संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारी छनोटका लागि तय आधार तथा मापदण्डबारे जानकारी माग गर्दै द्वन्द्वपीडितले निवेदन दिएका छन्।
अख्तियारले झूट्टा शैक्षिक प्रमाणपत्र पेश गरेर राष्ट्रसेवकको पदमा प्रवेश गरी लाभ लिएको आरोपमा तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठमाडौँ गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी लायन्स एनपीएलको लिग चरणबाट बाहिरिएको छ।
तेहरानमा वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
पाटनबाट सन् ७० र ८० को दशकमा चोरिएका बौद्ध सम्पदा फ्रान्स र अस्ट्रेलियामा भेटिएका छन्।
नेप्से परिसूचक ४५.८८ अंक अर्थात् १.७१ प्रतिशतले बढेर २७१५.७१ को विन्दुमा उक्लिएको छ भने पाँच अर्बभन्दा माथिको शेयर कारोबार भएको छ।
दक्षिण कोरियाको प्रहरीको विशेष अनुसन्धान एकाइले बुधबार राष्ट्रपति कार्यालय, राष्ट्रिय प्रहरी निकाय, सियोल महानगर प्रहरी कार्यालय र राष्ट्रियसभा सुरक्षा सेवामा छापा मारेको जनाएको छ।
एनपीएलमा बुधबारको दोस्रो खेलमा काठमाडौँले लुम्बिनीलाई १०४ रनको सामान्य लक्ष्य दिएको छ।
बिहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायल आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो।
सुदूरपश्चिमले दिएको १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर १२.१ ओभरमा अल आउट हुँदै ५१ रनमा समेटियो।
असम्बन्धित व्यक्तिले अनेक सूचना मागेर सरकारका कामलाई अल्मल्याउने प्रवृत्तिलाई प्रोत्साहन गर्न नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन बनाएको हो।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले पदभार सम्हालेपछि रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताइरहेको बेला अमेरिकाले युक्रेनलाई यो सहयोग गरेको हो।
एनपीएल अंक तालिकामा अपराजित जनकपुर चार खेलमा ८ अंकसहित शीर्ष स्थानमा छ भने सुदूरपश्चिम चार खेलमा एक हारसँगै ६ अंकका साथ दोस्रो स्थानमा छ।
तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ।
प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकसहित तीन जनाबाट भन्सार छलीको गाडी र स्रोत नखुलेको १४ लाख ६० हजार रुपैयाँ बरामद भएको जनाएको छ।
दुई दिनको हिमपात भएपछि सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर मंगलबार हवाई सेवा सञ्चालनमा आएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बीआरआई सहकार्यको फ्रेमवर्क सम्झौता परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ।
सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा रास्वपाका सांसदसहित केन्द्रीय पदाधिकारीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ।