पहिलो चरणमा प्राप्त डीएपी मल बिक्री भइसकेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरका निमित्त प्रमुख वेचनकुमार साहले जानकारी दिए।
विलियम बोसिस्टोको कीर्तिमानी प्रदर्शनमा एनपीलमा कर्णाली याक्सले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको छ।
तराई भेगका अधिकांश विमानस्थलमा बाक्लो हुस्सु लागेका कारण उड्डयन क्षेत्र प्रभावित भएको छ।
मंगलबार नेप्से परिसूचक ६.३२ अंकले घटेर २६६९.८२ को विन्दुमा सीमित भएको छ भने चार अर्ब ४१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
एनपीएलमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई १०४ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
विलोको सहायतामा क्वान्टम कम्प्युटर यति शक्तिशाली हुनेछन् कि सुपर कम्प्युटरले खर्बौं वर्ष लगाएर गर्ने काम क्षणभरमै गर्न सक्नेछन्।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन मात्र जोड्न सक्यो।
मंसिर अन्तिम साताको प्रारम्भसँगै मौसम चिसिँदै गएपछि मधेशको जनजीवन कष्टकर बन्दै गएको छ।
जनताको करमा पालिएको संस्थाले निजी सम्पत्ति भाडामा लगाउने प्रवृत्तिमाथि गम्भीर प्रश्न चिह्न खडा भएको छ। विभिन्न संघ–संस्थाले दुवै डचीहरूको पूर्ण र पारदर्शी समीक्षाका लागि आह्वान गरेका छन्।
त्रिवि मैदानमा टस जितेको चितवनले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ६ विकेटको क्षतिमा १६७ रन जोड्यो।
बाराको गढीमाई दर्शन गरेर फर्किँदै गरेका दर्शनार्थी बोकेको स्कर्पियो चन्द्रपुर–४ धन्सारपुल नजिक जंगलमा मंगलबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ।
यू१९ महिला एसिया कपमा भारत र पाकिस्तानसँगै नेपाल समूह ‘बी’मा रहेको छ। नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग पुस १ र भारतसँग पुस २ गते खेल्नेछ।
मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएकामा सोमबारदेखि उक्त अवरोध हटेको हो।
हरेक बर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ। दिवसको यस वर्षको नारा ‘हाम्रो अधिकार, हाम्रो भविष्य र अहिले’ रहेको छ।
दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।
धौलागिरि गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बञ्चरेडाँडा जंगलमा भेटिएको संकटापन्न रेडपाण्डा जोगाउन समुदायलाई नै थप सक्रिय बनाइने बताएका छन्।
काठमाडौँसहित सात जिल्लामा भएका आगलागीका घटनामा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।
अधिकारकर्मीले संक्रमणकालीन न्याय आयोगका अध्यक्षको श्रेष्ठसूचीप्रति द्वन्द्वपीडितले आपत्ति जनाइसको अवस्थामा उनीहरूको नेतृत्वमा गठन हुने आयोग पनि विश्वसनीय नहुने भन्दै सूची सच्याउन माग गरेका छन्।
कुनै बेला प्रतिकिलो ६०० रुपैयाँभन्दा माथि कारोबार भएको किवी हाल बिक्नसमेत समस्या भइरहेको किसानहरूको भनाइ छ। उनीहरूले किवीका बोट उखेलेर अलैँची लगाउने तयारी गरेका छन्।
अख्तियारले उमेर ढाँटी लाभ लिएको आरोपमा बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।