साथीभाइबीचको विवादपछि आवेग आई घरमै बनेको बन्दुक प्रयोग गरी गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
सप्तरीको बोदेबरसाइन नगरपालिकामा भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
एनपीलमा आइतबारको दोस्रो खेलमा पोखरालाई ५ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा स्थान बनाएको छ।
योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ। नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पूजा आराधना गरेर योमरी पुन्हि मनाउँछन्।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंकका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन्।
विराटनगरले दिएको ११८ रनको लक्ष्य काठमाडाैँले १८.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो।
यसबाहेक एबीसीले ट्रम्पको कानूनी शुल्कका लागि थप १० लाख डलर पनि दिनेछ। ट्रम्पले राष्ट्रपति चुनाव जितेपछि धेरै मुद्दामा अदालतबाट राहत पाएका छन्।
जनकपुरले प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सुदूरपश्चिम, काठमाडौँ, कर्णाली र चितवनमध्ये ३ टोली प्लेअफमा पुग्नेछन्।
मार्गशीर्ष शुक्ल पूर्णिमा पर्वविशेष दिन हो। आज देशका विभिन्न भागमा संस्कृतिअनुसारका पर्वहरू मनाइँदैछन्।
काठमाडौँ उपत्यकामा शनिबार बिहानको तुलनामा आज चिसो केही घटेको छ।
दुर्घटनामा परी घाइते भएका आठ जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका अनुसार मधेश प्रदेशमा धनुषाबाट सबैभन्दा बढी उजुरी परेको छ।
समूहलाई झापा, मोरङ र सुनसरीका समारोहमा सँगिनी प्रस्तुत गर्न निमन्त्रणा आउन थालेको छ। समूहकी सचिव यशोदा पोख्रेल समूहले गरेको कार्यको सबै क्षेत्रबाट प्रशंसा र सहयोग प्राप्त भइरहेको बताउँछिन्।
मधेश प्रदेशका पर्यटकीय गन्तव्यमा शान्तिसुरक्षाको सुव्यवस्था मिलाउन पर्यटक प्रहरी थपिने भएका छन्।
एनपीएलको शनिबारको दोस्रो खेलमा जनकपुरलाई पराजित गरेसँगै चितवनको प्लेअफमा पुग्ने सम्भावना बढेको छ।
एघार वटा रोगविरुद्धका खोपहरू शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपीभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ।
राष्ट्रपति युनविरुद्ध महाभियोग प्रस्ताव पारित भएपछि हजारौँ दक्षिण कोरियाली जनता सडकमा उत्रिएर खुशियाली मनाएका छन्।
मुस्ताङमा यस वर्ष ७३१ मेट्रिक्टन उत्पादन भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। यहाँ स्थानीय कुफ्रिज्योति जातको आलुखेती हुन्छ।
लोकेन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा भएका विकृतिमाथि गरेको खोजमूलक रिपोर्टिङका लागि उक्त पुरस्कार पाएका हुन्।
घरायसी बजेटको १० प्रतिशतभन्दा बढी औषधि र अन्य स्वास्थ्य सेवामा खर्च गर्नेको संख्या वार्षिक २५ लाखले बढेको जनाइएको छ।