सन् २०२३ अप्रिलदेखि सुडानी शासक अब्देल फतह अल बुरहान नेतृत्वको सेना र उनका पूर्वसहयोगी मोहमद हमदान डग्लोको नेतृत्वमा रहेको आरएसएफबीच युद्ध चलिरहेको छ।
मस्तिष्कको क्यान्सरबाट पीडित रेग्मीको ६१ वर्षको उमेरमा बुधबार राति ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।
पहिरोले पर्यटकीय गाउँ घुन्सा हुँदै कञ्चनजंघा हिमाल जाने पदमार्ग र पदमार्गमा पर्ने घुन्सा खोलाको झलुंगे पुलसमेत बगाएको छ।
च्याम्पियन्स लिग र ला लिगा विजेता रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो।
कोशी र बागमतीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
मानव बेचबिखन तथा ओसारपसारको आरोपमा कास्कीमा एक विदेशी नागरिकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।
बेचन झाले भारतको बिहारमा आफ्नो मतदाता परिचयपत्र रहेकोबारे प्रहरी अनुसन्धानका क्रममा पनि स्वीकार गरेका छन्।
२७ वर्षीय सुभाष बोलखे सिड्नी शहरबाट १८ दिनदेखि परिवारसँग सम्पर्कविहीन छन्।
राहदानी विभाग र पेरिसस्थित नेपाली दूतावासको संयुक्त टोलीले लिस्बनमा राहदानीसम्बन्धी घुम्ती शिविर संचालन गरेको थियो।
प्रतिनिधिसभाबाट संक्रमणकालीन न्यायसम्बन्धी विधेयक बहुमतले पारित भएको छ।
अदालतको यो निर्णयले थाइल्यान्डमा राजनीतिक अनिश्चितताको डर थपिएको छ।
बागमती, विष्णुमती लगायतका नदीमा सफा पानी बगाउन अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका बारेमा राय लिने काम भएको छ।
बुधबार नेप्से परिसूचक १.१७ प्रतिशतले बढेर २ हजार ९५७.७५ को विन्दुमा कायम भएको छ।
जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका छन्।
कोर्बिन शुल्ट्जमाथि ४२ हजार अमेरिकी डलरमा अति संवेदनशील र गोप्य सूचना बेचेको आरोप छ। उनलाई जनवरी २०२५ मा सजाय सुनाइनेछ।
प्रहरीले तान्जेनियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तासोपोईलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
महासचिव गुटेर्रेसले महिला, युवा, अल्पसंख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशिताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गरेका छन्।
प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट राहतभन्दा बढी नोक्सानी भएको किसानले बताएका छन्।