AnonymousUser

Logout

नेप्से परिसूचक ५८.९३ अंकले घटेर २४७० को विन्दुमा, ५ अर्ब ६८ करोडको शेयर कारोबार

मंगलबार नेप्से परिसूचक ५८.९३ अंक अर्थात् २.३३ प्रतिशतले घटेर २४७०.३९ को विन्दुमा सीमित भएको छ। 

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा ४ जना पक्राउ

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

यौनहिंसाका आरोपित र अदालतलाई अटेरी गर्ने पनि राजदूतमा अनुमोदित

यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।

एसियन करातेमा ऐतिहासिक रजत पदक जित्दै स्वदेश फर्किइन् एरिका

सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छन्।

सुनको मूल्य हालसम्मकै उच्च

लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै नयाँ कीर्तिमान कायम भएको छ।

त्रिविमा २०५८ यता भर्ना भएकाहरूले मौका परीक्षा दिन पाउने

त्रिविबाट सञ्चालन हुने जुनसुकै परीक्षामा एआईको प्रयोग गरेको भेटिए त्यस्ता विद्यार्थीको परीक्षा नै रद्द गरिने पनि त्रिविले जनाएको छ।

विश्वकप लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा 

नेपालले सिरिजमा कम्तीमा ६ अंक जोड्ने लक्ष्य राखेको भए पनि खराब प्रदर्शन गरेपछि नेपालका लागि सिरिजमा जितविहीन हुने खतरा बढेको छ। 

लेबनानमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको संख्या ४९२ पुग्यो

लेबनानमा हिजबुल्लाहलाई लक्षित गरी भएका इजरायली हवाई आक्रमणमा ४९२ जनाको मृत्यु भएको छ।

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु भएको बताएका छन्।

ढल्केबर–सीतामढी प्रसारण लाइनको टुंगियो जग्गा विवाद

जग्गासम्बन्धी विवाद टुंगिएसँग ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढ्ने भएको छ।

मेलम्चीको भ्रष्टाचारमा दोषी ठहर भएकाहरूलाई ८ वर्ष कैद सजाय

विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्रकुमार ठाकुरसहित चार जनालाई आठ वर्ष कैद सजाय निर्धारण गरेको छ।

साफ यु१७ : सुजनको ह्याट्रिकमा श्रीलंकामाथि नेपालको जित

साफ यु१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई ४–० गोल अन्तरले पराजित गरेको छ।

छविलाल जोशीलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राखे अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।

दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा सुनुवाइ समितिको बैठक निष्कर्षविहीन

श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन या अस्वीकृत गर्न आवश्यक पर्ने दुई तिहाइ सदस्यको उपस्थिति नपुग्दा संसदीय सुनुवाइ समितिको बैठक निष्कर्षविहीन हुन पुगेको छ।

नेप्से परिसूचक ५९ अंकले घटेर २५२९ को विन्दुमा

सोमबार नेप्से परिसूचक ५९.०२ अंकले घटेर २५२९.३३ को विन्दुमा सीमित भएको छ भने पाँच अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

उच्च गर्मीपछि महोत्तरीको मनराशिशवाका विद्यालयमा ६ दिन बिदा

बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै ६ दिनका लागि बिदा दिने निर्णय गरिएको मनराशिशवाका प्रमुख प्रशासकीय अधिकृत राजेशकुमार शर्माले जानकारी दिए।

शुक्रराज अस्पतालमा सरुवा रोगका बिरामीको चाप बढ्यो

अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले एक हप्तायता बढेको बिरामीको चापका कारण अस्पतालमा शय्याको अभाव हुन थालेको बताए।

लेबनानी नागरिकलाई हिजबुल्लाहको क्षेत्रबाट ‘टाढा रहन’ इजरायली सेनाको आग्रह

 इजरायलले इरान समर्थित हिजबुल्लाह समूहविरुद्ध थप ‘व्यापक र सटिक’ आक्रमण गर्ने जनाएको छ।

ईपीएल: म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिंघमले खेले बराबरी

गएराति भएका खेलमा सिटी र आर्सनल तथा ब्राइटन र नटिंघम फरेस्टले समान २/२ गोल गर्दै चार वटै टिमले बराबरी खेले।