AnonymousUser

Logout

यूएईमा अत्यधिक गर्मी, तापक्रम ५१.६ डिग्री सेल्सियस पुग्यो

यूएईमा शनिबार ५१.५ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। यो मरुभूमि राष्ट्र विश्वको सबैभन्दा तातो क्षेत्रहरूमध्ये एक हो भने जलवायु परिवर्तनका लागि संवेदनशील मानिन्छ।

ललितपुरमा बसको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

ललितपुरमा शनिबार बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

डोल्पामा यार्सा संकलन गर्ने समूहबीच झडप, नियन्त्रणमा लिन हवाई फायर

डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न पुगेका दुई समूहबीच झडप भएको छ।

सरकारले १० महिनामा ४ खर्ब ऋण उठाउँदा ३ खर्ब ८ अर्ब साँवाब्याज भुक्तानी

चालु आर्थिक वर्षको शुरूमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रहेकामा पछिल्लो १० महिनामा एक खर्ब ८८ अर्ब थप वृद्धि भई कुल ऋण दायित्व २६ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ।

अमेरिकामा निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित स्यान डिएगोमा बाक्लो कुहिरोका बीच आपत्कालीन अवतरणका क्रममा सानो निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु भएको छ।

छुवाछूतका घटनामा १४ वर्षयता १७ जनाले गुमाए ज्यान

दलित समुदायमाथि भइरहेको जातीय भेदभाव तथा छुवाछूतलाई पूर्ण रूपमा अन्त्य गर्न ऐनको व्यावहारिक रूपमै प्रभावकारी कार्यान्वयन गर्नुपर्ने दलित अधिकारकर्मी बताउँछन्।

राहत सामग्री लुटिएपछि गाजामा गहिरिँदै मानवीय संकट

राहत बोकेका ट्रक गाजाको दक्षिणी भागमा लुटिएका हुन्। करिब ४०० ट्रकमध्ये ११५ ट्रक मात्र गाजामा पुग्न सकेका छन्। 

काठमाडौँका सडकमा बल्नै छाडे ट्राफिक लाइट, मर्मतमा बेवास्ता

लाइट हुँदा चालकहरूले ट्राफिक नियम पालना गर्न सजिलो हुन्छ । तर नभएको अवस्थामा चोकमा प्रहरीले उभिएर हातको इशाराले ट्राफिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । 

वर्षाका कारण कान्तिलोकपथ सडक अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको माटो वर्षासँगै आएको बाढीले बढाएपछि सडक अवरुद्ध भएको छ।

देशभर चट्याङसहित वर्षाको सम्भावना

दिउँसो सातै प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

रवि र छविलाई थुनामै राख्ने आदेश सदर गर्दा सर्वोच्चले लिएका आधार

फैसलामा दुवै प्रतिवादीको कम्पनी व्यवस्थापन, आर्थिक कारोबारमा प्रत्यक्ष संलग्नता र सहकारीबाट रकम प्रवाहमा भूमिका देखिएको भन्दै उनीहरू कसुरदार रहेनछन् भनी तत्काल विश्वास गर्न नसकिने उल्लेख छ।

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न अस्वीकार गरेसँगै पूर्वगृहमन्त्री रवि लामिछाने थुनामै रहने भएका छन्।

तीनकुने घटनामा १०८ जनालाई मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

तीनकुने घटनामा झन्डै दुई महिनाको अनुसन्धानपछि प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको छ।

प्रहरीले छुट्याएको प्रमुख १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा

प्रहरीले छुट्याएको मुख्य १० अपराधमा बैंकिङ कसुर पहिलो स्थानमा परेको छ भने यसमा मात्रै ११ हजार ४८ मुद्दा दर्ता रहेका छन्।

यसपटक पानीसँगै डेंगी संक्रमणको जोखिम पनि बढ्ने

यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम पनि बढ्ने इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

समयसीमासहित ‘अर्थतन्त्र सुधार कार्यान्वयन कार्ययोजना’ जारी

सरकारले हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलाई गाभेर सरकारको स्वामित्वमा केही हिस्सा मात्र राखी बाँकी शेयर निजी क्षेत्रलाई बिक्री गर्ने काम पनि आगामी एक वर्षभित्र गरिसक्ने गरी कार्ययोजना बनाएको छ।

रुसको एक अपार्टमेन्टमा आगलागी हुँदा पाँच जनाको मृत्यु

प्रारम्भिक अनुसन्धानले घरेलु उपकरणमा विद्युत् चुहावट भई आगलागी भएको देखाएको छ। १७ जनालाई उद्धार गरी सुरक्षितस्थलमा लगिएको छ।

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने कार्ययोजना स्वीकृत

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चुडामणि पौडेल संयोजक रहेको तीन सदस्यीय समितिले खनाल आयोगको सुझावलाई कार्यान्वयन गर्न ४०८ वटा कार्ययोजना तयार गरेको छ।

तोलामा १ हजार १०० रुपैयाँले घट्यो सुनको मूल्य 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको छ।

विदेशी विद्यार्थी भर्ना लिन हार्वर्डलाई ट्रम्प प्रशासनको बन्देज

हार्वर्डले अब विदेशी विद्यार्थी भर्ना गर्न पाउने छैन र त्यहाँ रहेका विदेशी विद्यार्थी पनि अन्यत्रै ‘ट्रान्सफर’ हुनुपर्नेछ, अन्यथा उनीहरूले आफ्नो कानूनी हैसियत गुमाउनु पर्नेछ।