AnonymousUser

Logout

सवारीसाधन दुर्घटनाको दिगो नियन्त्रणका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

विश्वबैंकको अध्ययनअनुसार नेपालमा सवारीसाधन दुर्घटनाका कारण कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब ३ प्रतिशत बराबरको वार्षिक क्षति हुने गरेको छ।

हाइटीमा ट्यांकर विस्फोट: २४ जनाको मृत्यु

उद्धारकर्ताले विस्फोटस्थल नजिकै जलेका थप आठ शव फेला पारेपछि मृतकको संख्या २४ पुगेको हो। यसअघि १६ जनाको मृत्यु भएको जनाइएको थियो। 

१ लाख ५६ हजार ८०० पुग्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ५६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन एक लाख ५६ हजार ८०० निर्धारण भएको छ।

कुपण्डोलमा भासिएको सडक मर्मतपछि सवारी सञ्चालन

मर्मतपछि भासिएको सडकमा सवारीसाधन सञ्चालन गर्न मिले पनि तत्काल  सडक कालोपत्र गर्न नमिल्ने सडक डिभिजन कार्यालयले जनाएको छ।

तेल बोकेको ट्रक त्रिशूली नदी किनारमा खस्यो 

भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ।

ताप्लेजुङको ल्होनाक केन्द्रबिन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति १२: ८ बजे ४.६ म्याग्निच्युडको भूकम्प भएको हो।

चेल्सीको जितमा १४ पहेँलो कार्डको कीर्तिमान

यस खेलमा रेफ्री एन्थोनी टेलरले १४ पहेँलो कार्ड देखाएका थिए। यी पहेँलो कार्डमध्ये ८ चेल्सी र ६ बर्नमाउथका नाममा रह्यो।

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुने

कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा भारी वर्षा हुनेछ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा हावाहुरीसमेत चल्ने  विभागले जनाएको छ। 

जापानिज इन्सेफ्लाइटिस‍्बाट १४ जनाको मृत्यु

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिको परीक्षणका क्रममा अहिलेसम्म ६१ जनालाई जापानिज इन्सेफ्लाइटिस‍्को संक्रमण देखिएको छ।

योगी र बिसीको ‘साहिँला दाइ’ सार्वजनिक

सञ्चारकर्मी तथा गीतकार शिवराज योगीले भीम बिसीसँगको सहकार्यमा ‘साहिँला दाइ’ बोलको गीत सार्वजनिक गरेका छन्।

पहिरोले अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सुचारु

अविरल वर्षासँगै खसेको पहिरोले दुई दिनदेखि अवरुद्ध केआईसिंह राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

इजरायली आक्रमणबाट गाजामा एकै परिवारका ११ जनाको मृत्यु

गाजाको नागरिक सुरक्षा विभागले गाजाको एक घरमा भएको इजरायली हवाई आक्रमणमा चार बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ।

नेपाल प्रिमियर लिग : ८ टिमले छाने ‘मार्की प्लेयर’ 

नेपाल प्रिमियर लिगमा सहभागी आठ टिमले ‘मार्की प्लेयर’ छनोट गरेका छन्।

बागलुङमा घर भत्काउने क्रममा च्यापिएर १ जनाको मृत्यु, ११ घाइते

बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

सुदूरपश्चिम सरकारले बजेट सोमबार सार्वजनिक गर्ने

प्रदेश सरकार बजेटविहीन हुँदा कर्मचारीको तलब, भत्ता, सञ्चालन खर्चलगायत शीर्षकमा दुई महिनादेखि भुक्तानीको समस्या भइरहेको छ।

ललितपुरको कुपण्डोलमा सडक भासियो (तस्वीरहरू)

ललितपुरको कुपण्डोलस्थित मुख्य सडक भासिँदा सवारी आवागमन प्रभावित भएको छ।

दाउरा संकलनका क्रममा महाकालीमा बगेर १ जनाको मृत्यु, १ बेपत्ता

दाउरा संकलनका क्रममा महाकाली नदीमा बगेका दुई किशोरमध्ये एकको मृत्यु भएको छ भने अर्का किशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ।

विद्यालयको आफ्नै छात्रावास, जग्गा भाडामा लिएर तरकारी खेती

छात्रावासका लागि आवश्यक पर्ने तरकारी विद्यालय आफैले उत्पादन गर्न थालेको छ। कक्षा चार देखि १० सम्मका ८५ जना विद्यार्थीलाई छात्रावासमा बसोबासको व्यवस्था मिलाइएको छ। 

म्यानमारमा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायता आह्वान

म्यानमार, भियतनाम, लाओस र थाइल्यान्डमा विनाशकारी चक्रवात ‘यागी’सँगै आएको भारी वर्षाले निम्त्याएको बाढी पहिरोले करिब ३०० जनाको ज्यान लिएको छ। 

ठेकेदारको लापरबाहीले बनेन धुलिखेल–खावा सडक 

निर्माण कम्पनीको लापरबाहीले यहाँका स्थानीय बषौँदेखि धुलो र हिलो झेल्न बाध्य भएका छन्। सम्बन्धित निकायले समयमा पूरा गर्नेतर्फ चासो दिएका छैनन्।