AnonymousUser

Logout

लगानी बोर्डबाट ५७ अर्ब ६४ करोडको मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ। 

पतञ्जलि जग्गा हिनामिना प्रकरण : अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित को–कोलाई बनायो प्रतिवादी?

आयोगले पतञ्जलिको जग्गा प्रकरणलाई ४ मुख्य कसुरजन्य कार्यमा विभाजन गरी विश्लेषण गरेको छ। जसमा मालपोत, गुठी, भूमिसुधार मन्त्रालयका कर्मचारीदेखि तत्कालीन प्रधानमन्त्रीसम्म संलग्न रहेको आयोगको दाबी छ।

सुदूरपश्चिममा किट अभावले कोभिड परीक्षण प्रभावित

भारतमा कोभिड संक्रमण बढिरहेकाले खुला सिमानाकाका कारण सुदूरपश्चिममा पनि संक्रमणको जोखिम बढेको छ। बुधबार गौरीफन्टा नाकामा भारतबाट आएका ३६ जनामा कोभिड परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको थियो।

सामान्य अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम भने बढ्यो

बिहीबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २,६४०.९६ को विन्दुमा कायम भएको छ।

काभ्रेका बाढीपहिरोलाई अस्थायी आवास बनाउन बल्ल पहिलो किस्ता

घटनाको करिब सात महिनापछि प्राधिकरणमार्फत प्रभावितलाई उपलब्ध गराउन पहिलो किस्ताबापतको राहत रकम काभ्रे आइपुगेको हो। 

पतञ्जलि जग्गा हिनामिना प्रकरण: पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, तत्कालीन कानूनमन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तलगायत विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बालाजु पौडीपोखरी १० वर्षपछि सर्वसाधारणका लागि खुला

२०७२ सालको भूकम्पले पोखरीको संरचना चर्किएपछि पानी चुहिन थालेको थियो। काठमाडौँ महानगरपालिकाले मर्मत गरेर पोखरी खुला गरेको हो।

‘पीडितको विश्वास गुमाएको प्रक्रियाबाट संक्रमणकालीन न्यायले निकास पाउन सक्दैन’

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा हालै गरिएको नियुक्ति विश्वसनीयता आर्जन गर्न विफल भएको २४ मानव अधिकारवादी संस्थाको ठहर छ।

झापामा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु

दमकबाट केर्खातर्फ जाँदै गरेको बस र विपरीत दिशाबाट आइरहेको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो।

विश्व वातावरण दिवस मनाइँदै

हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहोर उत्पादन हुने गरेको छ। उत्पादित त्यस्तो फोहोरमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने गरेको छ।

नेपालसँग नेदरल्यान्ड्स ५ विकेटले पराजित 

नेपालको जितमा आरिफ शेखले सर्वाधिक ७८ रनको योगदान दिए। उनले ९९ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

आरसीबीको जितको उत्सवमा भागदौड हुँदा ११ जनाको मृत्यु

भारतको बैंगलोरस्थित चिन्नास्वामी रंगशाला बाहिर भागदौड हुँदा ११ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा धेरै घाइते भएका छन्।

भारतबाट फर्केका ३ जनामा कोरोना पुष्टि

भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ।

अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चद्वारा उत्प्रेषणको आदेश जारी

संवैधानिक इजलासमा हेर्दाहेर्दैमा रहेको मुद्दामाथिको सुनुवाइ आज सकिएसँगै आदेश आएको हो। यस आदेशसँगै सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ।

आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

मंगलबार पनि प्रतिपक्षी दलहरूले आफ्नो अडान कायमै राखेपछि बैठक आजका लागि सरेको थियो।

दोहोरो अंकले घट्यो शेयरबजार

आज नेप्से परिसूचक ११.९७ अंकले घटेर दुई हजार ६४६.९५ को विन्दुमा कायम भएको हो।

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपतिको प्रतिबद्धता– उत्तर कोरियासँगको ‘घाउ निको पार्ने’

मध्यावधि निर्वाचनमा ली जे–म्युङले पूर्व राष्ट्रपति युन सुक योलको पूर्वपार्टी कन्जरभेटिभ पार्टीका नेता किम मुन–सोलाई पराजित गर्दै विजयी भएका हुन्।

अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया र दक्षिण कोरिया पठाइदिने भन्दै लाखाैँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासंघको ७ बुँदे सुझाव प्रस्तुत

लगानी वृद्धि र पर्यटन आकर्षणका लागि सन् २०२६ देखि २०३० सम्मलाई निर्यात वर्ष घोषणा गरी सरकार र निजी क्षेत्रको सहकार्य बढाउन आग्रह गरिएको छ।

जापानमा जन्मदर घट्दो, गत वर्ष ७ लाखभन्दा कम शिशुको जन्म

जापानले सन् २०२४ मा ६ लाख ८६ हजार ६१ नवजात शिशुलाई स्वागत गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ४१ हजार २२७ ले कम हो।