AnonymousUser

Logout

‘जलवायुका विषयमा संवेदनशील हुन आवश्यक’

सरोकारवालाले जलवायु परिवर्तनले पारिरहेको असर न्यूनीकरणका विषयमा संवेदनशील भएर सबैले भूमिका खेल्नेपर्ने धारणा राखेका छन्।

बैंकिङ कसुर विधेयक अर्थ समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश

अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रतिनिधिसभामा पेश गरेका छन्।

जातीय झडपपछि मणिपुरमा कर्फ्यु

मणिपुरको स्थानीय सरकारले राजधानी इम्फाल र वरपरको उपत्यकामा अर्को आदेश नआउन्जेल पूर्ण कर्फ्युको घोषणा गरेको छ।

नेप्से परिसूचक घट्नेक्रम जारी, कारोबार ७ अर्बमा खुम्चियो

मंगलबार नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को विन्दुमा सीमित भएको छ।

भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सरकारको ध्यानाकर्षण

सांसदहरूले भूकम्पपीडितलाई अविलम्ब सहयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

मधेश प्रदेशमा ६ हजार हेक्टर वनक्षेत्र अतिक्रमित

वनका कर्मचारी तथा वनसँग सम्बन्धित सुरक्षा निकायको लापरबाही तथा कमीकमजोरीका कारण मधेश प्रदेशमा वन अतिक्रमण बढेको तथ्यांकमा उल्लेख छ।

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

वडाध्यक्ष दिलप्रसाद बोखिम विसं २०८० कात्तिक २४ गते वैदेशिक रोजगारीका लागि हङकङ गएका थिए।

इजरायली सेनाद्वारा गाजाको राहत शिविरमै आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

सोमबार राति गाजाको अल मवासी क्षेत्रमा भएको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको तथा ६० भन्दा धेरै घाइते भएका हमासद्वारा सञ्चालित प्रशासनले जनाएको छ।

गंगालाल हृदयरोग उपचार केन्द्रमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण

देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीको हरेक वर्ष मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण गर्ने सम्झौता भएको हो।

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गर्न आउनेलाई अण्डा उपहार

रूपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणदर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येकपटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम शुरूआत गरेको छ।

विज्ञापन प्रविधिलाई लिएर गुगलविरुद्ध मुद्दा, बेच्नुपर्ने हुनसक्छ केही हिस्सा

गुगलको सर्च इन्जिनलाई अवैध एकाधिकार घोषणा गरेको करिब एक महिनापछि यस कम्पनीले आफ्नो विज्ञापन प्रविधिको बारेमा अर्को मुद्दाको सामना गरिरहेको छ

यूईएफए नेसन्स लिगः फ्रान्सको पहिलो जित 

स्टार खेलाडी किलियन एम्बाप्पेलाई बेन्चमा राखे पनि फ्रान्सले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो।

मेलम्ची खानेपानी आयोजनासम्बन्धी भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर

अदालतले उक्त प्रकरणमा जोडिएका पूर्वसचिव भीम उपाध्यायसहित १० जनालाई सफाइ दिएको छ।

विश्वकप लिग २ को त्रिदेशीय शृंखलाका लागि नेपाली टोली घोषणा

क्यानडामा हुने विश्वकप लिग दुई अन्तर्गतको त्रिदेशीय शृंखलाका लागि नेपाली टोलीको घोषणा भएको छ।

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ।

सत्तारुढ दलहरूले संविधान संशोधनको स्वीकार्यता बढाउन छलफल चलाउने

बैठकले जनतामा व्याप्त निराशालाई आशामा जगाउने उद्देश्यसाथ सरकारका कामलाई गति दिने विषयमा छलफल भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले बताए। 

कोरोना बीमाको रकम माग गर्दै परेको रिटमा कारण देखाऊ आदेश

कोरोना बीमाको रकम माग गर्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। 

प्रतिनिधिसभाबाट पारित भयो नेपाल विश्वविद्यालय विधेयक

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक संघीय संसद्मा पेश गरेको थियो।

पहिरोले काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध

पहिरो खस्दा काठमाडौँ–मुग्लिङ सडकखण्ड अवरुद्ध भएको छ। 

भियतनाममा यागी चक्रवातबाट ५९ जनाको मृत्यु, ३० लाख मानिस बिजुलीविहीन

चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले बस्तीहरूमा क्षति पुर्‍याउनुका साथै पुल तथा सवारीसाधनसमेत बगाएको छ।