करोडको कारोबार

नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

बिरालोलाई मानार्थ विद्यावारिधिको उपाधि

म्याक्स नाम गरेको बिरालोलाई उसले क्याम्पसमा देखाउने मैत्रीपूर्ण व्यवहारका लागि सम्मान गर्न लागिएको हो।

गर्मी बढेपछि कैलालीका विद्यालय बन्द

गर्मीले विद्यार्थी नियमित विद्यालयमा उपस्थित नहुने र बिरामी बढ्दै जान थालेकाले विद्यालय बन्द गर्नुपरेको टीकापुर प्याब्सनका अध्यक्ष मानबहादुर थापाले बताए।

कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै

सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएसँगै कोरोनाविरुद्धको थप खोप ल्याउने भएको छ।

संवैधानिक परिषद्सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पारित

परिषद्को अध्यक्ष र तत्काल बहाल रहेका सदस्य संख्याको ५० प्रतिशतबाट निर्णय गर्न सक्ने व्यवस्था समितिबाट पारित भएको छ।

गर्मी बढेपछि तुलसीपुरका विद्यालयमा ५ दिन बिदा

केही दिनदेखि निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको उपमहानगरले जनाएको छ।

हङकङमा १४ जना प्रजातन्त्र समर्थक कार्यकर्ता दोषी ठहर

दोषी ठहर भएका १४ जनामध्ये ४ जना पूर्व सांसद रहेका छन्। सबै जनालाई आजीवन कारावासको सजाय हुनसक्ने बताइएको छ।

विद्युत् उत्पादन बढ्न थाल्यो, भारततर्फ निर्यात शुरू

आन्तरिक माग पूरा गरी अतिरिक्त भएको एक हजारदेखि एक हजार २०० मेगावाट विद्युत् प्रतिस्पर्धी बजार र द्विपक्षीय सम्झौताबमोजिम निर्यात गर्ने लक्ष्य प्राधिकरणले राखेको छ।

प्रहरीको उमेर हदबारे अध्ययन गर्न कार्यदल गठन

गृहमन्त्री रवि लामिछानेले मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखाका प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा सात सदस्यीय कार्यदल गठन गरेका छन्।