सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार जेठ मसान्तसम्ममा देशको आन्तरिक ऋण ११ खर्ब ९२ अर्ब ४८ करोड र बाह्यतर्फ १२ खर्ब सात अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
युक्रेनको पक्ष लिएको र आर्थिक सहयोगसमेत पठाएको अभियोगमा अदालतले २७ वर्षीय शिक्षकलाई देशद्रोही ठहर गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिटरब्याजसम्बन्धी अझै एक हजार १९५ वटा उजुरी भने सम्बोधन हुन बाँकी छ।
संयुक्त राष्ट्र संघको महासभाबाट सन् २०१४ डिसेम्बर ११ मा योग दिवस मनाउने प्रस्ताव पारित भएपछि सन् २०१५ जुन २१ देखि यो दिवस मनाउन थालिएको हो।
मार्टको वरपर घना बस्ती भएकाले बस्ती जोगाउन वारुणयन्त्र प्रयोग गरिएको थियो तर मार्टमा भने पूर्ण रूपमा क्षति पुगेको छ।
पश्चिमी वायुको प्रभावका कारण मुलुकको पश्चिमी क्षेत्रमा मनसुन फैलिन समय लागिरहेको महाशाखाको भनाइ छ।
दिल्लीको राउज एभिन्यू अदालतले मदिरा घोटालासम्बन्धी मुद्दामा मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले आफूमाथि माओवादी केन्द्रले गरेको कारबाही गैरकानूनी भएको दाबी गर्दै कारबाहीको निर्णय कार्यान्वयन नगर्न आदेश माग गरेका छन्।
भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले सहकारी संस्थामा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि सबै तहका सहकारी नियमन एवं अनुगमन गर्न प्राधिकरण गठन गर्ने तयारी थालिएको बताएका छन्।
साउदी अरबमा अत्यधिक गर्मीका कारण एक हजारभन्दा बढी हजयात्रीको मृत्यु भएको छ। मृतकमध्ये करिब आधा हजका लागि आधिकारिक रूपमा नाम दर्ता नगराएका तीर्थयात्री रहेका छन्।
आफूलाई कामको जिम्मेवारी नदिएर तलब मात्र दिँदा आत्मसम्मानमा चोट पुगेको भन्दै ती कर्मचारी कानूनी लडाइँ लड्दै आएकी छन्।
प्राधिकरणले सन्धिखर्क–तम्घास करिब १६ किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइन र १३२ केभी तम्घास सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ।
फेवाताल किनारस्थित रत्नमन्दिर र हिमागृह बीचको क्षेत्रमा ६५ मिटर मापदण्डभित्रका संरचना नहटाउन माग गर्दै २२ जना स्थानीयले दर्ता गराएको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।
बिहीबार शेयर बजारमा दोहोरो अंकको गिरावट आए पनि अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको छ।
संखुवासभाको मकालु गाउँपालिका–३ स्थित इकुवा खोलाको पुल बगाउँदा भोटखोला गाउँपालिकासम्मको आवागमन ठप्प भएको छ।
इजरायलले श्रमिक अभावको समस्या सम्बोधन गर्न कृषि, उद्योग, होटल र रेस्टुरेन्टमा रोजगारीका लागि ९२ हजार विदेशी कामदारको कोटा स्वीकृत गरेको छ।
मृत्यु हुनेमा भारत, इजिप्ट, जोर्डन, इन्डोनेसिया, इरान, सेनेगल, ट्युनिसियालगायत देशका नागरिक छन्। भारतका मात्रै ६८ जना नागरिकको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिका–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रुवाहक बस ठोक्किँदा दुर्घटना भएको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर डाँका–चोरी मुद्दा दर्ता गरेको छ।
बेँसीशहर नगरपालिका– ६ खरखरेभिरमा ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हरेक वर्ष वर्षायाममा यो सडक पहिरोले अवरुद्ध हुने गरेको छ।