AnonymousUser

Logout

असार तेस्रो साताको बाढीले कञ्चनपुरमा १ अर्ब ५० करोडको क्षति

भारी वर्षाबारे स्थलगत अध्ययन गर्न कञ्चनपुर आएको मौसमविद्को टोलीले ‘क्लाउड ब्रस्ट’का कारण मुसलधारे वर्षा भएको निष्कर्ष निकालेको थियो।

कोशी र बागमतीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना

दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

कैलालीमा डुबानबाट १९ घरपरिवार विस्थापित

डुबानको जोखिम अझै रहेको भन्दै सुरक्षित स्थानमा सर्न जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गरेको छ।

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकको प्रयोगमार्फत विकृति बढेको भन्दै तत्कालीन सरकारले गत कात्तिक २७ गते प्रतिबन्ध लगाएको थियो।

पोखरा विमानस्थल निर्माण गर्न लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्र

सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणार्थ लिइएको ऋण अनुदानमा परिणत गरिदिन चिनियाँ पक्षलाई पत्रमार्फत आग्रह गरेको छ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभाबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक बिनासंशोधन पारित भएको छ। 

साफ यू२० : बांग्लादेशलाई पराजित गर्दै नेपाल बन्यो समूह विजेता

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालको जितका लागि समिर तामाङ र निराजन धामीले समान १–१ गोल गरे।

प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले प्रहरी अधिकृतहरूलाई ३० वर्षे सेवाअवधिका आधारमा अवकाशमा नपठाउन अन्तरिम आदेश दिएको छ।

सदनमा प्रधानमन्त्रीको जवाफ– डेडिकेटेड र ट्रंकलाइनको बक्यौता एक रुपैयाँ पनि नछाडी उठाइन्छ

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले उद्योगमा बिजुली नकाटी डेडिकेटेड र ट्रंकलाइनको बक्यौता रकम एक रुपैयाँ पनि नछाडी उठाउने बताएका छन्।

मानव अधिकार उल्लंघनको समीक्षा गर्न यूएनको टोली बांग्लादेशमा

बांग्लादेशका अन्तरिम नेता मोहम्मद युनुसले संयुक्त राष्ट्रसंघका अनुसन्धानकर्तालाई आवश्यक सबै सहयोग आफ्नो प्रशासनले गर्ने बताए।

पर्वतमा १ वर्षमा ७ चितुवा मृत भेटिए

डिभिजन वन कार्यालय पर्वतका अनुसार एक वर्षको अवधिमा सात वटा चितुवा मृत अवस्थामा भेटिएका छन्।

उपसमितिले थाल्यो नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्र्याक’बारे छानबिन

नेपालगन्ज रंगशालामा निर्माण गरेको एक महिना नबित्दै ‘सेन्थेटिक ट्र्याक’ उप्किएको विषयमा अध्ययन गर्न गठित उपसमितिले काम थालेको छ।

नेप्से परिसूचकमा सामान्य वृद्धि, १९ अर्बको कारोबार

बिहीबारको कारोबारमा सात वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा एसबीएल डिवेन्चरमा नकारात्मक सर्किट लागेको छ।

नेपाल कानून व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक स्वीकृत

राष्ट्रियसभाले नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ स्वीकृत गरेको छ।

निरन्तरको सुक्खा पहिरोले इन्द्रावती नदी थुनिने त्रासमा तटीय क्षेत्रका बासिन्दा

इन्द्रावती नदीले तिपेनी प्राथमिक अस्पतालको भवन क्षेत्रको जमिन कटान गरिरहेको छ। डाँडाको माथिल्लो भाग खसे नदी थुनिन सक्ने र यसले ठूलो क्षति पुर्‍याउने भन्दै स्थानीय त्रसित छन्।

श्रीलंका जान नेपालसहित ३५ देशका नागरिकलाई भिसा नचाहिने

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ। पर्यटकलाई आकर्षण गर्नका लागि पनि यस्तो नियम लगाइएको हो। 

आन्ध्र प्रदेशको औषधि उद्योगमा विस्फोट, १७ जनाको मृत्यु

अनाकपल्लीको अच्यतापुरम्स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक औषधि कम्पनीमा बुधबार दिउँसो विस्फोट भएको थियो।  

बाढीका कारण भजनी नगरपालिकाको अधिकांश भूभाग डुबानमा

निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको छ। वर्षा नरोकिएकाले व्यवस्थापनमा समस्या भएको छ।

भैँसी गोठमा मृत भेटियो बाघ

गोठमा बाँधेको भैँसी घाइते र भैँसी नजिकै बाघ मृतअवस्थामा फेला परेको मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

पहिरोले गल्छी–रसुवागढी सडक अवरुद्ध

देवीघाटबाट महादेवफाँट हुँदै गल्छी आवतजावत गर्ने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आसपासमा वैकल्पिक सडक नहुँदा यातायातका साधन आवातजावत गर्न समस्या भएको छ।