हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको मर्स्याङ्दी जलविद्युत् केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताए।
‘नदीसँगै हामी’ परियोजनाअन्तर्गत नारायणीको देवघाटधामदेखि गोलाघाटसम्मका आठ स्थानमा गरेको एक अध्ययनमा अन्य फोहोरको तुलनामा प्लास्टिकजन्य फोहोर बढी भेटिएको छ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले तिलगाउँमा पहिरो जानुको कारणबारे अध्ययन गर्न टोली गठन गर्ने निर्णय भएको पनि बताए।
मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम रहेकाले अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ।
बाढीपहिरोका कारण खानेपानीका पाइप र मुहानमा क्षति पुग्दा स्थानीय खोलाको दूषित पानी पिउन बाध्य भएको नाम्खा–६ का वडाध्यक्ष पाल्जोर तामाङको भनाइ छ।
सोमबार नेप्से परिसूचक १९.३० अंक बढेर २६२८.३६ विन्दुमा कायम भएको छ।
अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सांसदले हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका बासिन्दाको तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
गाजा पट्टीमा ‘आधारभूत खाद्यान्न वितरण’ पुनः शुरू गर्न अनुमति दिइएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाली महिला टोलीले यूएईलाई पाँच विकेटले पराजित गर्दै टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाएको हो।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ साम्बाचोक नामकरण र स्तम्भ निमार्ण गरिएको हो।
सुन आज तोलाको १ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रजिअ पाण्डेयले भने 'अब फेरि बाढी आउँछ कि आउँदैन भन्नेबारे सबैलाई चासो र चिन्ता छ। त्यसबारे थप अध्ययन गरेर आश्वस्त पार्न हामी गृहमन्त्रालयसँग निरन्तर छलफलमा छाैँ'
८२ वर्षीय बाइडेनको स्वास्थ्य अवस्थाबारे उनको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार, उनी उच्चग्रेडको प्रोस्टेट क्यान्सरबाट पीडित भएका हुन्।
भिल्लारियालको जितले उसलाई २०२२ पछि पहिलोपटक च्याम्पियन्स लिगमा पुनरागमन गराएको छ।
वुमेन्स एफए कपमा म्यानचेस्टर युनाइटेडलाई ३–० ले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो।
मधेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका केही स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
पहिरोका कारण हुम्लाको नाम्खा गाउँपालिका–६ तिलगाउँका १८ घरपरिवार उच्च जोखिममा परेका छन्।
पत्रमा उम्मेदवारले संक्रमणकालीन न्यायबारे प्रस्तुत गरेका धारणा या भिजनसम्बन्धी विवरण, छनोट तथा सिफारिस प्रक्रियामा द्वन्द्वपीडितसँग छलफल र परामर्श नगर्नुको आधार–कारण उपलब्ध गराउन पनि माग गरिएको छ।